• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

वर्षाले लुम्बिनीका ३६ हजार ४ सय हेक्टर क्षेत्रफलको धानमा क्षति


  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
  • रूपन्देही । अाइतबारदेखिको अविरल वर्षाले लुम्बिनी प्रदेशका १२ जिल्लाका किसानले ३६ हजार ४ सय ८० हेक्टर खेतमा काटेर भित्र्याउन तयार पारेको धानबालीमा क्षति पुगेको छ ।

    Advertisement

    प्रदेशको कृषि निर्देशनालयले १२ जिल्लाका कृषि ज्ञान केन्द्रबाट संकलन गरेको तथ्यांक अनुसार प्रदेशमा कुल ३ लाख १७ हजार ४ सय १४ हेक्टरमा धान खेती भएको छ ।
    वर्षा शुरु हुनु अगाडि नै ५५ हजार ५४ हेक्टरबाट किसानले धान भित्राइसकेको र ९३ हजार ५ सय ७६ हेक्टरमा तयारी भएको ढलेको अवस्थामा रहेको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिनुभयाे ।

    अहिलेसम्म जम्माजम्मी ५७ प्रतिशतको मात्र यो विवरण र बाँकी ४३ प्रतिशतमा धानबाली नबिग्रिएको विवरण सबै जिल्लाबाट निर्देशनालयमा मंगलबार साँझसम्म आएको देवकोटाले बताउनुभयाे ।

    काट्न बाँकी रहेको धानमा क्षति नभएको र हावाले पल्टिएको धान वर्षा कम भएपछि उठाउन मिल्ने भए पनि काटेर खेतमै क्षति भएको किसानलाई आवश्यक क्षतिपूर्तिका लागि प्रदेश तथा संघीय सरकारका विभागीय मन्त्रालयसँग छलफल शुरु भइसकेको उहाँले जानकारी दिनुभयाे ।

    के कसरी क्षतिपूर्ति दिन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ, केही दिनमा हामीले स्थानीय सरकारको समेत समन्वयमा क्षतिको विवरण हेरेर केही उपाय निकाल्छौं– उहाँले भन्नुभयाे ।

    पश्चिम तराईका अधिकांश खेतहरुमा असोजको अन्तिम साता धान पाकिसकेको थियो भने कतिपय ठाउँमा अझै धान पाक्दै छ ।

    दसैं अगाडि र लगत्तै यहाँका साना तथा ठूला किसानले धान काट्न शुरु गरेका थिए । मौसम बिभागले केही दिनमा खराव मौसमको संकेत गरे पनि धेरै किसानले त्यो संकेतको मेसो नपाएका कारण क्षति बढी भएको कृषि विज्ञले बताएका छन् ।

    समयमै पानी परेको र मल पनि समयमै पाएकाले अन्य वर्षको तुलनामा यो वर्ष धान खेती बढी हुने अनुमान गरिएको थियो । लुम्बिनीमा प्रतिहेक्टर ३ दशमलब ५ मेट्रिक टन धान उत्पादन हुने आंकलन कृषि निर्देशनालयले गरेको प्रमुख देवकोटाले बताउनुभयाे ।

    यो हिसाबले लुम्बिनीमा ३६ हजार ४ सय ८० हेक्टर खेतबाट १ लाख २७ हजार ६ सय ८० मेट्रिक टन धान वर्षाले क्षति गरेको छ ।

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation