नेपाल विद्यार्थी संघको आठौ माहाधिवेशनमा निर्वाचित महामन्त्री डा. यादव पण्डित प्यूठान नगरपालिका वडा नं. ७ टिकुरीका हुन् । उनकै समितिका उपसभापति गगन थापा र सभापति विश्वप्रकाश शर्मा हुन् । अध्यक्षको प्रतिस्पर्धामा विजय हुन नसकेपछि डा. पण्डितले अध्ययन अनुसन्धानलाई रोजे। उनले ब्रह्माण्डको उत्पत्ति विषयमा अमेरिकाबाट विद्यावारीधिसहित विभिन्न महत्वपूर्ण अनुसन्धान गरिसकेका छन् । कांग्रेस महाधिवेशन प्रतिनिधि भएर राजनीतिमा पुनः सक्रिय हुन थालेका डा. पण्डित नेपाली कांग्रेसको भर्खरै सम्पन्न १४ औं महाधिवेशनले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता लोकप्रिय युवा नेतालाई महामन्त्रीमा निर्वाचित गरेपछि थप उत्साहित भएका छन् । कांग्रेसको केन्द्रिय राजनीतिलाई नजिकबाट नियालीरहेका प्रा. डा. पण्डितसँग महाधिवेशनमा भाग लिन नेपाल आएको बेला कांग्रेस राजनीति, व्रह्माण्डको उत्पति विषय तथा जिल्लाको विकास सम्भाव्यताबारे बरिष्ट पत्रकार सञ्जय रिजालले गरेको बिस्तृत कुराकानी ।
तपाईका समकक्षी नेपाली कांग्रेसको महामन्त्री बनिरहँदा नेपालको राजनीति अब कुन दिशातिर जाला ?
नेपाली विद्यार्थी संघको राजनीतिमा विश्वप्रकाश शर्मा सभापति म महामन्त्री गगन थापा उपसभापति रहेको टिमले एउटा महत्वपूर्ण माइलस्टोनको काम गरेको थियो । हामीले दुई वर्षको अवधिमा ठ्याक्कै नेपाल विद्यार्थी संघको अधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमितिलाई हस्तान्तरण गरेका थियौ । संगठनको व्यवस्थापनका हिसावले र नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेसको राजनीतिलाई आम मान्छेको बीचमा लोकप्रिय बनाउने हिसावले त्यसलाई विचार अभिव्यक्त गरेर नेपाली कांग्रेस पार्टीलाई संगठनलाई चुस्त, दुरुस्त र लोकप्रिय बनाउने विश्व प्रकाश शर्मा गगन थापाले महत्वपूर्ण योगदान गर्न सक्नुहुन्छ । सँगसँगै उहाँहरुको नेतृत्व क्षमता, व्यवस्थापकीय क्षमता पनि उहाँसँग प्रतिस्पर्धा गरिरहेका अन्य नेताहरुबीच तुलनात्मक रुपमा उत्कृष्ट छ । यसै कारण नै नेपाली कांग्रेसका आम महाधिवेशन प्रतिनिधिहरुले उहाँहरुलाई विश्वास गरेर त्यो नेतृत्वमा पु¥याउनुभएको छ । म अत्यन्तै खुशी छुँ आपैmले सँगै काम गरेको उहाँहरुको योग्यता, क्षमता, भएको र उहाँहरुको म आफै पनि प्रशंसक हुँ । उहाँहरु नेपाली कांग्रेसको मुख्य नेतृत्वमा स्थापित हुनुभएको छ । आम मानिसहरुकाबीचमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन, आगामी निर्वाचनमा कांग्रेसलाई विजयी तुल्याउन, नेपाली कांग्रेसलाई अझै एकतावद्ध बनाउन, कांग्रेसको संगठनलाई व्यवस्थित गराउन उहाँहरुले महत्वपूर्ण योगदान गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।
यहाँ अहिले लामो समयपछि महाधिवेशन प्रतिनिधि भएर अमेरिकादेखि आउनुभयो । यसले यहाँको रुची राजनीतितर्फ भएको जस्तो देखिन्छ । भविष्यको योजना यहाँको के छ ?
म नेपाल विद्यार्थी संघको राजनीतिबाट अवकाश लिइसकेपछि व्यक्तिगत रुपमा आप्mनो अध्ययन अनुसन्धानको क्षेत्रमा रहर पुरा गर्ने क्षेत्रमा अमेरिकामा अध्ययनको लागि गएको थिए । मैले लगभग १७ वर्षको बीचमा आपूmलाई व्यवस्थित गर्ने, आपूmलाई मन परेको विषयमा अनुसन्धान गर्ने र अनुसन्धानको क्षेत्रबाट समाजलाई, देशलाई र संसारलाई योगदान गर्ने क्षेत्रमा काम गरिरहेको छुँ । म फेरि लामो समयपछि नेपाली कांग्रेसको राजनीतिको एउटा महत्वपूर्ण अंग महाधिवेशन प्रतिनिधिको रुपमा नेपाली कांग्रेसको महाधिवेशनमा संलग्न हुन आएको हुँ । त्यसको एउटा महत्वपूर्ण कारण चाहि यो अधिवेशन एउटा रुपान्तरणको अधिवेशन थियो र छ । मलाई लागेको थियो नेपाली कांग्रेसभित्र एउटा पुस्ताबाट विस्तारै राजनीतिक नेतृत्व हामीले राजनीति गरेको पुस्तामा सर्दैछ भन्ने अनुभूति भएर नै म यो इतिहासको महत्वपूर्ण घडिमा म पनि उपस्थित हुनुपर्दछ भनेर महाधिवेशन प्रतिनिधिको रुपमा सामेल हुन आएको छ्ुँ । मेरो राजनीतिका प्रतिका चासो प्रथम चासो हो । अध्ययन, अनुसन्धान र विज्ञानको चासो पनि महत्वपूर्ण छ । बिस्तारै आप्mनो पुस्ताका साथीहरुलाई सफल बनाउनको लागि नेपाली कांग्रेसको राजनीतिलाई अझै जनप्रिय र लोकप्रिय बनाउन र विकासमा डेलिभर गर्ने संस्थाको रुपमा रुपान्तरण गर्न हामीहरुले योगदान गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । त्यो अनुसार योगदान गर्न, सहयोग गर्ने विचार छ । यो एक किसिमको मेरो पहिलो खुड्किलो हो ।
राजनीतिक दलहरुले दलको व्यवस्थापकीय कौशलता देखाउन सकेनन् । नेपाली कांग्रेस अझ बढि त्यसमा धेरै चुक्यो भन्ने भनाइ छ । तपाई अमेरिका जस्तो समृद्ध मुलुकमा रहनुभएको छ । दलहरुले व्यवस्थापकीय क्षमता कसरी बढाउन सक्लान् ?
मुख्य कुरा चाँिह व्यवस्थापकीय कौशल होइन, मुख्य कुरा राजनीतिक कुरा, सिद्धान्तकै क्ुरा हो । सैद्धान्तिक रुपमा जुन उदार लोकतान्त्रिक शासन प्रणालीमा विश्वास गर्ने राजनीतिक पार्टी र त्यो पार्टीले त्यस्तै खालको संगठनात्मक संरचना निर्माण गर्नुपर्ने हो । संगठनात्मक संरचना एउटा निरंकुश राजनीतिक दलको जस्तो, निरंकुश विचारधाराको जस्तो भएर एउटा प्रजातान्त्रिक पार्टी सञ्चालन गर्न सकिदैन । नेपाली कांग्रेसका सन्दर्भमा व्यवस्थापनमा समस्या देखिएको कारण यसले अंगालीरहेको संगठनात्मक प्रणाली हो । मैले भन्ने गरेको छुँ । संगठनात्मक प्रणालीका हिसावले नेपालका सबै राजनीतिक दलहरु कम्युनिष्ट पार्टीहरु हुन्, नेपाली कांग्रेस पनि । त्यसकारण नेपाली कांंग्रेसले यसपालिको परिवर्तनबाट नेतृत्व परिवर्तनको संघारमा छ, नेतृत्व परिवर्तन भएको छ । नयाँ पुस्ताका साथीहरु नेतृत्वमा पुग्नुभएको छ । नेपाली कांग्रेसको सांगठनीक संरचना पनि लोकतन्त्र अनुरुपको प्रजातान्त्रिक प्रणाली अनुरुपको बनाउने परिवर्तन गर्नु जरुरी छ । यो अप्ठेरोको कारणले हाम्रो व्यवस्थापकीय समस्या निर्माण भएको हो । नेपाली कांग्रेसले अहिलेसम्म अंगालीरहेको संगठनात्मक संरचना झण्डै झण्डै भन्ने हो भने लेलिनवादी संगठनात्मक संरचना जस्तो छ । जसमा भोटरहरु केन्द्रका नेताहरुले आफै छान्दछन् । क्रियाशिल सदस्यहरु आफैले बितरण गर्ने, आफैले नियुक्त गरेका क्रियाशिल सदस्यहरुबाट चुनिएर आउने जुन प्रणाली छ त्यो प्रणाली भत्काएर लोकतान्त्रिक प्रणाली, वा समर्थकले आपूm क्रियाशिल हुने वा आपूm नेतृत्वमा जाने निर्णय गर्ने, नेपाली कांग्रेसको सदस्य को हुने भन्नेबारेको निर्णय स्वयम व्यक्तिले गर्ने, पार्टीको नेताले नगर्ने भन्ने प्रणाली बनाउनुपर्छ । त्यस्तो प्रणाली बनायो भने मात्रै अहिलेको जुन व्यवस्थापकीय अप्ठेरो देखिएको छ त्यसलाई समाधान गर्न सकिन्छ भन्ने लाग्छ । सँगसँगै अहिलेको प्रणाली भित्रै पनि थुप्रै कुरा सुधार गर्न सकिन्छ, व्यवस्थापन गर्न सकिन्छ । त्यस्तो व्यवस्थापन कला कौशल हाम्रो अहिलेको नयाँ नेतृत्वमा छ र नयाँ नेतृत्वलाई आवश्यक प¥यो भने सहयोग गर्ने ठूलो सर्कल पनि छ हामी जस्ता साथीहरुको जसले यो व्यवस्थापनलाई सुधार गर्न राम्रो बनाउन सहयोग गर्न सक्दछन् ।
अत्यन्त राम्रो कुरा गर्नुभयो । आम मानिसले नेतृत्व छान्ने प्रणाली लोकतान्त्रिक दलमा गराउनुपर्छ भनेर यो कसरी गर्ने केही उदाहरण बताइदिनुहोस् न ?
निकट भविष्यमै स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको सबभन्दा तल्लो एकाई वडा हो । नेपाली कांग्रेसको वडामा को अध्यक्ष, को सदस्य हुने भन्ने कुराको निर्णय चाहि नेपाली कांग्रेसको नेताले होइन कि, नेपाली कांग्रेसका समर्थक, शुभेच्छुकहरुले छनौट गर्ने प्रणाली बनाउन सकिन्छ । विकसित प्रजातान्त्रिक देशहरुमा त्यस्तो प्रणाली छ । त्यो कसरी गर्न सकिन्छ भने वडामा नेपाली कांग्रेस हुँ भनेर नेपाली कांग्रेसको सदस्यता लिन इच्छुक अथवा म आजको दिनदेखि नेपाली कांग्रेस भए भनेर घोषणा गर्ने, नेपाली कांग्रेसको साधारण सदस्यता लिन इच्छुक सम्पूर्ण सदस्यहरुको भेला गर्ने र त्यो भेलाबाट सहमतिले अथवा सहमति हुन सकेन भने निर्वाचनको माध्यमबाट, आन्तरिक प्रतिस्पर्धाको माध्यमबाट वडामा सभापतिको उम्मेदवाहर छान्ने । त्यस्तो प्रणाली स्थापना गरियो भने पार्टीको नेतृत्वलाई पनि सजिलो के ह्ुन्छ भने आम कार्यकर्ताले छानेको नेतृत्व उम्मेदवार भइसकेपछि त्यही उम्मेदवार नेतृत्वले सहयोग गरेपछि गूटवन्दीको अन्त्य पनि हुन्छ र सबैले त्यसमा सहयोग गरेर जिताउने प्रणाली बनाउन सकिन्छ । त्यस्तै गरेर नगरपालिका स्तरमा पनि सोही कुरा लागू गर्न सकिन्छ । नगरपालिकाभित्र भएका सबै नेपाली कांग्रेसका सदस्यहरुले आप्mनो तर्फबाट मेयर हुने उम्मेदवारको चुनाव गर्ने प्रणाली स्थापना ग¥यो भने त्यसले प्रजातान्त्रिक प्रणालीलाई सहयोग गर्दछ । नेतृत्व चयन सजिलो बाटोतर्फ पनि जान्छ । त्यस्तो प्रणाली अमेरिका, वेलायततिरका सबै देशमा अनुभूति गर्ने गरिएको छ । नेपाली कांग्रेसको जस्तै सिद्धान्त भएको, नेपाली कांग्रेस जस्तै समाजवादी राजनीतिक दलहरुले अपनाउने प्रणाली त्यही हो । आम कार्यकर्ताको नेतृत्व चयनमा नियन्त्रण हुन्छ । अब अहिले हामीले अभ्यास गरिरहेको प्रणाली टिकट दिने जुन प्रणाली छ त्यो चाहि प्रजातान्त्रिक प्रणाली होइन । त्यो चाहि कम्युनिष्ट पार्टीहरुले अभ्यास गरेको जस्तो केन्द्रिय नेतृत्वले तोकेर उम्मेदवार बनाउने त्यही उम्मेदवारलाई अरुले समर्थन गर्न बाध्यता हुने प्रणाली चाहि नेपालको प्रजातान्त्रिक प्रणालीमा सम्भव छैन । यस्तो प्रणाली आम कार्यकर्ताले समर्थकले आप्mनो उम्मेदवार छान्ने प्रणाली चाहि नेपाली कांग्रेस पार्टीले मात्र होइन नेपालमा अन्य राजनीतिक दलहरुले पनि अपनाउनुपर्दछ । त्यसो गर्न सकियो भने वास्तविक प्रजातान्त्रिक अभ्यास हुन्छ र पार्टीभित्र आन्तरिक द्वन्द्व, आन्तरिक खिचातानी, गूटवन्दीको पनि अन्त्य हुन्छ ।
नेपालमा अहिले पनि कम्युनिष्ट जनमत बढि छ । कांग्रेसको सांगठनिक संरचना त्यसैका कारण पनि पूर्ण लोकतान्त्रिक हुन नसकेको होला । मुलुकको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको कांग्रेसले दलको सांगठनिक संरचनामा लोकतान्त्रिकरण गर्न कसरी भुमिका खेल्न सक्छ ?
नेपाली कांग्रेसले आफ्ना पार्टीको उम्मेदवारहरु पार्टीको नेतृत्वले हैन कि पार्टीका कार्यकर्ताले गर्ने भनेर निर्णय गरेर त्यो लागू ग¥यो भने अन्य राजनीतिक दलहरुमा बाध्यता हुन्छ । अन्य पार्टीमा जुन पार्टीमा नेताहरुले टिकट दिन्छन् भन्ने हुन्छ त्यो अन्त्य हुन्छ । उनीहरु पनि आफ्नै दलभित्र संघर्ष गर्छन् त्यहाँ माग पुरा भएन भने स्वभाविकै रुपमा नेपाली कांग्रेसप्रति आकर्षित हुन्छन् । नेपाली कांग्रेसमा त कुनै नेताको अनुग्रहित हुनुपर्दैन त्यस्तो प्रणाली आयो भने । आम जनताले, आम कार्यकर्ताले जसलाई रुचाउँछन् त्यही मान्छे नेता हुन सक्ने पार्टी चाहि नेपाली कांग्रेस भइसकेपछि अन्य वाकि पार्टीहरुलाई पनि बाध्यता हुन्छ । अरु पार्टीहरु पनि लोकतान्त्रिकरण हुन बाध्य हुन्छन् । त्यसकारण हामीले उदाहरणबाट अरु पार्टीहरुलाई सिकाउनुपर्दछ भन्ने मलाई लाग्दछ ।
यहाँको अर्को पाटो पनि छ । यहाँ खोज अनुसन्धानमा लाग्नु पनि भएको छ । न्युक्लियर (व्रह्माण्डको उपत्तिको विषयमा अध्ययन अनुसन्धान गरिरहनुभएको छ । त्यो बारे केही बताइदिनुहोस् न ?
मेरो अनुसन्धानको विषय चाहि ब्रह्माण्डको उत्पत्तिसँग सम्वन्धित छ । त्यो खोज्दै जादाखेरी भौतिक विज्ञानमा न्युक्लियर फिजिक्स शाखाभित्र त्यो पर्दछ । त्यसमा हामीले गोल्ड लिड जस्ता उच्च खालको इलिमेण्टहरुलाई एकदमै उच्च गतिमा दुईतिरबाट कुदाएर ठोक्काउँछौ । त्यसरी ठोक्किदाखेरी एकदमै धेरै इनर्जी उत्पन्न हुन्छ । त्यो धेरै इनर्जिले यी अणुहरुलाई यसको प्रारम्भिक स्वरुपमा विच्छेदन गर्छ । अर्को अर्थमा भन्ने हो भने पगाल्छ । त्यो अवस्था खासगरी व्रह्माण्डको उत्पत्ति भएको केही माइक्रो सेकेण्डपछि त्यस्तो अवस्था थियो । त्यसरी हामीले नयाँ फेज अफ म्याटर निर्माण गर्छौ । जस्तो क्वालकुलर पलाज्मा भनिन्छ । त्यस्तो क्वालकुलर पलाज्मको प्रपर्टीहरुको अध्ययन गर्ने विषय चाहि मेरो रुचीको विषय हो । त्यो विषयमा अहिले पनि निरन्तर अनुसन्धानहरु भइरहेको छ र म आपूm पनि त्यस्तो अनुसन्धानहरुमा संलग्न छुँ । त्यो चाहि अहिलेको अनुसन्धानको क्षेत्रको सबभन्दा बिकसित खालको अनुसन्धान हो । असाध्यै धेरै वैज्ञानिकहरु सामेल असाध्यै ठूलो यन्त्रहरु बनाएर गर्ने खालको अनुसन्धान हो । त्यसमा एक जना व्यक्तिको योगदान एउटा ठूलो समूहको योगदानभित्र जोडिएको हुन्छ । कहिलेकाँहि एकदमै महत्वपूर्ण परिणामहरु आयो भने त्यतिबेला मात्रै व्यक्तिको योगदानको बाहिर चर्चा हुने गर्दछ । अरु बेला लगातार त्यस्तो अनुसन्धान भइराछ र त्यस्तो अनुसन्धानमा म सामेल छुँ । मैले गरिरहेको अनुसन्धानले खास गरेर हाम्रो बह्माण्डका उत्पत्तिका थुप्रै रहस्यहरु खोलेको छ र खोल्ने दिशामा काम गरिरहेको छ । भविष्यका आउने केही समयभित्र महत्वपूर्ण केही पूर्वानुमान गर्ने सम्भावना छ ।
यहाँले जुन अनुसन्धान गरिराख्नुभएको छ यो क्षेत्रबाट आम मानिसले कसरी लाभ पाउन सक्छन् ।
अनुसन्धान भनेको खासगरी ज्ञानको वृद्धि गर्ने हो । सबै कुराको केन्द्रमा ज्ञान हुन्छ । पहिले कुनै कुराको बारेमा ज्ञान प्राप्त भयो भने त्यो ज्ञानबाट हामीले त्यसलाई चाहि हामीले प्रविधिमा रुपान्तरण गर्न सकिन्छ त्यसको आधार थाह भइसकेपछि । त्यसपछि हामीले मानव जीवनले सुविधा प्राप्त गर्ने थुप्रै कुराहरु हामीले प्राप्त गर्न सक्छौ । मुख्य कुरा चाहि यो प्रणालीले कसरी काम गर्छ ? भन्ने कुरा जान्ने कुरा महत्वपूर्ण हो । त्यसकारण हामीले गरेको अनुसन्धान चाहि ज्ञानमा आधारित छ । ज्ञान प्राप्त गर्ने बुभ्mने कुरामा आधारित छ । हामीले बुझिसकेपछि कसरी त्यसलाई उपयोग गर्न सकिन्छ भन्ने कुरा दोश्रो कुरा हो । उत्पत्तिको रहस्य पत्ता लगाउने कुरा भनेको सबभन्दा महत्वपूर्ण कुरा हो । यदि उत्पत्तिका रहस्यहरुलाई हामीले राम्रोसँग थाहा पाउन सक्यौ भने त्यसबाट साइटमा इनर्जिको कुरा आउँछ । वल्याक इनर्जिको कुरा आउँछ । डार्क इनर्जिको कुरा हामीले गरिराखेका छौं । त्यो डार्क इनर्जिलाई कसरी मानवीय उपयोगमा ल्याउन सकिन्छ भन्ने छुट्टै अनुसन्धानको कुरा छ तर अहिले हामीले गरिरहेको अनुसन्धान चाहि मौलिक रुपले आधारभूत रुपमा यसले कसरी काम गर्छ भन्ने बुभ्mने हो । त्यो बुझिसकेपछि मात्रै हामीले त्यसको उपयोग गर्न सकिन्छ ।
नेपालमा न्युििकलियर विषयको अध्ययन अनुसन्धान हुन सक्ने सम्भावना देख्नुहुन्छ ?
नेपाल आफैले त्यो ठूलो यन्त्र बनाएर, ल्याव बनाएर त्यो अनुसन्धान गर्न सकिन्न तर अन्तराष्ट्रिय रुपमा अहिले कुनै एउटा देशले गर्न सक्ने अनुसन्धान होइन । खास गरेर ठूलो परियोजनाहरुको पार्टको रुपमा नेपालले काम गर्न सक्छ । अहिले पनि नेपाली विद्यार्थीहरु, नेपाली वैज्ञानिकहरुले त्यहाँ गएर अध्ययन अनुसन्धान गर्न सक्छन् । अहिलेसम्म नेपालले त्यस्तो सन्धीमा संझौता गरेको छैन पार्ट हुने गरेर तर हामीले प्रयास गर्दैछौ । प्रयत्न गर्नुपर्दछ । नेपाल पनि त्यो ठूलो अनुसन्धानको एउटा सदस्य सम्मको काम गर्न सक्ने हुनुपर्दछ । व्यक्तिगत रुपमा म जस्ता थुप्रै विद्यार्थीहरु त्यस्तो अनुसन्धानमा सामेल भएका छन् । तर नेपालमा बसिरहेका, नेपालकै युनिभर्सिटीमा पढिरहेका विद्यार्थीहरुले पनि त्यो अनुसन्धानमा प्रत्यक्ष रुपमा अनुभव गर्ने, त्यहाँ गएर निश्चित समय एक्सीपिरिमेण्ट गर्ने, परिणामहरु विश्लेषण गर्ने यही बसेर पनि गर्न सक्ने अनुसन्धान हो । त्यस्तोमा अनुभव हुनलाई नेपाल त्यसको सदस्य हुनुपर्दछ त्यो ठूलो संगठनको । त्यो दिशामा हामीले प्रयास गर्नुपर्दछ । हामी कुनै न कुनै रुपमा हामीले त्यो प्रयास गरिरहेका छौं ।
अध्ययन र राजनीति सँगसँगै लान चुनौतिपूर्ण हुन्छ भन्छन् । यहाँले कसरी दुवैलाई व्यवस्थापन गर्नुभयो ?
एउटा भनाइ पनि छ – अयोग्यबाट शासित हुन चाहनुहुन्न भने आफै राजनीति गर्नुस् भन्ने छ । म नेपाल विद्यार्थी संघमा काम गरिरहेकासबै मानिसहरुलाई म के अनुरोध गर्न चाहन्छु भने नेपाल विद्यार्थी संघको नेतृत्व गर्न चाहनुहुन्छ भने तपाइले आप्mनो कक्षाको पनि नेतृत्व गर्नुपर्छ । कक्षाको नेतृत्व कसरी गर्न सकिन्छ भने कुनै न कुनै किसिमले कक्षाका अरु विद्यार्थी भन्दा तपाई अव्वल हुनुप¥यो ।
कि तपाई पढाइमा फस्ट, सेकेण्ड थर्ड हुनुप¥यो ताकि अरुलाई नेतृत्व गर्न सकुस् । या अतिरिक्त क्रियाकलापमा तपाई अरु भन्दा योग्य हुनुप¥यो । दौडमा अरुभन्दा सफल हुनुप¥यो । चेसमा अरुभन्दा सफल हुनुप¥यो । अथवा डान्समा अरुभन्दा सफल हुनुप¥यो । कुनै न कुनै किसिमले तपाईलाई हेरेर अर अभिप्रेरित हुनुप¥यो । तपाईलाई अनुसरण गर्नुप¥यो । नेतृत्व भनेको त्यही हो । त्यसकारण राजनीतिमा लाग्ने मान्छेहरु अरु मान्छेले आपूmलाई अनुशरण गरुन् । आफुलाई पछ्याउन, आपूmलाई रोल मोडेल मानुन् भन्ने कुराबाट सोच्न जरुरी छ । म राजनीतिमा लाग्नुमा वीपी कोइरालाको ठूलो योगदान छ । वीपी कोइरालाले सबै मानिसलाई असल हुन र ज्ञानी हुन अभिप्रेरित गर्नुभएको छ । वीपीको एउटा भनाइ छ – असल कांग्रेस हुने हो भने जे काम गर्दा पनि हुन्छ । शिक्षक हुने हो भने सबभन्दा राम्रो शिक्षक, विद्यार्थी हुने हो भने असल विद्यार्थी किसान हुने हो भने सबभन्दा असल । त्यो भयो भने कांग्रेस भइन्छ भनेर अभिप्रेरित गर्नुभएको छ । त्यस्तै गरेर समय व्यवस्थापन ग¥यो मिहनेत ग¥यो भने दुईटै क्षेत्रमा गर्न सकिन्छ । मैले खासै केही नयाँ गरेको होइन । म जस्तै नेपाल विद्यार्थी संघका सभापति भएका धेरैले अध्ययन र राजनीतिलाई राम्रोसँग अगाडि बढाउनुभएको छ ।
निर्वाचनको परिणामको आधारमा हेर्ने हो भने २०१५ सालमा र ४८ सालको निर्वाचनमा जिल्लामा बलियो देखिएको कांग्र्रेस किन त्यसपछिका निर्वाचनमा विजय हासिल गर्न सकेन ?
खासगरी जिल्लाको पार्टीको संगठन भनेको नेताको व्यक्तित्वमा भर पर्ने गरेको छ । २०१५ सालमा नेपाली कांग्रेसका नेताहरुको उम्मेदवारहरुको व्यक्तित्व उनीहरुसँग प्रतिस्पर्धा गरिरहेका कम्युनिष्ट पार्टीका व्यक्तिहरुसँगको तुलनामा हाराहारीको अथवा राम्रो थियो । २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता तत्कालीन सांसद अनिरुद्र शर्माको व्यक्तित्व सबभन्दा माथि थियो । त्यसले गर्दाखेरी नेपाली कांग्रेसलाई विजय गराउन मद्दत ग¥यो । तर १५ सालदेखि ४८ सालको बचिमा आउँदाखेरी प्यूठान जिल्लामा जन्मिएका नेपाली कांग्रेस निर्वाचित भइसकेपछि प्यूठान जिल्लामा जन्मेका धेरै प्रतिभाशाली नेताहरुको आकर्षण कम्युनिष्ट पार्टी रह्यो। कम्युनिष्ट पार्टीका थुप्रै जना महामन्त्रीहरु, केन्द्रिय स्तरका नेताहरु प्यूठानमा जन्मिनुभयो । त्यसका कारण उनीहरुको प्रभाव प्यूठान जिल्लामा प¥यो । २०४८ सालसम्म आइपुग्दा नेपाली कांग्रेसले जित्नुमा नेपाली कांग्रेसका उम्मेदवारहरुको व्यक्तित्व उहाँसँग प्रतिस्पर्धा गर्दै गरेका उम्मेदवारहरुको व्यक्तित्व भन्दा राम्रो थियो । त्यसकारण हामीले विजय प्राप्त ग¥यौ । विस्तारै कम्युनिष्ट पार्टीका प्रतिस्पर्धी संगठनको कारणले पनि प्रतिस्पर्धी उम्मेदवार हुँदै आएपछि नेपाली कांग्रेस संगठनमा विजय प्राप्त गर्न सकेन । समग्रमा वामपन्थी जनमत धेरै भएको जिल्ला हो र पनि नेपाली कांग्रेसको नेतृत्वमा योग्य मान्छे हुने हो भने त्यो जनमतलाई क्रस गरेर नेपाली कांग्रेसले विजय प्राप्त गर्न सक्छ । खास गरी हालैका दिनमा अन्य राजनीतिक दलको तुलनामा नेपाली कांग्रेस संगठनका हिसवाले, नेता कार्यकर्ताको हिसावले, क्रियाशिलताको हिसावले नेपाली कांग्रेस अगाडि देखिएको छ । क्षमतावान नेताहरु नेपाली कांग्रेसको नेतृत्वमा देखिएका छन् । आगामी दिन नेपाली कांग्रेसको पक्षमा छ भन्ने कुरा मलाई लाग्दछ ।
नेपाली कांग्रेसको नेतृत्व चयन गर्ने पक्रियामा विभिन्न समस्या देखिने गरेको छ । किन यस्तो भएको हो ?
नेपाली कांग्रेस लडाई चाहि प्रजातान्त्रिक हो तर हतियार चाहि कम्युनिष्टले प्रयोग गर्ने हतियार प्रयोग गरेर लडिराखेका छन । त्यस्तो लडाईबाट कांग्रेसले जित्दैन । कांग्रेसले यस्तो लडाइमा जित्नको लागि कांग्रेसलाई सुहाउने खालको हतियार लिएर लडाइमा जानुपर्दछ ।कांग्रेसलाई सुहाउने खालको हतियार भनेको आम मानिसले मन पराएको, आम मानिसले नियन्त्रण गर्ने, आम मानिसप्रति उत्तरदायी हुने नेतृत्व स्थापित गर्ने हो । त्यसकारण नेपाली कांग्रेसलाई कार्यकर्तामा आधारित पार्टीबाट मुक्त गरेर नेपाली कांग्रेसलाई अझै बढि जनतामा आधारित पार्टी, जनताले नियन्त्रण गर्ने, जनताप्रति उत्तरदायी हुने जवाफदेही हुने पार्टी बनाएर मात्र कांग्रेसले यो लडाइमा उत्कृष्टता हासिल गर्न सक्छ । त्यसो ग¥यौ भने मात्र हामीले कम्युनिष्ट पार्टीलाई पनि बाध्य बनाउन सक्छौ । कि उनीहरु पनि जनताप्रति उत्तरदायी हुनुपर्ने, जनताले आकर्षण गरेको नेतृत्व आउनुपर्ने बाध्यता निर्माण गर्न सक्छौ । कम्युनिष्ट पार्टीको दुर्भाग्य के छ भने कम्युनिष्ट पार्टीको केन्द्रिय नेताले चाहेको उसको नजिकको मान्छे मात्र नेता आउन सक्ने सम्भावन हुन्छ । नेपाली कांग्रेसमा बीचको कुरा छ । नेताले चाहेको मान्छे मात्रै पनि हुँदैन जनताले चाहेको मान्छे मात्रै पनि हुँदैन । अहिलेको अवस्थामा मिश्रित भएको छ । नेपाली कांग्रेसले जनताले चाहेको मान्छे मात्र नेता बनाउने अवस्था आउने वित्तिकै अरु पार्टीसँग हामी सजिलै विजय प्राप्त गर्न सक्छौं । त्यसकारण नेपाली कांग्रेसले आप्mनो चरित्र क्याडरवेश चरित्रबाट मासवेस्ड चरित्रमा रुपान्तरण गर्न जरुरी छ । त्यसको संकेत यस पटकको महाधिवेशनमा देखिएको छ । पार्टीको नेतृत्वले बनाएको गूट वा लिस्ट भन्दा नेपालीकांग्रेसकै कार्यकर्ताहरुले आप्mनो मनले बनाएको लिस्टलाई विजयी तुल्याए । त्यो बाट हाम्रो बल देखिन्छ । तल पनि त्यो कुरा लागू गर्न जरुरी छ । मलाई आशा छ अहिले नयाँ आएको नेतृत्वले त्यो दिशामा पार्टीलाई रुपान्तरण गरेर लैजाने छ ।
प्यूठान जिल्लाको विकासको सम्भावना के देख्नुहुन्छ ?
यो जिल्ला प्राकृतिक रुपले एकदमै महत्वपूर्ण ठाउँमा छ । खासगरी विकासको पूर्वाचारको लागि चाहिने जलश्रोतमा दुईवटा महत्वपूर्ण नदिहरु छन् । जसबाट सिचाइको विकास गर्न सकिन्छ । नदिवाट जलविद्युत प्रशस्त मात्रामा निकाल्न सकिन्छ । प्राकृतिक रुपमा फाटहरु भएको व्यवस्थित ठाउँ छ । पर्यटनका हिसावले पनि विकास गर्न सकिने महत्वपूर्ण ठाउँ छ यसलाई विकास गर्न सकियो भने । त्यो भन्दा पनि महत्वपूर्ण कुरा के छ भने प्यूठान ऐतिहासिक रुपमा शिक्षाको हिसावले अग्रणी जिल्ला मानिन्छ । यो जिल्लालाई शैक्षिक हव बनाउन सकिन्छ । खासगरी ठूला ठूला शैक्षिक इन्स्टिच्यूटहरु स्थापना गर्न सकिन्छ जस्तो लाग्छ । खासगरी प्यूठान जिल्लाबाट नेतृत्व गरेर केन्द्र र प्रदेशमा जानुभएका नेताहरुलाई म अनुरोध गर्न चाहन्छु । शिक्षामा एकदमै ठूलो योगदान गर्न सकिन्छ । इतिहासको क्षेत्र, साहित्यको क्षेत्रमा प्युठानले योगदान गर्न सक्छ । पर्यटन, कृषिको हिसावले महत्वपूर्ण जिल्ला हो ।
यो त पूर्वाधार विकासको कुरा गर्नुभयो प्यूठानवासी अहिले पनि गरीवीको चपेटामा पिल्सिएका छन् । सामाजिक कुसंस्कारहरु कायम छन् । लैंगिक हिसवाले महिलाको सहभागिता हर क्षेत्रमा कमजोर छ । लैंगिक हिंसा हुने गरेको छ । बालविवाह हुने गरेको छ । छुवाछूत छ ।यसलाई घटाउन दलहरुले कस्तो भूमिका खेल्न सक्दछन् ?
यो चाहि एकदमै महत्वपूर्ण प्रश्न उठान गर्नुभयो । वास्तवमा वहुसंख्यक कम्युनिष्ट नेताहरु चाहि यो कुरालालाई गम्भिरतापूर्वक सोच्नुपर्ने हो । कम्युनिष्टहरुले सार्वजनिक रुपमा भन्ने गरेको समानताको लागि गर्ने हो भने वहुसंख्यक कम्युनिष्ट नेता भएको ठाउँमा अहिले पनि छुवाछूत छ ? त्यसको बिरुद्ध उहाँहरुले कहिले आन्दोलन गर्नुभयो ? मलाई थाह छ, बरु नेपाली कांग्रेसले २००७ सालमा जतिबेला नेपाली कांग्रेस प्रभावशाली थियो त्यतिबेला हलो जोत्ने जस्तो सामाजिक अभियानहरु सञ्चालन गरेको थियो । २०१५ सालको नेरोफेरोमा पनि गरेको छ । तर कम्युनिष्ट पार्टीहरुले जसको बहुसंख्यक छ उनीहरुले बिकृतिको विरुद्धमा, यो विसंगतिको बिरुद्धमा सामाजिक अभियानहरु सञ्चालन गर्नुपर्ने हो त्यो दिशामा उहाँहरुले कुनै पनि काम गरेको देखिदैन । त्यो कुरा गम्भीर रुपले सोच्न जरुरी छ । जनमत कम्युनिष्ट हुने तर विभेद त्यति धेरै हुने स्वभाविक हो र ? हाइन । नेपाली कांग्रेसलाई यहाँनिर एकदमै राम्रो शुरुवात गर्ने ठाउँ छ । कम्युनिष्टहरुले केन्द्र तथा प्रदेशमा जित्दा वित्तिकै सामाजिक समस्याहरुलाई परिवर्तन गर्न नसक्दा रहेछन् । यो सवाललाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरुले यो क्षेत्रमा काम गरे भने योगदान गरे, अभियान सञ्चालन गरे भने यो विभेदलाई कम गर्न सकिन्छ । जहाँसम्म गरीवीसँग जोडिएको कुरा छ । गरीवीलाई हटाउने कुरा चाहि आर्थिक सम्वृद्धिसँग जोडिन्छ । आर्थिक सम्वृद्धि बनाउने कुरा स्वतन्त्रतासँग जोडिन्छ । त्यसकारण राजनीतिक रुपमा स्वतन्त्र प्रजातान्त्रिक प्रणालीमा आवद्ध भएर मात्र यो गर्न सकिन्छ । थुप्रै वटा आर्थिक समृद्धिका योजनाहरु लिएर हाम्रो आप्mनै साधन श्रोत प्रयोग गरेर यसबाट उपयोग गरेर समृद्ध हुने प्रणाली बनाउन हामी लागीपर्नुपर्दछ । खास गरेर स्थानीय सरकारले यसमा एकदमै ठूलो योगदान गर्न सक्छन् । यो स्थानीय सरकारहरुलाई पनि चुनौति हो । नेपाली कांग्रेसका नेताहरु निर्वाचित भएका गाउँपालिका तथा नगरपालिका प्रमुखहरुलाई म अनुरोध गर्न चाहन्छु तपाइहरुले कम्युनिष्ट पार्टीका नेताहरुले गरेको काम भन्दा फरक महत्वपूर्ण आर्थिक समृद्धि ल्याउने कार्यक्रमहरु सञ्चालन गर्नुहोस् । कम्युनिष्ट पार्टीका नेताहरुलाई पनि भन्न चाहन्छु – तपाईहरुले नारा लगाएको जस्तै साच्चीकै गरीवीको अवस्थामा रहेका मान्छेहरुलाई सहयोग गर्ने कार्यक्रमहरु गर्नुस् र आपूmलाई प्रमाणित गर्नुस् । त्यसो गर्न सकियो भने यो गरीवी निवारण गर्ने कुरामा प्रतिस्पर्धा गरौं । त्यो प्रतिस्पर्धामा जसले राम्रो गर्छ त्यसलाई जनताहरुले पत्याउने अवस्था निर्माण गरौं भन्ने मेरो सुझाव छ ।
हाम्रो कुराकानीमा नसमेटिएको केही छ भने भन्न सक्नुहुन्छ ?
हामी सबै राजनीतिक दलको नेतृत्वको एउटै उद्देश्य भनेको नागरिकको हितमा काम गर्ने हो । विकास निर्माणको सन्दर्भमा कांग्रेससहित अन्य दल मिलेर साझा धारणा बनाऔं । जिल्लाको देश विदेशमै अत्यन्त ठूलो जनशक्ति छ हामीसँग । जसले विभिन्न विचार तथा सुझावहरु दिन सक्छ । तपाईहरुलाई सहयोग गर्न सक्छ । उनीहरुको पनि सहयोग लिएर विकासको कामलाई प्राथमिकतामा राखौं । विकास गर्न मात्र हामी राजनीतिमा आएका होऔं । विकास गर्नका लागि राजनीति गरौं । त्यसका लागि कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका नेताहरु, कांग्रेस पार्टीको नेतृत्वमा रहेका साथीहरुलाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु ।