• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

प्युठानमा तमु ल्होसार पर्व : नाँचगान धुमधाम, मौलिकता गुमनाम


  •   मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
  • गुरुङ समुदायका अगुवाहरू भाषा, कला, संस्कृति जोगाउन अनवरत खटिरहेका छन् । नयाँ पुस्ताको बेवास्ताका कारण उनीहरूको मेहनत प्रभावकारी नहुँदा चिन्तित् छन् ।
    शशिधर भण्डारी(समृद्ध),प्युठान । प्युठानका विभिन्न स्थानमा ल्होसार पर्वलाई गुरुङ समुदायले धुमधामका साथ मनाएका छन् । जिल्लाका दाङवाङ, माझकोट, बरौला, पकला, धुवाङ, विजुली, लाममेला, नागरिकोट, बांगेशाल, हंसपुर,धनचौर बेलबास, रजवारा लगायतका स्थानमा गुरुङ समुदायको बसोबास रहेको छ । तीमध्ये माझकोट, दाङवाङ, धनचौर र बाँगेसालमा मञ्च कार्यक्रमसहित धुमधाम साथ मनाइएको छ ।
    लोप हुनै थालेको संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यसहित २०५८ सालदेखि गुरुङहरूले आफ्नो समुदायलाई एकीकृत गरी पर्वहरू मनाउने र भाषा प्रशिक्षण लगायतका कायक्रम सञ्चालन गर्दै आएका छन् । ल्होसार गुरुङ समुदायको नयाँ वर्षका अवसरमा हिन्दू समुदायले मनाउँदै आएको दशैसरह मानिने ठूलो चाड मानिन्छ । दशैमा गरिने क्रियाकलापहरू यसमा पनि पर्दछन् तर शैली भने फरक हुन्छ । किनभने देशमा गुरुङ समुदायको पृथक पहिचान छ । यसरी संस्कृति, भेषभूषा र रीतिरिवाजले धनी मानिएको समुदायको आफ्नो पहिचानलाई जर्गेना गर्ने चुनौती बढ्दै गएको छ । जिल्लामा पछिल्ला दिनमा भव्यताका साथ मनाइने ल्होसार पर्वको महत्व रमाइलोमा परिणत हुँदा मौलिकता हराउने चिन्ता बढेको छ ।
    ऐरावती गाउँपालिका–२ हार्बुङका कमल झाक्री गुरुङ भाषा बोल्न जान्दैनन् । उमेर ५० काटेपनि नयाँ पुस्ता सरह हुनुप¥यो । गुरुङहरू फरक पहिचान, भाषा र संस्कृतिमा धनी भएपनि आफ्नो भाषा बोल्न नसक्दा उनलाई पछुतो छ ।
    ऐरावती गाउँपालिका–१ सिर्सेनी निबासी ५१ वर्षीय उमबहादुर गुरुङको गुनासो भने फरक छ । उनी बुबाआमाले बोलेको भाषा केही मात्रामा सिके पनि पछिल्ला दिनमा धेरै शब्द भुल्न थालेका छन् । नयाँ पुस्ताले नसिकेका कारण छोराछोरीदेखि नयाँ पुस्तासंँग खस(नेपाली) भाषा बोल्नु पर्ने हुँदा सबै कुरा सम्झन छाडेका हुन् । उनलाई आफ्नो भाषाको संरक्षण गर्ने चिन्ता भएको बताउछन् ।
    त्यसै गरी प्युठान नगरपालिका–६ माझकोटकी प्रिमा गुरुङ भने केही भाषा बोल्न जानेकी छन् । उनलाई पनि नयाँ पुस्तामा भाषाको पुस्तान्तरणको समस्या भएको बताउछिन् । जिल्लामा भाषा संरक्षणका लागि तालिम तथा प्रशिक्षणका कार्यक्रम नभएका होइनन्, तर युवा पुस्तामा भाषा सिक्ने चासो नहुँदा भाषा तथा मौलिकताको अभाव खड्किन थालेको छ ।
    प्युठान नगरपालिका–६ गुरुङ गाउँका पुनाराम गुरुङ युवा पुस्ताले गुरुङ संस्कृतिप्रति चासो नराखे आफ्नो पहिचान गुम्ने बताउछन् । उनी जनप्रतिनिधि समेत हुन् । भाषा, संस्कृति र आफ्नो पहिचानका लागि गुरुङ समुदायको सङ्गठनले जनगणनामा सक्रियतापूर्वक भाग लिई तथ्याङ्क निकाल्न थालेको पुनाराम गुरुङले बताए ।
    तमु ल्होसार गुरुङ जातिको महान् चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको भारतिय पात्रो विक्रम सम्वत्अन्तर्गत पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत् सुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रका अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ ।
    ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभूषा जस्तै शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाइहरूसँग रमाइलो गर्छन् । प्युठानमा घाटु, सालैजो, सोरठी, गुरुङभाषाका गीतहरूमा नाँचगान, मञ्चका कार्यक्रमहरू गरेर मनाउने गरिन्छ ।
    संरक्षणमा लागी परेका छौं ः गुरुङ
    गुरुङ राष्ट्रिय परिषद् प्युठानका अध्यक्ष गुमानसिंह गुरुङले गुरुङ समुदायको रीतिरिवाज, भेषभूषा र भाषा संरक्षणका लागि २०५८ देखि लागी परिरहेको बताए । उनले संरक्षणका लागि बसाइसराइ, पहिचानको संरक्षणका लागि प्रशिक्षण, तालिमका कार्यक्रम गरे पनि यसमा नयाँ पुस्ताको चासो नजाँदा समस्या भइरहेको उनको भनाइ छ ।

    Advertisement

    Ativador Windows 7

    मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation