• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ ०७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ५. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ६. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ७. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ८. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • ९. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • १०. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

प्युठानमा तमु ल्होसार पर्व : नाँचगान धुमधाम, मौलिकता गुमनाम


  •   मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
  • गुरुङ समुदायका अगुवाहरू भाषा, कला, संस्कृति जोगाउन अनवरत खटिरहेका छन् । नयाँ पुस्ताको बेवास्ताका कारण उनीहरूको मेहनत प्रभावकारी नहुँदा चिन्तित् छन् ।
    शशिधर भण्डारी(समृद्ध),प्युठान । प्युठानका विभिन्न स्थानमा ल्होसार पर्वलाई गुरुङ समुदायले धुमधामका साथ मनाएका छन् । जिल्लाका दाङवाङ, माझकोट, बरौला, पकला, धुवाङ, विजुली, लाममेला, नागरिकोट, बांगेशाल, हंसपुर,धनचौर बेलबास, रजवारा लगायतका स्थानमा गुरुङ समुदायको बसोबास रहेको छ । तीमध्ये माझकोट, दाङवाङ, धनचौर र बाँगेसालमा मञ्च कार्यक्रमसहित धुमधाम साथ मनाइएको छ ।
    लोप हुनै थालेको संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यसहित २०५८ सालदेखि गुरुङहरूले आफ्नो समुदायलाई एकीकृत गरी पर्वहरू मनाउने र भाषा प्रशिक्षण लगायतका कायक्रम सञ्चालन गर्दै आएका छन् । ल्होसार गुरुङ समुदायको नयाँ वर्षका अवसरमा हिन्दू समुदायले मनाउँदै आएको दशैसरह मानिने ठूलो चाड मानिन्छ । दशैमा गरिने क्रियाकलापहरू यसमा पनि पर्दछन् तर शैली भने फरक हुन्छ । किनभने देशमा गुरुङ समुदायको पृथक पहिचान छ । यसरी संस्कृति, भेषभूषा र रीतिरिवाजले धनी मानिएको समुदायको आफ्नो पहिचानलाई जर्गेना गर्ने चुनौती बढ्दै गएको छ । जिल्लामा पछिल्ला दिनमा भव्यताका साथ मनाइने ल्होसार पर्वको महत्व रमाइलोमा परिणत हुँदा मौलिकता हराउने चिन्ता बढेको छ ।
    ऐरावती गाउँपालिका–२ हार्बुङका कमल झाक्री गुरुङ भाषा बोल्न जान्दैनन् । उमेर ५० काटेपनि नयाँ पुस्ता सरह हुनुप¥यो । गुरुङहरू फरक पहिचान, भाषा र संस्कृतिमा धनी भएपनि आफ्नो भाषा बोल्न नसक्दा उनलाई पछुतो छ ।
    ऐरावती गाउँपालिका–१ सिर्सेनी निबासी ५१ वर्षीय उमबहादुर गुरुङको गुनासो भने फरक छ । उनी बुबाआमाले बोलेको भाषा केही मात्रामा सिके पनि पछिल्ला दिनमा धेरै शब्द भुल्न थालेका छन् । नयाँ पुस्ताले नसिकेका कारण छोराछोरीदेखि नयाँ पुस्तासंँग खस(नेपाली) भाषा बोल्नु पर्ने हुँदा सबै कुरा सम्झन छाडेका हुन् । उनलाई आफ्नो भाषाको संरक्षण गर्ने चिन्ता भएको बताउछन् ।
    त्यसै गरी प्युठान नगरपालिका–६ माझकोटकी प्रिमा गुरुङ भने केही भाषा बोल्न जानेकी छन् । उनलाई पनि नयाँ पुस्तामा भाषाको पुस्तान्तरणको समस्या भएको बताउछिन् । जिल्लामा भाषा संरक्षणका लागि तालिम तथा प्रशिक्षणका कार्यक्रम नभएका होइनन्, तर युवा पुस्तामा भाषा सिक्ने चासो नहुँदा भाषा तथा मौलिकताको अभाव खड्किन थालेको छ ।
    प्युठान नगरपालिका–६ गुरुङ गाउँका पुनाराम गुरुङ युवा पुस्ताले गुरुङ संस्कृतिप्रति चासो नराखे आफ्नो पहिचान गुम्ने बताउछन् । उनी जनप्रतिनिधि समेत हुन् । भाषा, संस्कृति र आफ्नो पहिचानका लागि गुरुङ समुदायको सङ्गठनले जनगणनामा सक्रियतापूर्वक भाग लिई तथ्याङ्क निकाल्न थालेको पुनाराम गुरुङले बताए ।
    तमु ल्होसार गुरुङ जातिको महान् चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको भारतिय पात्रो विक्रम सम्वत्अन्तर्गत पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत् सुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ ।
    ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभूषा जस्तै शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाइहरूसँग रमाइलो गर्छन् । प्युठानमा घाटु, सालैजो, सोरठी, गुरुङभाषाका गीतहरूमा नाँचगान, मञ्चका कार्यक्रमहरू गरेर मनाउने गरिन्छ ।
    संरक्षणमा लागी परेका छौं ः गुरुङ
    गुरुङ राष्ट्रिय परिषद् प्युठानका अध्यक्ष गुमानसिंह गुरुङले गुरुङ समुदायको रीतिरिवाज, भेषभूषा र भाषा संरक्षणका लागि २०५८ देखि लागी परिरहेको बताए । उनले संरक्षणका लागि बसाइसराइ, पहिचानको संरक्षणका लागि प्रशिक्षण, तालिमका कार्यक्रम गरे पनि यसमा नयाँ पुस्ताको चासो नजाँदा समस्या भइरहेको उनको भनाइ छ ।

    Advertisement

    Ativador Windows 7

    मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा १४ जनाको मनोनयन दर्ता
    प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार
    नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
    तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ५.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ६.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    भर्खरै

    • १.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • २.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ३.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ५.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ६.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ७.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ८.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation