• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीय हर्षित


  •   आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। मुस्ताङ्को लोमान्थाङ गाउँपालिका वडा नं २ न्यानोलमा बिटियस टावर निर्माण गरेर थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले पहिलो पटक थ्रीजी सेवा  संचालनमा ल्याएको हो। त्यहाँ पुग्ने पर्यटक र स्थानियबासीलाई मध्यनजर गर्दै टेलिकमले एकसाथ भ्वाईस र डाटा मार्फत आफनो सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

    Advertisement

    मुस्ताङ आफैमा पर्यटकीय र धार्मिक महत्व बोकेको ठाउँ भएको हुँदा त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सँगै स्थानियबासीको दैनिकीलाई मोवाईल सेवाले सहजता प्रदान गर्ने शर्माले बताए । शर्माले भनें “यसभन्दा अगाडी त्यस स्थानमा कुनै पनि मोवाईल सेवा थिएन त्यहाँका स्थानियबासी सञ्चारको पहुँचमा नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो । अब मोवाईल सेवा सञ्चालनमा आएसँगै सहजता भएको छ ।

    भौगोलिक विकटता, उपकरणहरु पुर्याउन निकै कठिन परिस्थितीको सामना गर्दै स्थानिय सँगको समन्वयमा सेवा पुराउन सफल भएको उनको भनाई छ । टेलिकमले निकट भविष्यमा चौंथो पुस्ताको उच्च गतिको ईन्टरनेट सहित गुणस्तरीय आवाज उपलब्ध हुने फोर जी मोवाईल सेवा पुराउने गृहकार्य गरिरहेको जनाएको छ ।

    टेलिकमले ग्रामीण र दुरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने योजना अनुरुप उक्त स्थानबाट पहिलो पटक सेवा सुचारु गरिएको टेलिकमले बताएको छ ।

    अहिलेसम्म यो क्षेत्रमा कुनै पनि मोवाईल सेवा थिएन फोन गर्न लोमान्थाङ बजार पुग्नु पर्ने बाध्यता थियो, हामीलाई गाउँपालिकाका हरेक कामकाजमा समेत निकै समस्या थियो, अब भनें सुविधा भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टले बताए ।

    “न्यानोलमा रहेको मोवाईल टावरमा अहिले पनि विद्युत सेवा छैन टेलिकमले सोलार सेट जडान गरेर सेवा सञ्चालन गरेको छ, हामीले नेपाल विद्युत प्राधिकरण सँग आवश्यक समन्वय गरेर विद्युत लाईन विस्तार गरिरहेका छौं, छिट्टै गाउँपालिकामा रहेका सबै मोवाईल टावरहरुमा केन्द्रिय विद्युत पुराउँदै छौं” अध्यक्ष विष्टले भनें । मोवाईल सेवा नहुँदा यहाँका नागरिक र पर्यटकको समस्यालाई मध्यनजर गरेर हामीले नेपाल टेलिकम सँग समन्वय गरेका थियौं ।

    भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुत टेलिकमले स्थानिय तह, नागरिक सँग सहकार्य गरि सेवा सञ्चालन गरेको लोमान्थाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नगवाङ छेतु गुरुङले बताए । मोवाईल सेवा सञ्चालनमा आएपछि लोमान्थाङ गाउँपालिकाको वडा नं १ का ६० र वडा नं २ का ९० घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । यो सँगै कालीगण्डकी करिडोर हुँदै उत्तरी छिमेकी देश चीनसँग जोडिएको कोरला नाका पुग्ने नागरिक भ्वाईस र थ्रीजी मोवाईल डाटा मार्फत सहजै ईन्टरनेटको पहुँचमा जोडिएको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।

    समुद्री सतह देखि ३ हजार ८ सय मिटरको उचाईमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि यहाँका नामछिउ, धारसा, आरका, धिउक, सैतङ, ढाक्या, झोङकेप, मिठु गाउँ मोवाईलको पहुँचमा आएका छन । त्यस्तै पर्यटकीय गन्तव्यहरु झोङ गुफा, छोसेर गुफा र न्यानोल भएर जाने पर्यटक समेत मोवाईल सेवामा जोडिएको स्थानिय समाजसेवी सोनाम टाई गुरुङले बताए ।

    मोवाईल सेवालाई नागरिक समक्ष सहज रुपमा उपलब्ध गराउँदै सेवा प्रवाह गर्न आफनो सेवा विस्तार, सँगै गुणस्तरिय सेवा उपलब्ध गराउन टेलिकमले विस्तार कार्यलाई तिव्रता दिएको छ ।

    आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation