• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ ०७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ५. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ६. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ७. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ८. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • ९. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • १०. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

खाडीबाट दैनिक ४ हजारसम्म श्रमिक ल्याइने


  •   शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित
  • काठमाडौं । सरकारले खाडी तथा मलेसियाबाट दिनमा चार हजारसम्म नेपाली श्रमिकलाई ल्याउने भएको छ । रोजगार कटौतीमा परेर र करार अवधि सकिएर पनि महिनौंदेखि कुरिरहेका नेपालीले प्रवासी भूमिमा सरकारविरुद्ध नारा लगाउन थालेपछि बिहीबार उडान संख्या थप गर्न अनुमति दिइएको हो । यसअघि सरकारले दिनमा ८ सय जना मात्रै कोटा तोकेको थियो ।

    Advertisement

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीच भएको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री पोखरेलबीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडान संख्या थप गर्ने समझदारी भएको छ । श्रममन्त्री यादवले नयाँ नीतिलाई बिहीबारबाटै कार्यान्वयनमा ल्याएको बताए । तत्कालका लागि पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्रै विमानले बोक्ने मन्त्री यादवले बताए । ‘एउटै विमानमा पीसीआरको नेगेटिभ रिपोर्ट भएका र नभएकालाई मिसाएर ल्याउन पाइएन । नेगेटिभ मात्रै विमानमा आए होटलमा वस्नुपर्दैन । सिधै होम क्वारेन्टाइनमा बस्न मिल्ने गरी घर जान पाउँछन्,’ उनले भने ।मन्त्री यादवले कम्पनीले आफ्नै खर्चमा चार्टर गरी श्रमिक पठाउन पाउने प्रबन्ध पनि मिलाइएको बताए । हजारौं नेपालीलाई रोजगार दिने कम्पनीले आफ्नै खर्चमा चार्टर विमानमार्फत श्रमिकलाई पठाउन नेपाली दूतावाससँग अनुमति मागेका थिए । रोजगारी समाप्त वा लामो बिदामा राखिएका श्रमिकलाई खाना र बस्नेको प्रबन्ध महिनौं मिलाउनुपर्दा ठूलो खर्च हुने भएकाले कम्पनीले चार्टर विमान माग गरेका थिए ।

    पर्यटनमन्त्री भट्टराईले कुनै कम्पनीले आफ्नै खर्चमा श्रमिकलाई नेपाल फर्काउन तयारी गरे त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिइने बताए । ‘श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वय गरेर उडानको व्यवस्था गरिनेछ’, उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिनेछ ।’

    उनले विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपाली ल्याउन सरकार संवेदनशील रहेको बताए । ‘स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोसिस गरिरहेको छ । सरकारले आफ्नो प्रयत्न बढाउँदै लानेछ’, उनले भने । हाेम कार्कीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

    शुक्रबार, भदौ २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ५.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ६.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    भर्खरै

    • १.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • २.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ३.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ५.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ६.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ७.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ८.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation