• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ६. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • ९. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • १०. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम चिनियाँ कम्पनीले गर्ने


  •   बुधबार, माघ २६, २०७८ मा प्रकाशित
  • बुटवल । बहुचर्चित सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छनोट भएको छ । बुटवल(नारायणगढ सडक बिस्तारको काम गरिरहेको चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ ले नै सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो ।

    Advertisement

    सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ गते ग्लोबल टेण्डर आह्वान भएको थियो । सडक विभागका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ । यो प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिष्पर्धा गरेका चार कम्पनीमध्ये सबैभन्दा कम रकमको कबोल अंक भएकाले कम्पनी छनोट भएको हो । यो कम्पनीले निर्माण गरिरहेको बुटवल–नारायणगढ सडक बिस्तारको काम भने निकै सुस्त छ । सिद्धबाबा सुरुङ मार्गमा पनि यस्तै ढिलासुस्ती हुने आशंका सरोकारवालाहरुले औंल्याउन थालेका छन् । यो कम्पनीले काठमाडौं–तराई मधेश द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको कामको पनि जिम्मा पाएको छ । सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्छ । तर, अझै सडक विभागले ठेक्का स्वीकृत गर्ने आशयपत्र जारी गर्न भने बाँकी छ ।

    यो ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङको निकटतम् चीनकै प्रतिद्वन्दी कोभेक–सीआरईजीसी जेभीले सात अर्ब ७९ करोड ९७ लाख रुपैयाँ कबोल गरेको छ । चीनकै सीसीईसीसी सीआरसीसी १४ सियुआन जेभीले नौ अर्ब ८० करोड १६ लाख रुपैयाँ कबोल गरेको छ । चाइना फर्सट हाईवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ कबोल गरेको छ ।

    ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेकाले चाइना स्टेट इन्जिनियरिङलाई नै ठेक्का दिने स्वीकृतिका लागि आयोजनाले सडक विभागसमक्ष सिफारिस गरेको छ । तर, विभागले यसबारे अन्तिम निर्णय गरिसकेको छैन ।

    केपी ओली नेतृत्वका सरकारका अर्थमन्त्री विष्णु पौडेलले २०७७ मंसिर १ गते सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँको बजेटको स्रोत सुनिश्चितता गर्दै मन्त्रिपरिषदबाट निर्णय गराएका थिए । सडक विभागले गत जेठ ९ गते ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आहृवान गरेको थियो ।

    स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन ९एसडिसी० ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आहृवान भएको थियो । यो सुरुङमार्ग १।१२६ किलोमिटर लामो हुनेछ । सुरुङमार्ग सुरु हुनुभन्दा अगाडि र पछाडि तीन हजार ५०० मिटरको रकनेट ९जाली० राखिनेछ । करिब पाँच वर्षमा यो सुरूङमार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।

    बुधबार, माघ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    • ६.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    भर्खरै

    • १.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • २.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ३.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • ४.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ५.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ६.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ७.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ८.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation