• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. अस्पताल बने, सेवा सुरु भएन

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ५. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ६. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ७. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ८. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

  • ९. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • १०. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

काँग्रेस महाधिवेशन : मञ्चमा हड्वडाएका ओली, चिप्लिएका नेपाल-दाहाल


  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
  • चन्द्रकान्त न्यौपाने ।

    Advertisement

    केपी शर्मा ओली । यो नाम सुन्नेवित्तिकै या पढ्ने वित्तिकै सम्पूर्णको मन मस्तिष्कमा एउटा धारणा बन्छ कि उनी नेपाली राजनीतिका वाक् चतुर खेलाडी हुन् । उनी सबैभन्दा चलाख नेता हुन् । निकै मिलाएर भाषण गर्दछन् । उनको भाषण लयात्मक हुन्छ । उखान टुक्काको झटारोले सबैलाई सेक्छन् । मन परोस् या नपरोस् एकपटक ओलीको भाषण सुन्न शत्रुमित्र जो पनि उनी उभिएको मञ्चमा पुग्छन् नै ।
    उनको भाषणमा दम हुन्छ । केही नै केही कुरा नयाँ आउँछ । अर्कोतर्फ भाष्ण स’न्न गएका दर्शकले कुनै हाँस्यटेलीश्रृङखला हेरेर प्राप्त गरेको मनोरञ्जनभन्दा कम मनोरञ्जन लिँएर आउँदैनन् भन्ने धारणा छ बाहिर।

    तर शुक्रबार नेपाली काँग्रेसले काठमाण्डौँको भृकुटीमण्डपमा आयोजना गरेको १४ औँ महाधिवेशनमा ओलीको त्यस्तो भाषण आउन सकेन । समयको पावन्दी या हतारोले यो कि त्यो बुझ्न सकिएन तर पनि ओलीको भाषणमा जुन दम हुन्थ्यो अघिपछि। त्यो दिन पटक्कै आउन सकेन । उल्टै उनको भाषणमा क्रम नमिलेजस्तो । लय नमिलेजस्तो । एक प्रकारले भन्ने हो भने हड्वडाएजस्तो स्थितिमा ओली देखिए । त्यो महाधिवेशन मंच ओलीको लागि वाहवाही बटुल्ने मञ्चको रुपमा पनि सावित हुन सक्थ्यो । त्यसमा पनि ओली नराम्ररी चुके ।

    ओलीसंग तिक्तता साँधिएका उनका सहकर्मी माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रच्ण्डले ओलीभन्दा अगाडी भाषण गर्ने मौका पाएका थिए । उनीहरुले संबोधनका क्रममा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाको नाम लिए । तर पुर्व एमालेका अध्यक्ष केपी भनेर ओलीको नाम लिन सकेनन् । उनीहरुले त्यो नगरेर काँचो र राजनैतिक प्रतिशोध साँध्ने व्यक्तिको रुपमा आफूहरुलाई चित्रित गरे । चिप्लिए नै ओलीले पनि त्यस्तै गरेर प्रतिशोधको चरमता उत्कट गरे ।

    ओली नेपाल र प्रचण्डभन्दा पछिल्लो वक्ता भएको हुनाले वाहवाही कमाउने ठुलो अवसर उनैमा थियो त्यो बेला । तर ओलीले त्यसमा परिपक्वता देखाउन सकेनन् । नेपाल र प्रचण्डले ओलीको नाम नलिएपछि अब ओली कसरी आफ्नो बक्तव्य दिन्छन् या कस्तो मञ्चिय संबोधन गर्छन् भन्नै सबैमा जिज्ञासा थियो । कतिपयले ओली चतुर राजनैतिक खेलाडी भएको र समयको बेलगामलाई तान्न सक्ने ल्याकत राख्ने नेता भएको हुनाले माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको नाम त लिन्छन् नै भन्दै लख काटिरहेका थिए । त कतिपयलाई लागिरहेको थियो उनी राजनैतिक प्रतिशोध साँध्ने नेता हुन् । घमण्डी छन् । नेता प्रचण्ड र माधवको नाम लिन्नन् ।

    यही परिस्थितिको फेरोमा काँग्रेस महाधिवेशनको मंच घुमिरहेको थियो । महाधिवेशनमा गएका र सामाजिक संजालमा कार्यक्रम लाइभ हेरिरहेका दर्शकको ध्यान पनि नेपाल, दाहाल र ओलीमै केन्द्रित थियो । सबैमा यो हतारो थियो कि कतिखेर ओलीको बोल्ने पालो आउँछ ? कतिखेर कार्यक्रम संचालक विश्व प्रकाश शर्माले ओलीलाई संबोधनको लागि मञ्चमा बोलाउँछन् ?

    पुष्पकमल दाहाल प्रचण्डले भाषण सक्नेवित्तिकै अब पालो ओलीकै थियो । प्रचण्डले भाषण सके र मंचबाट विदा भए । त्यसपछि अतिथि लगायत दर्शक सबैको ध्यान ओलीमा थियो । महाधिवेशनको मंचमा प्रवेश गर्दा सबै नेताले भन्दा बढी हुटिङ पाएका ओलीको नाम जब संचालकले लिए र भाषणको लागि बोलाए । तब ओलीको लागि तालि र हुटिङकको कमी भएन । उनको नाम लिइरहँदा प्रचण्डमा मन्द मुस्कान थियो भने माधवमा गाम्भिर्यता ।

    दौरा सुरुवाल र कोटमा ठाँट्टिएका ओली जब पोर्डियममा पुगे ।

    त्यसपछि झन् ठुलो हुटिङ र ताली आयो । यसरी कि नेपाली काँग्रेसका प्रतिनिधि नेतृत्व छान्न होइन ओलीको भाषण सुन्न यो चिसोमा काठमाण्डौँ गएका रहेछन् । अब ओली बोल्न थाले । उनले काँग्रेस सभापति एवम् कार्यक्रमका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई मेरो निकै पुराना मित्र भन्दै उक्साए । हौसाए । यो सुन्दा दर्शकबाट हुटिङ र ताली आइ नै रह्यो । ओलीले यसो भनिरँदा मञ्चमा उनका सहकर्मी नेपाल र दाहालले मुन्टो यताउता बनाइरहेका थिए । सबैमा ओलीले उनीहरुको नाम लिन्छन् कि लिँदैनन् लागिरहेको थियो ।

    संबोधनको क्रममा बिभिन्न पार्टीका शीर्ष एवम् प्रमुख नेता भन्न पनि सकेनन् । उनले मंचमा आसिन बिभिन्न पार्टीका नेता भनेर संबोधन गरे । उनले नेपाल र दाहालको नाम नै उच्चारण गरेनन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्री भने। नेपाली कांग्रेसलाई राष्ट्रिय कांग्रेस भन्दिए। उनको हाउभाउ नै अटसमटस देखिन्थ्यो। ओलीले यतिभन्दा अतिथि, कार्यकर्ता र दर्शकमा जुन किसिमको एउटा धारणा बनेको थियो । जुन उत्साह देखिएको थियो । ओली प्रति त्यो ह्वात्तै हरायो । त्यसपछि पनि ओलीले के बोल्ने हुन् भन्नेमा सबैको चासो थियो । अन्तिमसम्म उनी सबैमा चिप्लिए ।उनी राष्ट्रिय राजनीतिको महत्वपूर्ण विषयमा खासै केही बोलेनन् । उल्टै प्रतिशेध र तिक्तता छोडेर विदा भए । उनको भाषणमा न लय देखियो । न शिलशिला देखियो । के बोल्ने उनैले भ्याउ पाएका थिएनन् जस्तो देखियो ।

    ओलीको लागि यो मंच नेताहरुबीचको धुम्मिलिएको छवि सपार्ने मौकाको रुपमा थियो । अन्तिममा बोल्दा उनले माधव नेपाल र प्रचण्डको नाम लिएको भए अरु केही बोल्नै पर्ने थिएन । उनी फेरि पनि एकपटक चरम चर्चाको शिखरमा हुन्थे । वाहवाही कमाउँथे । नेपाल र प्रचण्डमा राजनैतिक प्रतिशोध रहेछ भने ओलीमा रहेनछ भनी उल्टै उनीप्रतिको क्रेज थप बढ्न सक्थ्यो । तर यो अवसरबाट ओली नराम्ररी चुके । नेपाल र प्रचण्डको संबोधन सुनिसकेपछि कम्तिमा पनि उनले यो चातुर्यता अपनाउनै पर्दथ्यो । तर सकेनन् र ठुलो अवसर गुमाए ।

    मेरा राजनैतिक कुरा । ओारोपप्रत्यारोप मेरै मंचमा गर्छु । मलाई मञ्चको कमी छैन भनेका ओलीले भाषण सक्दासम्म भने तिक्तता, प्रतिशोध र विम्बात्मक अभिब्यक्ति छोडेरै विदा भए । नेतालाई चोर भन्न थाले जनताले । नेताको छवि सुधार्नुपर्छ भन्ने आसय बोलेका राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देनलाई बाच्छो भनी मानहानी गरे । ओलीले भने, ‘भर्खर भर्खर अध्यक्षमा छानिएको रातताप होला केही साथीहरुलाई । त्यस राततापमा भर्खर भर्खरको बाच्छो हिँड्न जाँदैन, अलिबढी कुद्छ क्या ।

    ’प्रचण्डले

    पनि सुरुमै लिङदेनको भनाईमाथि कडा आपत्ति जनाउँदै भाषण सके तर ओलीजसरी छुद्र बोलेर लिङ्देनको अवहेलना गरेनन् । सहकार्य र एकतामा रमाएर अघि बढौँ भन्ने आसय दिएका माओवादी अध्यक्ष दाहालतिर फर्केर उनैलाई चिढाउने काम गरे ओलीले । प्रचण्डलगत्तै बोलेका ओलीले प्रचण्डलाई संकेत गर्दै भने, ‘केही साना दलहरुलाई कांग्रेसले औंलो समाउन दिएन भने के हुन्छ भन्ने पिर छ ।’ यहाँ पनि ओलीभित्र ठुलो दम्भ लुकेको छ भन्ने देखियो । हिजोको चुनावमा माओवादीसंग मिलेर चुनाव लडेको उनले बिर्से ।

    स्थिति कस्तो भयो भने ओली बोल्दाबोल्दै माइक गयो । अर्थात् साउण्ड सिस्टम पनि अफ भयो । एकैछिन्मा फेरि साउण्ड आयो । त्यसबेला पनि उनी काँचो रुपमा प्रस्तुत भए । माइक विग्रनु नियत थिएन तर ओलीले त्यो प्राविधक समस्यालाई पनि नियतसंग जोडेर हेरेजस्तो देखियो । उनी आफ्नो भाषण नसक्दै ओके शेर बहादुर जिलाई छोड्दै विदा भएँ । धेरै शुभकामना छ है भन्दै विदा भए ।

    संचालक विश्वप्रकाश शर्माले ओली बोल्दाबोल्दै प्राविधि समस्या भएको भन्दै फेरि बोलाउन पर्यो । सिटमा बस्न नभ्याउँदै फेरि मंचमा आमन्त्रित भएका ओली फटाफट पोर्डियममा पुगेर बोल्नु पर्यो । त्यतिखेर पनि उनमा त्यो रिस अझै बाँकि रहेछ भन्ने छनक देखियो । देखाए । बोल्दा त उनी हाँस्दै बोले तर प्रकटीकरणमा भने तिक्तता र आवेग साँधिएको देखिन्थ्यो । धेरै नबोली एमालेको गुणगान गाएर विदा भए । नेपाल र दाहालले ओलीको सम्मान नगरे पनि भाषण भने परिपक्व नै गरेका थिए तर ओलीले गरेको भने भाषण भने काँचो थियो ।

    माधव र ओली करिब १ बर्ष र प्रचण्ड र ओली करिब ५ महिनापछि एउटै मंचमा भेट भएका थिए । तर यसलाई सम्बन्ध प्रगाढ बनाउने सेतुको रुपमा कसैले लिएनन् । काँग्रेस सभापतिले जुराइदिएको यो ऐतिहासिक अवसरलाई नेतात्रयले सदुपयोग गर्न सकेनन् । ओलीको नाम नभनेर नेपाल र प्रचण्डले काँचोपन त देखाए देखाए ओलीले त्यसो नगर्न पर्ने थियो, किनकि उनी पछिल्ला वक्ता थिए । ओली पछि नेपाल र दाहाल बालेको भए उनैको आलोचना हुने थियो ओलीको हुने थिएन ।

    मंचमा विदेशी पाहुनाले दिएको सम्मानलाई समेत नेतात्रयले सम्मान गरेनन् ।

    भारतीय जनता पार्टी (भाजपा)का नेता हर्ष वर्द्धनले देशका सबै दलका प्रमुख नेताहरुको उपस्थिति आफूले अन्य देशमा नदेखेको बताएका थिए । एमालेको महाधिवेशनमा प्रधानमन्त्रीले चार घण्टासम्म बसेको आफूले देखेको भन्दै उनले भनेका थिए विश्वका सबैका राजनीतिक दलहरुका लागि यो साचो अर्थमा प्रेरणा लिन लायक उदाहरण हो ।’ नेपाली नेताको लागि यो विराट सम्मान थियो । तर नेता त्रयलाई हर्ष वर्द्धनको यो भाषण पनि पचेन ।

    मञ्चको आउजाउ र उठबसमा पनि ओली, नेपाल र दाहालमा प्रतिशोध, रिस र अहंकार नै थियो । एकअर्कामा सम्मानको भाव थिएन । प्रचण्ड र माधवकुमार नेपाल आएको केही समयपछि ओली कांग्रेसको मञ्चमा पुगेका थिए । उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरे । ओलीले नमस्कार गर्दै मञ्चमा प्रवेश गरिरहँदा प्रचण्ड र माधवकुमार नेपालले उनीतिर हेरेनन् । ओलीको प्रवेश हुँदा माधवकुमार नेपालले तल हेरिरहेका थिए भने प्रचण्ड अन्तैतिर फर्केका थिए । ओलीले पनि उनीहरुको वास्तै गरेनन् । बाल नै दिएनन् ।

    तिन नेताले चाहेको भए काँग्रेस मंच फेरि बाम ध्रुविकरण गर्ने एउटा सुनौले मञ्च मन्ने थियो र हुन सकेन । यसबाट के प्रष्ट हुन्छ भने नेपालका नेता अपरिपक्व छन् । काँचा छन् । प्रतिशोध र कटुता साँध्छन् । आआफ्नो स्वार्थ र कुर्चीको लागि जस्तो सुकै कुरामा पनि सौदाबाजी गर्छन् । राष्ट्रिय अनि जनहितका कुरामा उनीहरु वैरी भइदिन्छन् । यसैकारण जनताको अगाडी राजेन्द्र लिङदेनले भनेजस्तै चोरको उपमा भिरेर नेताहरु बस्न परेको छ ।

    शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ५.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    भर्खरै

    • १.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • २.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ३.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ४.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ५.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ७.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ८.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation