अनुज पछाई । प्युठानको गौमुखी गाउपालिकाको गौमुखि माध्यमिक बिद्यालय ठुलाबेसिमा दुई दिने निशुल्क आँखा शिविर संचालन भएको छ ।
नेपाल नेत्रज्योति सङ,राप्ती आँखा अस्पताल दाङको आयोजना र डक फाउन्डेसनको आर्थिक सहयोगमा शिविर संचालन गरिएको हो । पहिलो दिनमा जम्मा ३२० बढी आखाँ शिबिरमा सहभागी रहेको आयोजकले जनाएको छ । शिबिरको पहिलो दिन बिहिबार ३५ जना मोतिबिन्दु भएका र ५ जनाको सामान्य सल्यक्रिया गरि ४० जनाको सल्यक्रिया गरिएको शिबिरमा सहभागी डा. सन्तोष सुबेदीले बताए । शिबिरमा १४ जना स्वास्थयकर्मिहरुको सहभागीता रहेको छ । शिविरमा आखाँ सम्बनिध स्वास्थ्य परामर्श, चस्मा र अप्रेसनको ब्यबस्था गरिएको छ । शिविर १७ गते शुक्रबार सम्म चल्नेछ ।
गौमुखी गाउँपालिका प्युठान स्थानीय आयोजकको रुपमा रहेको छ ।
Advertisement