रुकुम पश्चिममा विप्लवका सेक्रेटरीसहित दुई जना पक्राउ

रुकुम पश्चिम । प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका पालिका सेक्रेटरीसहित २ जना कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले सानीभेरी गाउँपालिका सेक्रेटरीको रुपमा कार्यरत आठबीसकोट नगरपालिका–३ का २३ वर्षीय बाबुराम विश्वकर्मा र शिव विकलाई पक्राउ गरेको हो ।

सानीभेरी गाउँपालिका–३ पेदीबजारबाट पक्राउ परेका बाबुराम नेकपाको युवा संगठनका जिल्ला उपाध्यक्ष तथा शिव कोषाध्यक्ष हुन् ।

सानीभेरी गाउँपालिकामा आइरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

 

Sharing Now!

You might also like

Comments are closed.