• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, फागुन ०१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ३. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ४. प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

  • ५. संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

  • ६. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ७. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

  • ८. जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

  • ९. निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

  • १०. गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

सुशासन कायम गर्न सेवा प्रवाहलाइ अझ प्रभावकारी बनाउछु : प्रजिअ शर्मा


  •   शनिबार, पुष १८, २०७७ मा प्रकाशित
  • गुल्मी जिल्लाको इतिहासमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा हालै सरुवा भइ श्री रुद्रादेवि शर्मा आउनुभएको छ ।गुल्मी जिल्लाका सबै पक्ष सहित महिलाले यसलाइ गौरव र प्रेरणाको रुपमा लिएको महशुस केहि दिनको लगातारको भेटघाटले देखाएको छ । समग्रमा शान्ती सुरक्षा,सुशासन ,सेवाप्रवाहको स्थिती र महिलाका बिषयमा केन्द्रित भएर हाम्रा प्रतिनिधि सबिन बस्नेतले उहांसंग गरेको कुराकानीको केही अंश ।
    प्रमुख जिल्ला अधिकारी त्यसमा पनि गुल्मीमा आउने पहिलो महिला भएको नाताले सबैपक्षबाट राम्रो स्वागत भएको पाएको छु ? उहाँहरुको प्रतिक्रिया कस्तो पाउनु भयो ?

    Advertisement

    म यहाँ आएपछी सुरक्षा निकाय,कर्मचारी ,जनप्रतिनिधि ,उधोग ब्यवसायी ,व्यापारी र महिला अधिकारकर्मी र राजनितिकर्मीसंग भेटघाट भएको छ ।सबै पक्ष र बिशेष गरि महिलाको उत्साजनक सहभागिता र स्वागतबाट म पनि उत्साहित भएको छु ।समग्रमा सबै जनाले राम्रो कामको लागि हामी साथ दिन्छौ भन्नुभएको छ ।शान्तिसुरक्षा ,सार्बजनिक सेवा प्रवाह र अपराध अनुसन्धान र न्यूनीकरण र महिला,बालबालिकाका बिषयलाइ विशेष प्रार्थमिकता दिएर हेर्नुहोला भन्ने प्रतिक्रिया समेत पाएको छु ।
    जिल्लाको समग्र शान्तिसुरक्षाको स्थितीमा कस्तो खाले  चुनौती रहेको पाउनुभयो ?

    हामीले जिल्लाका सुरक्षा युनिटसंग अपराधका घटना सहित सुरक्षाकर्मीको दरबन्दी बारेमा जानकारी लिएका छौ । जिल्ला प्रहरी कार्यालयको निरिक्षण पनि गरेको छु ।हिजो मात्रै इश्मा गाउँपालिका पुगेको थिए ।त्यहांको प्रहरी चौकी निरिक्षण गर्दा दरबन्दी अनुसार जनशक्ति नभएको,सुरक्षाका युनिट भाडामा बसेको ,जग्गा प्राप्तिमा समस्या रहेको भन्ने जानकारी पाए । कामको सन्दर्भमा भन्दा अपराधका घटनामा बढी यस जिल्लामा बीस सेवन र आत्महत्याका घटना पाए ।अझै सबै पालिकामा पुग्न सकेको छैन ।त्यस्तै यहाँ भएका भौतिक संरचना,बाटोघाटो आदिका कारणले सवारी दुर्घटना पनि बढी भएको भन्ने थाहा पाएको छु । ट्राफिकले जनचेतनामूलक कार्य गर्दै नियम ,कानुन अनुसार कार्वाही गर्दै राजस्व उठाउनमा वृद्धि गरेको छ ।यसलाइ अझै प्रभावकारी बनाउन सुरक्षा समितिद्वारा निर्देशन भएको छ ।आत्महत्या र अन्य हिंसा नियन्त्रणमा सम्बन्धित स्थानीय पालिकालाइ जिम्मेवारी बनाइ सुरक्षा निकायको समन्वयमा कस्को कुन कुन भुमिका रहन्छ भन्ने बारेमा अध्ययन गर्ने सोच बनाएको छु ।जिल्लामा कार्ययोजना पनि बनिसकेको हुँदा सोको अध्ययन पश्चात् प्राप्त निश्कर्षका आधारमा आत्महत्याका घटनाको न्यूनीकरणमा प्रभावकारी अभियान गर्नुपर्ने देखिन्छ ।यश बाहेक समग्र अबस्था त्यति चुनौतीपूर्ण होइन सामान्य नै छ ।

    सार्बजनिक सेवा प्रवाह ,सुशासन र शान्ती सुरक्षाको अवस्था सुधारको लागि तपाईंको भुमिका कस्तो रहने छ ?
    यो कस्तो छ भने जिल्ला प्रमुुुख अधिकारीको भुमिका भनेको जिल्लामा शान्तिसुरक्षा कायम गर्ने,अपराधका घटना न्यूनीकरण गर्ने र जनतालाइ न्याय प्रदान गर्दै एउटा भयरहित बाताबरण सृजना भयो भने मात्रै सार्बजनिक सेवा र बिकास निर्माणका कुराहरु पनि सहज हन्छन ।पहिलो हाम्रो कार्यनितिक र पदिय जिम्मेवारी शान्तिसुरक्षा भएकोले पहिलो भैरहेका कामलाइ प्रभाबकारी बनाउनेमा जोड रहन्छ ।यो संगै सेवा र बिकास निर्माणमा सुरक्षा चुनौती भए त्यसलाइ सम्बोधन गरिन्छ ।सुशासन कायम गर्न सेवा प्रवाहलाइ सरल,मितब्ययी र पारदर्शी बनाउनुपर्ने हुन्छ ।यो कार्य मेरो आफ्नो प्रशासन कार्यालय र स्थानीय तहका संघसंस्थाबाट शुरुवात गर्न पहल तथा भुमिका हुनेछ ।

    पछिल्लो समय सुशासन र पारदर्शिताको अबस्थालाइ लिएर देशभर चिन्ता ब्यक्त भएको छ । गुल्मी जिल्लाको सुशासनको अबस्था सुधार्न तपाइँको भुमिका के हुन सक्छ ?

    यसको स्थिती सुधारका लागि अब छिट्टै नागरिक समाज, मिडियासंग सहकार्य गर्दै यहाँको वास्तविक परिस्थिति के छ बुझ्नेछौ । प्रजिअलाइ जिल्लामा अख्तियार दुरुपयोग अनुसन्धानको पनि अधिकार प्रत्यायोजन भएकोले त्यो पनि हाम्रो कार्यक्षेत्र हो ।यश हिसावले स्थानिय तहका संघसंस्थाका आर्थिक क्रियाकलाप र सेवालाइ कानुन बमोजिम प्रकाशन र प्रशासरणमा जोड दिइनेछ । सरकारी कार्यालयबाट नागरिकले पाउने सेवासुबिधा र गुनासो सम्बोधनलाइ सबै पक्षसंग सहकार्य हुन्छ ।यसलाइ अझ प्रभावकारी,मितब्ययी र पारदर्शी बनाउदै काम गरियो भने सुशासनको नजिक पुग्न सकिन्छ ।त्यसको निम्ति मेरो विशेष पहल र भुमिका हुन्छ ।

    जिल्ला प्रशासनको सेवालाइ नागरिक मैत्री बनाउनपर्ने देखिन्छ ।यसको सुधारमा योजना के छन ?

    अं, मलाइ सुधार गर्नुपर्छ जस्तो लागेको छ ।यो समयले पनि होला ।अहिलो जस्तो सेवाग्राहीको चाप सधै हुदैन होला । यतिखेर सबै गाउँपालिकामा राष्ट्रिय परिचय पत्र बनाउने काम भएकोले नयाँ नागरिकता बनाउने, विवरणमा त्रुटि भएका,प्रतिलिपी लिनेको कारण अलि भिड छ ।यसलाइ ब्यबस्थित गर्न टोकन प्रणाली गर्ने सोच छ ।सेवाग्राहीलाई आफ्नै कार्यालयमा भएको महसुस हुनेगरी अलि सुविधाजनक बस्ने ठाउँको ब्यवस्था, राम्रो, स्वच्छ शौचालय,खानेपानीका अलवा मोबाइल चार्जिङ्ग स्टेशनको ब्यबस्था गर्नुपर्छ भन्ने लागेको छ ।यसको साथै कर्मचारीलाइ नागरिक मैत्री व्यवहार गर्न निर्देशन दिएको छु ।गर्वबती महिला,अपाङ्ग,जेष्ठ नागरिक र टाढाबाट आउने सेवाग्राहीलाइ पहिलो प्रार्थमिकता दिएर सेवा प्रवाह गर्ने सोचाइ छ ।

    राजनितिक पार्टी र नागरिक समाजबाट कस्तो किसिमको सहयोगको अपेक्षा गर्नुभएको छ ?पहिले कुनैपनी घटना भएपछि कानुन बमोजिम कारवाही हुन्छ ।तसर्थ राजनितिक हिसाबले होइन कसुरको आधारमा पिडकले सजाय र पीडितले न्याय पाउनुपर्छ भन्ने दृष्टिकोण राखी घटनालाई राजनीतिकरण नगरिदिन सबैलाइ आग्रह गर्छु ।अन्य बिषयमा वहाँहरुको सहयोग,समन्वयको अपेक्षा गर्दछु ।

    आफू पनि एउटा महिला भएको हिसावले महिला,बालबालिका सम्बन्धी घटनाप्रती तपाइको कस्तो संबेदनसिलता र सहयोग रहन्छ ?
    प्रजिअ शर्मा – मैले पनि महिला हिंसा र घटना बढी छन भन्ने सुनेको छु ।यस्ता मुद्दामा सबै पक्षको आ आफ्नो भुमिका रहन्छ ।अहिले स्थानिय तहमा न्यायिक समिती रहने गर्छ । महिला,बालबालिका सम्बन्धी कानुन बनाउने ,कार्यान्वयन गर्ने ,हिंसामा परेकाको उद्दार र पुनःस्थापना गर्ने क्षेत्राधिकार समेत रहेको छ ।हामीले यसको क्षमता बढाउन समन्वय र सहयोग गर्छौ ।मुद्दा मामिलाका सन्दर्भमा यथार्थतामा पिडितले न्याय पाउनुपर्छ । जवरजस्ति मेलमिलाप गराउने र अपराधीक प्रकृतिका घटना लुकाउनु हुदैन ।सामान्य प्रकृतिका घटनामा मात्रै मेलमिलाप गराउनुपर्छ ।महिला हिंसाको न्यूनीकरणमा प्रहरी कार्यालय,सरकारी वकिल,अदालत र जिल्ला प्रशासनले समन्वय गर्छ ।यस्ता घटना लुकाइएको वा दवाइएको छ भने मिडियाले बाहिर ल्याउनुपर्छ, हामी संबेदनसिल हुन्छौ ।

    अन्त्यमा छुटेको केही छ कि ?

    जिल्ला प्रशासन कार्यालय सबै कार्यालयको अभिभावक भएकोले गृह मन्त्रालयको कार्यक्षेत्र बाहिरका सबै कुरा पनि ठोकिन आउँछ । सबैले सबै कुराको समाधान यहिबाट चाहेका हुन्छन । यस बिषयमा कतिपय कानुन अनुसार समाधान हुन्छ, कतिपयमा हाम्रो समन्बय र सहजीकरण मात्रै हुन्छ ।यो कार्यमा हामी पुर्ण प्रतिबद्दता सहित लाग्नेछौ ।सबै पक्षको सहयोग भयो भने चाहे सेवाप्रवाह होस,चाहे अपराध अनुसन्धान र न्यूनीकरण होस वा शान्ती सुरक्षाको सवालमा सबैमा जिल्लालाई नमुना बनाउन सकिन्छ ।यो जिल्लाबासी सबैको लागि राम्रो पनि हुन्छ ।

     

    शनिबार, पुष १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो
    प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै
    हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग
    १३२ केभी प्रसारण लाइन सञ्चालनमा: गुणस्तरीय ऊर्जासँगै कर्णालीको अर्थतन्त्र सुधारमा आशावादी : शाक्य
    सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले
    खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ३.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ४.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका

    • ५.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत

    • ६.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    भर्खरै

    • १.
      कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

    • २.
      गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

    • ३.
      जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

    • ४.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

    • ५.
      निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

    • ६.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    • ७.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

    • ८.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation