• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

खोइ हाम्रो सिर्जनशिलता ?


  •   बुधबार, साउन १४, २०७७ मा प्रकाशित
  • विकास शव्द हामीमाझ लोकप्रिय छ । विकास भन्ने शव्द हामीले छ्यापछ्याप्ती प्रयोग भइरहेको सुन्छौं र देख्छौं । राजनीतिक दलका नेताहरुदेखि लिएर उच्चपदस्थ कर्मचारीहरुसम्म रातदिन विकास हुँदैछ भनेर नागरिकलाई आश्वस्त बनाउन कोशिष गरिरहेका देखिन्छ । त्यसो भएका कारण अहिले भाषण, समाचार तथा लेखमा धेरै स्थान ओगटन विकास शव्द सफल भएको छ ।

    Advertisement

    यस्तो लोकप्रिय शव्द विकास भनेको चाहि के हो ?

    यस विषयमा विकासको व्याख्या विभिन्न विद्धानहरुले गरेका छन् । विभिन्न आयामबाट विकासको परिभाषा र व्याख्या गरेका छन् । कसैले आर्थिक परिवर्तन, कसैले सामाजिक परिवर्तन त कसैले सांस्कृतिक भने कसैले भौतिक पूर्वाधारको परिवर्तन हो भनेका छन् । तर त्यस्तो परिवर्तन सकारात्मक हुनुपर्ने उनीहरुको भनाइ छ ।सामान्यतया स्थिर बस्तु चलायमान तथा बढ्यो अथवा त्यसको गुणस्तरमा सुधार भयो भने त्यो विकास हो भन्ने बुझिन्छ । त्यस्तै हिंश्रक संस्कृति दयामाया करुणातर्फ अगाडि बढ्यो भने त्यो सांस्कृतिक विकास होला । मान्छे हिड्ने गोरेटो बाटो मोटर हिड्न सक्ने चिल्लो भयो भने सडक विकास होला । वार्षिक ५ हजार आम्दानी हुने परिवारले ५० हजार पु¥यायो भने त्यो आर्थिक विकास होला । मानिसको आयु बढ्यो तथा मृत्युदर घट्यो भने स्वास्थ्यको विकास होला । सञ्चार माध्यम तथा सामाग्रीबाट नागरिकसम्म सहज रुपमा सूचना पुग्यो भने सञ्चार क्षेत्रको विकास होला ।यसरी जुनसुकै क्षेत्रको सकारात्मक अवस्था परिवर्तनलाई विकास भन्ने मानक अहिले स्थापित भइसकेको छ ।

    विकास शव्दमा भन्दा पनि विकासलाई मानक बनाउने आधारमा अहिले बढ्ता गडवडी भएको देखिन्छ ।

    पश्चिमा मुलुकहरुले स्थापित गरेका मानकहरु अहिले हामी विकासमा स्थापित गर्दैछौं । यसरी उनीहरुले बनाएका मानकका आधारमा हामी कहिल्यै विकसित हुन सक्दैनौ किनभने हाम्रो सिर्जनसिलता खोइ ? हाम्रो मौलिकता खोई ? हामीले पश्चिमा विकासको मोडेल हेरिसक्यौ । त्यसले हाम्रो विकास भन्दा पनि विनाश निम्ताइरहेको छ । यस अर्थमा विनाश । हाम्रो कथित दक्ष भनिने जनशक्ति पश्चिमा मुलुकको सुखसयलको सपनामा पौडिनमै ठिक्क छ । अवसर पाए दुई हात उफ्रिएर विदेश जान इच्छुक बनाएको छ।त्यो भन्दा बढ्ता हाम्रो सिर्जनशिलतालाई ध्वस्त बनाइदिएको छ । हामीमाथि सांस्कृतिक अतिक्रमण गरेको छ । हाम्रो धार्मिक आस्थामा भावनात्मक कुठाराघात गरिरहेको छ । हामीलाई ऋणी बनाएर आर्थिक दास बनाउने प्रयत्न गरेको छ । यी सबै गर्नको लागि हामीलाई अफिमले लठ्याजस्तै सिर्जनशील हुन नसक्ने गरी भुत्ते बनाएको छ ।अहिले एउटा तप्का छ विकास भएन भन्ने जो सधै अमेरिका युरोपको तुलना गरेर नेपालमा विकास भएन भन्छ। त्यो तप्काले अघाउने गरी कहिल्यै विकासको अनुभूति गर्न सक्दैन । किनभने पश्चिमा मुलुकले बनाएको विकासको मानकमा हामी उनीहरुभन्दा अगाडि बढ्न सक्दैनौ । हामी उनीहरु भन्दा पूर्वाधार विकासमा अगाडि बढ्न नसक्नु भनेको हाम्रो कथित विकास नहुनु हो ।अहिले हाम्रो सिर्जनशीलतालाई ध्वस्त पार्न बिशेष गरी राजनीतिक दलले मह्त्वपूर्ण भुमिका खेलिरहेकोे छ।२०४६ सालको राजनीतिक परिवर्तनपछि नेताहरुले नै कसैले स्वीजरल्याण्ड, कसैले सिंगापुर बनाउने भाषण गरे।त्यही भाषणमा हामी नागरिकहरु मख्ख प¥यौ । हामी कसैले भन्न सकेनौ नेपाल नै बनाउने भनेर ।

    नेताले हाम्रो सिर्जनशीलतालाई भुत्ते बनाइदिए।अहिले तीनका लाखौ कार्यकर्ताको सिर्जनशिलता भुत्ते भएको छ ।

    आप्mनो नेताले जे भन्छ त्यही कुरालाई प्रचार गर्ने बाहेक उसँग नवीन सिर्जनशील कुरा नै छैन । अनि राजनीतिक दलको सकारात्मक विकास कसरी हुनसक्छ? नेतृत्वको विरोध कहि कतै गरिहाल्यो भने पनि पुनः शक्तिमा पुग्नको लागि मात्र उसले विरोध गरेको हुन्छ न कि दलको हितको लागि ।यसरी सिर्जनशिलता गुमेपछि अहिले प्रमुख दलहरुको नेतृत्व अनियन्त्रीत हुँदै जान थालेको छ ।कार्यकर्ताहरु दलको नेतृत्वलाई विचारले नियन्त्रण गर्ने भन्दा पनि विभिन्न गूट खडा गरेर संंख्याको शक्तिको आधारमा नियन्त्रण गर्न प्रयास गरेको देखिन्छ । असल विचार, सिद्धान्तको पालना भन्दा पनि संख्याको आधारमा नेतृत्वमा पुग्न सकिने भएपछि संख्या पु¥याउन कुशासन हुनु स्वभाविकै भयो । शासनप्रणालीमा भएको कुशासनको प्रभाव कर्मचारी, उद्योगी व्यापारीदेखि लिएर आम नागरिकका संस्थासम्म पनि पर्न थालेको छ । यो प्रभावले उद्योगहरु कसरी राम्रो उत्पादन गर्न सकिन्छ भनेर सिर्जनशिल हुन सकिराखेका छ्रैनन् ।

    सरकारको प्यारो भए अवसर पाइने भएपछि कर्मचारी सिर्जनशिल हुन सकिराखेका छैनन् ।

    व्यापारीले कालाबजारी गरेर पैसा कमाउन पाएपछि किन सिर्जनशिल हुनुप¥यो पैसा कमाउन। यसरी समाजका प्रतिष्ठित क्षेत्रहरुमा समेत कुशासन देखिन थालेपछि हाम्रो सिर्जशिलता झन् कमजोर बन्न पुगिरहेको छ । कमजोर बनिरहेको सिर्जनशिलताई बृद्धि गर्न सबभन्दा पहिलो विद्यालय शिक्षामा लगानी गर्नु आवश्यक छ। विद्यालय शिक्षालाई पश्चिमी मानकका आधारमा होइन हाम्रै आप्mनै मौलिक मानकका आधारमा सञ्चालन गरिनु आवश्यक छ ।सिर्जनशिलतालाई सहयोग पुग्ने गरी शिक्षण सिकाई हुन आवश्यक छ । त्यसको लागि शिक्षा क्षेत्रमा व्यापक सुधारको खाँचो छ ।कमजोर बनेको हाम्रो सिर्जनशिलतालाई खोजेर हामीमा प्रस्पूmटन नगराएसम्म हाम्रो नेपालको विकास सम्भव छैन । त्यसैले सबैले खोर्जौ हाम्रो सिर्जनशिलता । खोइ हाम्रौ सिर्जनशिलता?

    बुधबार, साउन १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation