• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ

कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ५. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ६. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ७. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ८. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • ९. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

  • १०. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

समृद्धिका लागि उद्यम विकास सहजकर्ता परिचालन आवश्यक


  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा। उद्यम विकास सहजकर्ता उद्यम तथा व्यवसायको क्षेत्रका लागि उद्यम सृजना गर्न सहजीकरण गर्ने दक्ष जनशक्तिलाई उद्यम बिकास सहजकर्ता भनिन्छ । देशमा व्याप्त गरीबी तथा बेरोजगारी समस्या समाधानका लागि समेत यस्ता जनशक्तिको महत्वपूर्ण भूमिका हुने गर्छ । उद्यम व्यवसाय गर्न चाहने विपन्न समुदायका महिला, दलित गरीब तथा पिछडिएका वर्गलाई परामर्श, ज्ञान, सिप प्रदान गरी उद्यम व्यवसायमा प्रोत्साहित गर्न सामाजिक परिचालकको रुपमा यस्ता जनशक्ति सक्षम हुन्छन् । साथै उत्पादनको बजारीकरण, उपयुक्त प्रविधिको प्रयोग र संस्थागत विकासमा समेत तिनले सहयोग गर्छन् ।स्थानीय स्रोतसाधनको उपयोगबाटै रोजगारी सृजना हुँदा बेरोजगारी समस्या कम हुन्छ । स्थानीय कच्चापदार्थको प्रयोगबाट आयआर्जन बढाउन सके सम्बन्धित क्षेत्रका बासिन्दाको जीवनस्तर उकासिन्छ ।

    Advertisement

    नेपाल सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपालको सपना साकार गर्न उद्यमशिलता विकास अति आवश्यक छ।

    यस कार्यमा उद्यम विकास सहजकर्ताको भूमिका अपरिहार्य हुन्छ। स्थानीय स्रोतसाधनको परिचालन गरी लघु तथा घरेलु उद्योग स्थापना गराउन उद्यम विकास सहजकर्ताको महत्वपूर्ण भूमिका भएकाले अनिवार्य रूपमा स्थानीय स्तरमा दरवन्दी सिर्जना गरी नेपाल सरकार उद्योग मन्त्रालय मार्फत सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्प)लाई स्थानीय निकाय मार्फत सबै किसिमका उद्याशीलताका कार्यक्रममा उद्यम बिकास सहजकर्तालाई अनिवार्य परिचालन गरि कागजमा मात्रै उद्यमी सिर्जना गराउने जुन परिपाटी छ। त्यसलाई अन्त्य गर्न सक्ने हो भने सरकारले लिएको नाराले सार्थकता पाउन सक्छ।उद्यमशिलताको क्षेत्रमा दक्षता हासिल गरेका यस्ता जनशक्तिलाई हालसम्म सरकारले चिन्न र बुझ्न नसक्नु सरकारको ठूलो कमजोरी हो।अन्य प्राबिधिक शिक्षा संकायमा लोक सेवा मार्फत विभिन्न निकायमा रोजगारीको अबसर प्रदान गरिरहदा देशको समृद्धिको मेरुदण्ड मानिने उद्यमशिला बिकासलाई बेवास्था गरि एक सेवा प्रदायक सस्थालाई पहुँचमा आधारित ठेक्का प्रदान गर्ने परिपाटीले यस्ता उत्पादित जनशक्तिलाई छोटो समयका लागि मात्र रोजगारीमा जोडिने र बाकी समय बेरोजगार भइ बस्नुपर्ने अबस्था रहनु अत्यन्तै बिडम्बनाको कुरा हो। नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७ र०७८ देखि उक्त कार्यक्रम प्रत्येक स्थानिय तह मार्फत् कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । नेपाल सरकारले स्थानीय स्तरमा रहेका सम्पुर्ण गाउँपालिका, नगरपालिका लगायत वडा कार्यालयहरुमा आवश्यकता हेरि उद्यम विकास सहजकर्ताहरुलाई लोकसेवा मार्फत दरबन्दि कायम गरि राख्ने नीतिगत व्यवस्था गरि उद्यम विकास सहजकर्ताको पदपुर्ति गरि तह २, तह ३ लाई प्राथमिकतामा राखि स्थानीय स्रोत साधनको परिचालन गरि लघु तथा घरेलु उद्योग स्थापना गराउन उद्यम विकास सहजकर्तालाई परिचालन गर्न आबश्यक छ। बिगतका दिनमा यस कार्यक्रमले गाउँ गाउँमा लघुउद्यमी सृजना गरी उनीहरुको जीविकोपार्जनमा सहयोग पुर्याउदै लघु उद्यमको आधार तयार पार्न प्रभावकारी भूमीका खेल्न सफल भएको कुरा सर्बबिदितै छ।

    बाकी दिनमा स्थानीय , प्रदेश र केन्द्रिय सरकारले बजेट, नीति तथा कार्यक्रममा उद्यम र उद्यमशीलतालाई प्रथामिकतामा राखि यस्ता दक्ष प्रशिक्षकलाई साथमा लिएर अगाडी बढ्नुको बिकल्प छैन ।

    स्थानीय श्रम, सीप र कच्चा पदार्थमा आधारित व्यवसायको सिर्जना गर्न सकिएमा त्यस्ता व्यवसाय टिकाउ हुने हुँदा बाह्य आयातित सीप र कच्चा पदार्थमा आधारित उद्योगको तुलनामा हाम्रा परम्परागत कला, संस्कृति र सीप अनुरूपका व्यवसायमा आय तथा रोजगारीका सम्भावना बढ्न सक्छ्न । नेपाल सरकार एवं प्रदेश सरकारले प्रदेशमा दक्ष जनशक्तिको उत्पादनबाट स्थानीय स्तरमा आयमूलक रोजगारीका अवसरहरू सिर्जना गर्न विभिन्न किसिमका सीप तथा व्यवसायमूलक तालिमहरू सञ्चालन गर्दै आए पनि तालिमका लागि तालिम मात्रमा सिमित भएका छन् । देश भरीमा घरेलु तथा साना उद्योग सम्बन्धी कार्यालयहरूबाट मात्र वार्षिक करिब २० हजारभन्दा बढीलाई ८० भन्दा बढी विषयमा सीपमूलक तालिम दिँदै आएको छ । यस्ता तालिम प्राप्त जनशक्तिहरूलाई सहि तरिकाले परिचालन गर्न सकेमा मात्र देशमा समृद्धि ल्याउन सकिन्छ ।सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका विकास प्रयासहरू एकीकृत र नतिजामुखी नहुँदा यस क्षेत्रको अपेक्षित विकास हुन सकेको छैन ।भन्ने कुरा सबैले बुझ्न आबश्यक देखिन्छ, तालिम दिने निकायले तालिमको लक्ष्य तोक्ने र जनशक्ति उत्पादन गर्ने, ऋण दिनेले ऋण लगानी र असुलीको लक्ष्य तोकी सो अनुरूप ऋण लगानी गर्ने, तर त्यो तालिम र ऋणको उद्देश्य के हो, सोको उद्देश्यअनुरुप नतिजा प्राप्त भएको छ(छैन हेर्ने पद्धति विकास गर्न सकिने पर्याप्त अवसरहरू पहिल्याउन आबश्यक छ ।

    त्यसैले जुनसुकै क्षेत्रमा आफ्नो भबिश्य सुनिस्चितताका लागि आन्दोलनको आबस्यकता पर्ने र बच्चा नरोए आमाले दुध चुसाउदैनिन भन्ने युक्तिलाई आत्मसात गर्दै देशव्यापी रुपमा दक्षता हासिल गरेका उद्यम विकास सहजकर्ताहरुले सङ्गठन निर्माण गरि आफ्ना माग राख्न निकै आबश्यक देखिन्छ।

    उद्यम विकास सहजकर्ता सबै भन्दा बोल्ने बानीको विकास भएको मानिए  पनि कुनै एक ब्यक्तिको हाइफाई र नेता बन्ने होडबाजी चल्नुले रोजगार प्राप्त गर्ने अभिप्रायले ग्रामीण क्षेत्रका गरिब परिबारका अभिभावकले दुख कष्ट गरि ऋण कर्जा गरि आफ्ना छोराछोरीको भबिस्य निर्माणका लागि खर्चेको रकम लाई वास्ता गरिएको छैन ।

    अब देखि अग्रज साथिहरुबाट सल्लाह सुझाब सहित देशमा रहेका विभिन्न तहका उद्यम बिकास सहजकर्ता एकजुट हुन आबश्यक देखिन्छ ।

    माथिका सबै विधि र पद्धतिहरूमा समुदायका मानिसहरूको ज्ञान, सीप र धारणामा सकारात्मक परिवर्तन भै समाज रूपान्तरण गर्नु नै उद्घम बिकास सहजकर्ताको मुख्य ध्येय हुने भएकाले यसै गरी समाज रूपान्तरणका लागि नागरिकको जीवनस्तरमा सुधार ल्याई, आयमूलक क्रियाकलाप गरेर वा रोजगारी सृजना गराई समाजलाई अग्रगतिमा लग्न उनिहरुले महत्वपूर्ण भुमिका खेलेका हुन्छन् । यसरी रोजगारी सृजना गराई आय बढाएर वा स्थानीय स्रोत साधनको सदुपयोग गरी नागरिकलाई उद्यमशीलतामा रूपान्तरित गर्दै लैजाने यस्ता सक्षम जनशक्तिलाई परिचालन गर्न सकेमा मात्र विभिन्न सामाजिक समस्याहरू हलगर्दै समाजलाई रूपान्तरण गर्न सकिन्छ ।

    लेखक:बिश्वकर्मा झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल एजुकेसन बिजुवार ,प्युठानको कार्यकारी निर्देशक हुनुहुन्छ ।

    सोमबार, असार १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ५.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ६.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    भर्खरै

    • १.
      आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

    • ३.
      सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

    • ४.
      नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ

    • ६.
      कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

    • ७.
      उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

    • ८.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation