• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

महिला हिंसा कम गर्न सहभागिता र सशक्तीकरण जरुरी छ : अध्यक्ष बिश्वकर्मा


  •   बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
  • बुटवलमा केन्द्रीय कार्यालय रहेको खुशी जीवन नेपाल संस्थाले गत मंसिर देखि महिला हिंसा र बलात्कारको विरुद्धमा “मिशन नारी ” रास्ट्रव्यापी अभियानको शुरु गरेको छ।
    यस्ले समाजमा महिलामाथी हुने विभिन्न हिंसाका घट्नालाई न्युनिकरण गर्न प्रयास स्वरुप विभिन्न चेतनामुलक कार्यक्रमहरु समेत गर्दै आएको छ।

    Advertisement

    कामना डेली अनलाईनले संस्थाका केन्द्रीय अध्यक्ष महेन्द्र विश्वकर्मासंग महिलाविरुद्ध हिंसा बढ्नुका कारण, यसको रोकथाम र अभियानको प्रभावकारिता बारे सोधेको छ। प्रस्तुत छ कुराकानीको सारसंक्षेेप।

    १- यहाहरुले महिला हिंसा र बलात्कारको विरुद्धमा “मिशन नारी ” रास्ट्रव्यापी अभियानको हालैमात्र शुरुआत गर्नुभएको छ । यो अभियान संचालन गर्नुको उद्धस्य के हो ? कार्यक्रमका प्याकेजहरु के कस्ता छन?

    खुशी जीवन नेपाल संस्था २०७४ मा स्थापना भएको सामाजिक संस्था हो। यस्ले स्थापना काल देखिनै समाजमा सामाजिक सचेतनाका क्षेत्रमा काम गर्दै आएको छ । समाजमा सचेतना फैलाउनुका साथै दुखी गरिब र निम्न वर्गका मनिसहरुलाई सहयोग गर्दै आएको परोपकारी संस्थाको रुपमा काम गर्दैछ र हाल हाम्रो समाजमा बढी रहेका महिला हिंसा र बलात्कारका घटनालाई न्यूनीकरण गर्न तथा पीडितहरुलाई मानसिक, शारीरिक तथा आर्थिक रुपले सहयोग गर्ने उदेश्यले अभियानको शुरुआत गरिएको हो । सहयोग सचेतना तथा आत्मरक्षा यस अभियानको मुलमन्त्र हो। हिंसा पीडितलाई सहयोग, जनसमुदायमा चेतनामूलक सडक नाटक, आत्मरक्षा तालिमका साथै पीडित महिलाहरुलाई सहयोग समेत गर्दै आएका छौं ।

    २- समाजमा महिला हिंसाको स्थिति के छ ? तपाईहरुको आँकडाले के भन्छ?

    समाजमा महिला हिंसाको घटना बढी नै छ।खास गरि घरेलु हिंसाका घटना बढी छन। पुरुष हिंसा पनि कमि छैन्न। र महिला हिंसा गर्नमा पुरुष भन्दा महिलाकै हात धेरै भएको देखिन्छ । यश अर्थमा कि महिलानै महिलाको शत्रु भएको अवस्था छ गर्भमा रहेकी बालिका देखि लिएर बृद्धा अबस्थाकी महिला पनि हिंसाबाट सुरक्षीत छैन । यसो हुनुमा उनीहरुमाथि परिवार र समाज हाबी छ। त्यस्ले गर्दा न पीडितले न्याय पाउन पनि सकेका छैन्न।

    ३ – तपाईहरु अहिले अभियानकै दौरानमा हुनुहुन्छ। सरकार र अन्य निकायले पनि बेलाबखतमा अभियान संचालन गरेकै छन। महिलामाथि हुने घरेलु हिंसा नरोकिनुका कारणहरू के के हुन?

    महिला माथी हुने घरेलु हिंसा नरोकिनुमा मैले अघि पनि भने कि उनिहरु माथी परिवार र समाज हाबी छ। जस्ले घटनालाई गुपचुपमै राख्ने र घटना बाहिर ल्याउनुको साटो सट्याकसुटुक भित्रै मिलापत्र गर्ने परिपाटी छ । कतिपय घटना त समाजिक प्रतिष्ठामा आँच आउने डरका कारण प्रहरीमा उजुरी पुग्नै पाउदैन्न । यद्धपी यस्का बिच पनि केही घटनाहरु बाहिर पनि न आएका होईन्न्न। हिसाँमा समाजको रुढीबादी कुप्रथा ,विकृत मानसिकता, लागुपदार्थ दुर्व्यसनको साथै केहि हद सम्म कमजोर न्याय प्रणाली पनि जिम्मेबार छ ।महिलाहरूलाई आर्थिक र सामाजिकरूपमा सशक्त बनाउन नसक्नु पनि हिसांको अर्को कारण हो भन्ने लाग्छ।

    ४ – यस्ता अभियानहरु शहर केन्द्रीत भए गाउँमा पुग्नै सकेन्न भन्ने गुनासाहरु पनि छ्न नि?

    अत्यन्त राम्रो प्रश्न गर्नुभयो। हो। गाउँमा भएका घटनाको संख्या अलि बढी देखिएको होला तर महिलाहरु माथि देशभरिनै हिंसा हुने गरेको छ। कुनै ठाउँमा बलात्कारका नाममा भने कुनै ठाउँमा घरेलु हिसांको नाममा महिलाहरु पीडित भइरहेका छन्। आजको सचेत पुस्ता र समाजमा पनि यस्ता घट्ना घट्नु दुखद नै मान्नुपर्छ । जहाँ सम्म गाउ केन्द्रीत हुनुभएन भन्ने कुरा छ नि हाम्रो सधैभरी उध्येस्य के हुन्छ भने गाउँमा गएर हिंसाको बारेमा बोलौ, त्यहाका समस्याहरु उठाउँ सचेतना कार्यक्रमहरु गरौं । साथै अहिले सम्म गर्दै पनि आएका छौ । हाम्रो संस्थाले पनि गाउँमा कार्यक्रमका थप प्याकेज लैजाने योजना पनि बनाएको छ ।ढुक्क हुनुस।
    शहरमा भन्दा पनि गाउँ समुदायहरुमा हामी जानुपर्छ । भन्ने कुरा हामीले बुझेका छौँ। किनभने बढि हिंसा पिडित महिलाहरु गाउँमै हुन्छन् । गाउको तुलनामा शहरमा चाहि महिलाहरु शिक्षित नै हुन्छन् जसले आफनो न्यायको लागि पहल गर्न सक्छन् । तर गाउँमा भएका महिलाहरुले चाहि न्यायका लागि वकालत गर्न कहाँ जाने भन्ने थाहा हुदैनन् ।
    त्यस्का लागि पनि हामी र हाम्रा कार्यक्रम गाउँ केन्द्रीत हुनुपर्ने देखेका छौँ।

    ५ – तपाईहरुले अभियान संचालन गर्न थालेपछि त्यो कत्तिको प्रभावकारी भयो ? के महिला हिंसामा कमी आयो त ?

    हो । देशमा धेरै ठुला राजनीतिक परिवर्तन भए, तर ती परिवर्तनलाई निर्णायक बिन्दुमा पुर्‍याउन आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली महिलाहरूको जीवन र मर्यादामा भने उल्लेखनीय परिवर्तन आउन सकेको छैन। समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, विभेदपूर्ण कानुन, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनताजस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणकारूपमा देखिएका छन्। निश्चय नै अभियानले लैङ्गिकताका आधारमा हुने सबै प्रकारका हिंसा र अपराधलाई अन्त्य गर्न प्रचारात्मक र नैतिक साहस प्रदान गर्दै आएको छ तर यो अभियानले मात्र समाधान हुन नसक्ने भएकाले यस्ता पहललाई निरन्तरता दिँदैै संस्कृतिमा रूपान्तरण गर्नु आवश्यक हुन्छ । पछिल्ला पहलबाट हिंसामा परेका महिलाले कानुनी उपचारका लागि प्रतिरोध गर्न पनि नसक्ने अवस्थामा सुधार ल्याई खुलेर बोल्नसक्ने बनाएको छ । अझै हाम्रा पहल पुगेका छैनन् भन्ने लाग्छ । हाल सञ्चालन गरिएका अभियानको सार्थकता आगामी दिनमा देखिने छन् तर अपेक्षित परिणामका लागि सरकार र विभिन्न निकायबाट विषयको गाम्भीर्य बुझेर अभियानमैत्री योजना तथा कार्यक्रम लागू गर्नुपर्ने देखिन्छ । लैङ्गिक हिंसा महिलाको मात्र नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या भएकाले यसको समाधानमा पनि सबै पक्षको पहल आवश्यक देखिन्छ ।
    हाम्रो पुरुष प्रधान समाजमा एति लामो समय देखि चली आएको महिला हिंसाको घटनामा ह्वात्तै कमि आउन अलि गाह्रो छ तर यस अभियानको शुरुआत देखि जुन जुन ठाउमा कार्यक्रम हुदै छ त्यस क्रममा देखिएको समुदायको उपस्थिती सहयोग र मायाले हामीलाई उत्साहित बनाएको छ।कार्यक्रम राम्रो प्रभाव देखिएको छ।

    ६- अभियानका चुनौतीहरु के के छन ? हिसा न्युनिकरणमा संस्थाले गरेका प्रयासहरुका साथै आगामी योजनाका बारेमा पनि बताईदिनुस न?

    सामाजिक काम हो त्यसैले पनि चुनौतीहरु त स्वभाविक रुपमा हुने नै भए । कोरोना महामारीपछि जारी लकडाउनले हामिलाई पनि नराम्रो संग असर पुर्याएको छ। हाम्रो संस्था खुशी जीवन नेपालले मिशन नारी अभियानको शुरुआत कुनै पनि बिदेशी फन्ड अथवा राजनीति पार्टीको सहयोग बिना गरेको हो । नगर/गाउपालिका अन्तर्गत भएका टोल विकास संस्था, आमा समुह, युवा क्लब संग समन्वय गरेर कार्यक्रमको शुरुआत गर्नका लागि टिम बनाउने देखि लिएर जनसमुदायको माझमा पुगेर जनसमुदायलाई जुटाउनु एकदमै गाह्रो काम थियोे। उनिहरुलाई कुरा बुझाउनै मुस्किल,जुटाउनै गाह्रो। सकिँदैन कि भन्ने पनि नलागेको होईन। तर हाम्रो समाज परिवर्तनको नारालाई आफ्नो मुलमन्त्र बनाएर अगाडी बढने प्रयासलाई केही हद सम्म सफलता मिले जस्तो लगिराछ र आगामी दिनहरुमा बलात्कृत तथा हिंसा पीडित वर्गलाई न्याय दिलाउनका साथ आत्मनिर्भर बनाउन र समाजमा पुनः स्थान दिलाउनका लागि रोजगारको शृजना , महिलाहरूलाई आफू माथी हुने हिंसाबाट बचनलाई आत्मरक्षाको तालिम दिने एवं हिंसा हुने प्रयास भएको खण्डमा कुन संबंधित निकायमा आफ्नो कुरा राख्ने त्यसको लागि सचेत बनाउने योजना छ।

    ७ – यस्ता घटना अन्त्य गर्ने उपायहरू के के हुन सक्छन ? अन्त्यमा अरु के भन्नू हुन्छ ?

    हेर्नुस,महिला हिसांका घटना कमि गर्न त्यति सजिलो छैन। लैङ्गिक हिंसालाई व्यापक सन्दर्भमा बुझ्नु आवश्यक छ । यो यौनशोषण मात्र नभएर महिलाविरुद्ध हुने सामाजिक सांस्कृतिक विविध विभेद नै समग्रमा लैङ्गिक हिंसा ठहर्ने भएकाले यस्ता विभेदको अन्त्य गर्न विभिन्न क्षेत्रबाट पहल जरुरी छ ।

    यहाँ सब भन्दा पहिला जनसमुदायमा रुढीबादी कुप्रथा र कुरितीको अन्तय गरि सामाजिक सचेतना फैलाउनु , छोरी र छोरा बिच लैङ्गिक विभेद कम गरि छोरीहरुलाई पनि उच्च शिक्षा तथा अवसर दिनु , युवा वर्गमा बढी रहेको लागुपदार्थ दुर्व्यसन नियन्त्रण गर्नु र आफ्नो संस्कृतिलाई अपनाउनु तथा आफ्नो देश प्रतीको एक असल नागरिकको जिम्मेवारीको ज्ञान गराउन पर्छ ।

    अन्तमा म भन्न चाहन्छु कि हिंसा हामीसंग हुन्छ या हाम्रो आसपास। तिनको पहिचान जरुरी छ। त्यस्को विरुद्ध आवाज उठाउनु पर्छ। हिंसा गर्ने व्यक्ति जति जिम्मेवार हुन्छ त्यो भन्दा ठुलो जिम्मेवार त्यो हिंसालाई सहेर त्यसलाई प्रोत्साहन दिने व्यक्ति जिम्मेवार हुन्छ। आउनुस हामी सबै मिलेर हिंसाको विरुद्ध एकजुट भएर ‘मिशन नारी’ अभियानमा सामेल भई असल र सभ्य समाजको निर्माण गरौँ।आगामी दिनमा महिलालाई आर्थिकदेखि सामाजिक जीवनमा परनिर्भरता कम गर्दै आत्मनिर्भर बनाउन सक्दा महिलाविरुद्ध हुने घरेलु हिंसालाई परास्त गर्न सकिने छ । सहभागिताले सशक्तीकरण ल्याउने भएकाले महिलाविरुद्ध हुने विभिन्न प्रकारमा विभेद तथा हिंसा अन्त्य गर्न अबको नेपालले सहभागिता र सशक्तीकरणलाई कानुन र सिद्धान्तका साथै व्यवहारमै उतार्नु जरुरी छ । बहुविवाह र दाइजोलगायतका कुरीति, घरेलु हिंसा र यौन हिंसा कम गर्नका लागि पछिल्लो समय थुप्रै कानुनहरू पनि परिमार्जन गरेर कडा बनाइएका छन्। कानुनलाई प्रभावकारी कार्यान्वयन गर्न सकेपनी हिसाँ न्युनिकरणमा कमि आउँछ भन्ने लाग्छ।

    धन्याबाद।

    बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation