माधव खनाल, अर्घाखाँची ।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ आम्बोट चौतारा निवासी ६५ वर्षका थानपती खनाल परिवारको सम्पर्कमा आएका छन।
घरपरिवार सङ्ग २२वर्ष पछि सम्पर्कमा आएका छन खनाल आफ्ना भाइ जिवलाल खनाल र बैनिज्वाइँ दधिराम भुसाल मार्फत भारको दिल्लिमा सम्पर्कमा आएको उनका भतिज नारायण खनालले बताए। २२वर्ष पछि सम्पर्कमा आएपछि घरपरिवारमा खुसियाली छाएको खनालले बताए । खनाललाई अब छिट्टै घरपरिवार समक्ष ल्याउने उहाँका भाइ जिवलाल खनालले बताउनुभयो ।
खनालका एक श्रीमति तीन भाइ छोरा एक बुहारी र नातिनी हुनुहुन्छ ।
खनालका स परिवार हाल सन्धिखर्क नगरपालिकामा बसोबास गर्दै आउनुभएको छ ।
Advertisement