• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

प्यूठानमा १५ लाख लगानीमा कृषि फर्म सञ्चालन


  •   शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
  • राधिका भुसाल, प्यूठान। प्यूठानमा जिल्लाकै ठुलो माण्डवी बहुउद्देश्यीय कृषि फर्म सञ्चालनमा आएको छ। माण्डवी गाउँपालिका १ छबीसेमा बसन्ता घर्तीले सञ्चालन गरेको फर्म जिल्लाकै ठुलो कृषि फर्म हो ।
    करिब १५ लाख लगानीमा टमाटर खेती सुरु गरेको बसन्ताले बताइन । अहिले २२ रोपनी जमिनमा लटरम्म टमाटर फैलिएको छ भने १८ रोपनीमा नर्सरीसंगै लहरे जातको सिमी, बोडी, करेला, क्याप्गम, काँक्रा, लौका, फर्सी, खुर्सानी, घिरौलालगायतका तरकारी लगाउने तयारी गरेको घर्तीले बताइन ।
    उनले वार्षिक १ लाख ५० हजार तिर्ने गरी ५ वर्षका लागि जग्गा भाडामा लिइ तरकारी खेती सुरु गरेकी छिन् । माण्डवी गाउँपालिकाले चार लाख अनुदान रकम र मुख्यमन्त्री ग्रामीण कृषि योजनाअन्तरगत मिनि टे«लर दिने सम्झौता भएको व्यवसायी घर्तीले बताइन । व्यवसायिक रूपमा राम्रो उत्पादन गर्ने गरी लगानी गरेका कृषकहरूलाई स्थानीय सरकारले राम्रै सहयोग गर्ने उनको दाबी छ । आफूलाई पनि धेरै सहयोग गरेकोले व्यवसाय गर्न थप उर्जा मिलेको बताउँदै अब माण्डवी गाउँपालिका भित्र तरकारी संकलन केन्द्र स्थापना गरेमा बिचौलिएका समस्या अन्त्य हुनेहुँदा कृषकलाई मार नपर्ने उनको भनाइ छ ।
    ‘तरकारी खेती गर्न थालेको त करिब ७ वर्ष भइसक्यो,’ उनले भनिन्–‘प्यूठानमा सुरु गरेको यही असोजबाट हो ।’ त्यसभन्दा अगाडि लमहीको टिक्लीगडमा ७ बिघा जमिनमा लहरे सबै जातको तरकारी उत्पादन गर्दै आएको बसन्ताले बताइन । ‘मैले राप्ती प्राविधिक शिक्षालयबाट २९ महिने जेटिए पढेकी थिए,’ उनले भनिन्–‘पढाइ सकिए लगत्तै मैलै तरकारी खेतीमा जोडिए ।’
    माइति घर प्यूठान भएता पनि विवाह गरेर दाङ गएको बताउँदै घरमा श्रीमानले एग्रोभेट पसल र तरकारी खेती गरेकोले आफूलाई कृषि व्यवसायी गर्न झनै सहज र सरल भएको उनको भनाइ छ । ‘अधिकांश व्यक्तिहरू पढाई सकिए लगत्तै जागिरको खोजिमा भौतारिरहन्छन् तर म आफैले व्यवसाय सञ्चालन गरेर रोजगारी दिने उद्देश्यका साथ कृषितर्फ होमिएको थिए ।’ – उनको भनाइ छ । अहिले पनि उनका श्रीमान श्रीधर पुनले लमहीको टिक्लीगडमा ७ विघा जमिनमा तरकारी फलाइरहेका छन् भने बसन्ताले यता आफ्नै माइती गाउँमा ४० रोपनी जमिन जिल्लाकै ठुलो कृषि फर्म सञ्चालन गरेकी छिन् । बसन्ताको ४ वर्षे छोरी गरिमा पुन पनि आफूसंगै रहेका बताउँछिन ।

    Advertisement

    सात जनालाई रोजगारी
    बसन्ताले सञ्चालन गरेको टमाटर फर्ममा अहिले ७ जनाले रोजगारी पाएका छन् । सोही स्थानका स्थानीयबासी ४ जना पुरूष र ३ जना महिलाले रोजगारी पाएका हुन् । महामारिको रूपमा फैलिएको कोरोनाले मुलुक नै लकडाउन भएको यो समयमा आफूले फलाएको टमाटर बिक्री भइरहेको हुँदा खुसी व्यक्त गरिन् । ‘मैले कर्मचारीलाई मासिक तलब दिइरहेको छु’ घर्तीले भनिन्– ‘यस्तो अवस्थामा पनि टमाटर बजारमा पुगेकै छ ।’ उपभोक्ताहरू पनि स्वास्थ्य सुरक्षाका सामग्री लगाएर फर्ममै आएर टमाटर किन्ने गरेको बसन्ताले बताउँछिन । अहिले थोकमा प्रति केजी २० रुपैयाँमा टमाटर बेच्ने गरेका बताउने बसन्ताले पहिलो चरणको निकाल्दै गर्दा एक लाखको बिक्री गरेको बताइन । २ साता यतादेखि टमाटर बेच्न थालेको उनको भनाइ छ । एक अध्ययनका अनुसार एक सिजनमा सरदर नौ महिनासम्म टमाटर बोटले उत्पादन दिने गर्दछ । प्यूठानमा तरकारी उत्पादन हुँदैन भन्दै हल्ला गर्नेहरूलाई आफूले चुनौती दिन सफल भएकोमा उनी खुसी छिन ।जिल्ला बाहिर निर्यात हुँदै
    उमेरले ३३ मात्रै पुगेकी एक महिला बसन्ता घर्तीले उत्पादन गरेको टमाटर जिल्ला बाहिर निर्यात हुन थालेको छ । प्यूठानका सबैजसो ठाउँमा तराइबाट आएको तरकारी आउने र रिक्तो गाडी प्यूठानबाट फर्कीने गरेता पनि अहिले भने त्यसो भएको छैन । लमहीबाट तरकारी लिएर आउने गाडीले उनको फर्ममा पुगेर गाडीभरी टमाटर लोड गरेर दाङ फर्किने गरेको बसन्ताले बताइन । अहिले प्यूठान जिल्लासंगै दाङ र रोल्पामा टमाटर पठाउने गरेको उनको भनाइ छ ।
    घर्तीको फर्ममा टमाटर खरिद गर्न आएका दाङ निवासी भुपेन्द्र रावतले प्यूठानको सबै ठाउँमा तरकारी बिक्री गर्ने गरेतापनि यहाँबाट भने टमाटर खरिद गरेर लैजाने बताए । रावतले हाँस्दै भने–‘अरू गाडीहरूले तराईको तरकारी ल्याएर बिक्री गर्छन् मैले प्यूठानको टमाटर तराईमा लगेर बिक्री गर्छु ।’ बाल्यअवस्था प्यूठानमै बिताएका रावत नेपाली सेनाको जागिरबाट अवकाश प्राप्तगरी भर्खरै तरकारी व्यवसायमा लागेका छन् ।

    शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...