राम बहादुर बिश्वकर्मा, प्युठान। प्यूठानमा थप ८ जनामा कोरोना पुष्टि भएको छ ।
नौवहिनि गाउँपालिकाका २ जना, प्युठान नगरपालिकाका ३ जना, ऐरावती गाउँपालिकामा ३ जना गरि थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका सुचना अधिकारी पुस्कल श्रेष्ठले जानकारी दिए ।
Advertisement
मंगलवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा परीक्षणको क्रममा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित मध्ये महिला ३ र पुरुष ५ रहेका छन भने उनिहरुको उमेर ७ देखि ४० बर्ष उमेर समुहका रहेका छन।
श्रेष्ठका अनुसार प्युठान नगरपालिकामा कोरोना देखिएका ३ जना ब्यक्ति नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारका कर्मचारी हुन।