• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ३. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ४. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ५. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ६. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • ७. नौबहिनीको बजेट : खेतबारीदेखि सडकबत्तीसम्म विकासको उज्यालो योजना

  • ८. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ९. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

बन्दाबन्दिमा : यौन जीवन


  •   सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
  • गोपाल ढकाल । लकडाउनले गर्दा अहिले व्यक्तिहरु फुर्सदिलो भएका छन। के गरेर समय बिताउने ? धेरैमा छट्पटी पनि बढेर गएको छ । लकडाउनको समयलाई सिर्जनशील रुपमा बिताउन नजान्दा यौनमा झनै बढी ध्यान जान सक्छ । तनावका बेला अन्य कार्यमा रुचि नजाने र यौनलाई नै आनन्द र मनोरञ्जनको प्रमुख माध्यम बनाउन सक्ने जोखिम पनि बढेर जान्छ । यौन सम्पर्कका बेला मस्तिष्कबाट अक्सिटोसिन, डोपामिन, एन्डोरफिनजस्ता खुशी र आनन्द दिने रसायनिक तत्त्वको उत्पादन हुन्छ । यसकारण पनि व्यक्ति यौनकर्मप्रति बढि लालायित हुन पुग्छ ।

    Advertisement

    जैबिक तथा मानसिक दुबै हिसाबले यौन मानिसको जिवनमा महत्त्वपूर्ण पनि हुन्छ । तर, लकडाउन र सेल्फ क्वारेन्टाइनको कारणले ब्यक्तीको यौन जिवनमा समेत प्रभाव परेको सजिलै अनुमान गर्नसकिन्छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले यौनजोडीमध्ये कुनै एक जनामा कोरोनाको संक्रमण रहेछ भने अर्को यौन जोडीलाई सर्ने जोखिम हुन्छ । यौन क्रियाकलापका दौरान गरिने स्पर्श, चुम्बन आदिले जोखिम झनै बढाउँछ । यद्यपि कोरोना यौन सम्बन्धबाट सर्ने रोग भने होइन । तसर्थ यौनज‍ोडीहरु, जो लामो समयदेखिसँगै बसिरहेका छन र दुवैमा कोरोनाका कुनै लक्षण र आशंका देखिएका छैनन् भने लकडाउनको समयमा पनि सुरक्षित रुपमा यौन सम्बन्ध राख्दा कुनै बाधा नपर्ने बिज्ञहरुले बताउदै आएकाछन । तर, यो समयमा अपरिचित र परपुरुष तथा परस्त्रीसगँको यौन सम्बन्ध भने असाध्यै जोखिमपूर्ण हुन्छ ।

    कोरोनाको संक्रमण सर्ने डरले अहिले यौनमा पनि वैकल्पिक उपाय अपनाउन थालिएको छ । वैकल्पिक साधनहरुको प्रयोग पनि बढेर गएकोछ । विश्वभरि नै अहिले यौन खेलौनाको माग तथा बिक्री बढेको तथ्यांक देखिन्छ । अनलाइन सेक्स टोय डिलर वुम्यानिजरका अनुसार, जनवरी यता सेक्स टोयको बिक्री तीव्र रूपमा बढेकोछ । क्यानडामा सेक्स टोयको बिक्रीमा १ सय ३५ प्रतिशतले वृद्धि भएकोछ । पश्चिमा मुलुकहरूमा मात्र होइन, चीनमा पनि सेक्स टोयको माग जनवरी र फेब्रुअरी महिनामा ७१ प्रतिशतले बढेको छ । इटालीमा पनि सेक्स टोयको मागमा ६० प्रतिशतले वृद्धि भएकोछ ।

    लकडाउन लागू भएपछि बिश्वमा नै ‘पोर्न साइट’ हेर्नेको संख्या समेत बढेर गएकोछ । ” पोर्न हब’को आँकडा अनुसार तीन हप्ताको लक डाउन अवधिमा भारतमा एडल्ट साइट्स खोल्नेहरको संख्या ९५ प्रतिशतले बढेको देखिन्छ । आँकडा अनुसार भारतमा मार्चको अन्तिमसम्ममा लकडाउन शुरु हुनुभन्दा पहिला पोर्न साइट २० प्रतिशतले मात्र हेर्ने गर्दथे । तर लकडाउनको तीन हप्तामा भारतमा त्यसको संख्या बढेर ९० प्रतिशत पुगेको छ । यसरी हेर्दा लकडाउनको समयमा धेरै पोर्न हेर्ने देशहरु मध्ये भारत पहिलो नम्बरमा पर्न आउछ। लकडाउनका कारण भारत, फ्रान्स, जर्मनी, इटाली, रुस, दक्षिण कोरिया, स्पेन, स्विट्जरल्याण्ड र अमेरिकामा पोर्न साइट हेर्नेको संख्या अत्याधिक बढेको पाईएकोछ ।

    नेपालमा पनि चाईल्डसेफनेटले लकडाउनका अवधिमा गरेको एक सर्वेक्षण अनुसार ४१ प्रतिशत भन्दा बढीले अश्लील साईट हेर्नेगरेको पाईएकोछ ।
    लकडाउन अवधिभर विभिन्न १ हजार २ सय जना ईन्टरनेट प्रयोगकर्तामा गरिएको उक्त अध्ययनले सो कुरा देखाएको हो । लकडाउनको समयमा बिश्वभरि नै अश्लील साईट हेर्नेको संख्या बढेसँगै पोर्नस्टारहरुको कमाइ र माग पनि बढेर गएकोछ । अरुबेला चर्चामा नआएका पोर्न फिल्महरु पनि लकडाउनको बेला चर्चामा आउँन थालेको द फ्रि स्कोचको अलिशनले जनाएकोछ ।
    लकडाउनको समयमा पनि सुरक्षाको उपाय अपनाउदै शारीरिक सम्बन्ध राखेका भिडियोहरु बिभिन्न पोन साईटहरुले अपलोड गरिरहेका छन ।लक‘मास्क’ र भाइरलबाट जोगिने गाउन, अर्थात् ‘सूट’ पहिरिएर यौन सम्पर्क गरिराखेका भिडिओ पोस्ट गरेका छन् । ‘डिसर्टेडडाउनको अबधिमा धेरै पोर्न साइटहरुले वुहान’, ‘टीएसए एजेन्ट डिटेन्स वुमन सस्पेक्टेड अफ कोरोना भाइरस’ जस्ता टाइटलका भिडिओ पोर्न साइटहरुले पोस्ट गरेको डेलीमेलले जनाएको छ ।
    साथै पिपीइ अर्थात् विशेष खालको सूट, फेस मास्क तथा हस्पिटल गाउन जस्ता पहिरनमा यौन सम्पर्क गरिराखेका भिडिओ ती साइटले उत्पादन गरेका छन । रोगको संक्रमण बढेका बेला राखिने यौन सम्बन्ध असुरक्षित हुन्छ। जसको कारण यौन सम्पर्कजन्य संक्रमणको डर बढछ। साथै अनिच्छित गर्भ रहन सक्छ। राष्ट्र सङ्घीय जनसङ्ख्या कोषले कोभिड-१९ को महामारी विश्वव्यापि फैलिदा धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा हुदा ७० लाख महिलामा अनिच्छित गर्भरहने जनाएकोछ।

    लकडाउनका कारण सिनेमा जाने, थिएटर जाने, रेष्टुरेन्ट तथा बार अनि पवहरू जाने बन्द भएपछि मनोरञ्जनको विकल्प सीमित भएकाछन । त्यसै कारणले पनि मन बहलाउन मानिसहरूको तन , मन यौन तर्फ गएको अनुमान गर्न सकिन्छ ।तर यौन जोडि यसमा तयार नहुदा यौन हिंसा समेत हुनपुग्छ ।
    यस्तै एउटा घटना घटेको छ। लकडाउनको बेला श्रीमानले अत्यधिक यौन सम्पर्क राख्न खोजे पछि आर्जित भएर लकडाउन खोल्न एक महिलाले राष्ट्रपति समक्ष अपिल गरेकी छन । यो घटना अफ्रिकी देश घानाको हो । आफ्ना श्रीमानको यौन व्यबहारका कारण तनाबमा भएकी उक्त महिलाले भिडियोनै बनाएर आफ्नो पीडा व्यक्त गरेकी हुन ।यौनको मामलामा श्रीमतिको ईच्छा नबुझीकन यौन कार्यमा संलग्न हुनु अहिलेको समयमा अझ बढि घातक साबित हुन सक्छ ।

    यौन क्रियाकलापमा यौनजोडीबीच समझदारी र सहकार्य हुनु जरुरीहुन्छ । तनावले यौनजोडीमा यौनक्षमता तथा चाहना कम भएको हुन सक्छ । असुरक्षित महशुस गरिरहेको हुन सक्छ । भविष्यलाई लिएर चिन्ता गरिरहेको हुनसक्छ । विपत्तिको यस्तो अवस्थामा यौनजोडीले एक–अर्काको ख्याल गर्नुपर्छ, भावनाको कदर गर्नुपर्छ । एक–अर्काको सहमति र इच्छाविपरीत यौनकार्य गर्नुहुँदैन । बिपतिले पुरुषलाई भन्दा महिलालाई बढि मानसिक असर पुर्याउछ । साथै लकडाउनले महिलाहरुमा घरयायसी कामको बोझ पनि बढाएको हुनसक्छ। जसको कारण महिलाहरुमा अझै बढि तनाब , निराशा पैदा भएको हुनसक्छ । यस्तो अबस्थामा महिलाको समस्यालाई बुझ्न नसक्दा यौन जोडीबिच असमझदारी तथा झैझगडा हुनपुग्छ । यौन दुर्ब्यबहार तथा यौन हिंसाका घटना समेत घटन सक्छन् । डर–त्रास र तनावलाई कम गर्न भन्दै रक्सी सेवन गर्दा व्यक्तिमा यौन उच्छृंखलता बढ्न सक्छ । नसा तथा लागू प्रदार्थको सेवनले यौन दुर्ब्यवहार तथा यौनहिंसा समेत बढाउछ ।

    नेपाल प्रहरीका अनुसार बन्दाबन्दीमा भएका यी तीन वटा करणी अपराधका घटना केही उदाहरण मात्र हुन् । बन्दाबन्दी सुरु भएको ३५ दिन अवधिमा करिब ५८ वटा करणीका अपराध भएका छन् । यस अवधिमा अप्राकृतिक मैथुन दुई, जबर्जस्ती करणी उद्योग १५ र बाल यौन दुराचारका १० घटना भएका छन् ।
    लकडाउनको समयमा विश्वभरि नै यौनहिंसा बढेर गएको तथ्यांकले देखाएकोछ । यी घटनाहरु बढनुमा लकडाउनका बेला यौनजीवनलाई संयमित बनाउन नजान्नु वा नसक्नु नै हो ।बिपतिको बेला यौन जोडीमा धैर्यता र समझदारी अाबस्यक हुन्छ । बिपतिले पारेको शारीरिक , मानसिक , सामाजिक तथा यौनको असरलाई ख्याल गर्दै परिबर्तित अबस्थामा एक अर्कोको मनोबिज्ञानलाई बुझ्दै व्यवहार गर्ने हो भने परिबारिक कलह तथा यौन हिंसालाई कम गर्न सकिन्छ ।

    लकडाउनभन्दा अगाडि कामको व्यस्तता र दौडधुपका कारण धेरैको यौनजीवन तहसनहस भएको पनि हुन सक्छ । त्यसो हो भने लकडाउनलाई अवसरका रुपमा लिनुपर्छ । शारीरिक सम्पर्कले शरीर मात्र एक बनाउने होइन, मनलाई समेत एक बनाउन सहयोगगर्छ । भावनात्मक रुपमा एक–अर्कालाई नजिक त्याउँछ र अझ बढी आफ्नोपनको महशुस गराउँछ। ब्यक्तिमा आत्मबल बढेर जान्छ साथै शरीरमा स्फूर्ति तथा जोस–जाँगर बढ्छ ।

    लेखक मनोविद् हुन्, उनी ‘मार्क नेपाल’ संस्थासँग सम्बद्ध छन् ।

    सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीमा एण्टिबायोटिक प्रयोगबारे छलफल, सचेतना फैलाउन जोड
    नौबहिनीमा स्वास्थ्य स्वयंसेविकालाई अभिमुखिकरण र सम्मान
    सुरक्षित गर्भपतनका लागि वीरगञ्जमा ‘युवा पहुँच परियोजना’ सक्रिय
    सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त
    नौबहिनीमा किटजन्य रोग नियन्त्रण र सरसफाइ कार्यक्रम सम्पन्न
    कोहलपुरमा समालोचना प्रशिक्षण र क्याफे कविता सम्पन्न

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ३.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ४.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ५.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ६.
      शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation