अमृता सुनार , सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पहिलो पटक खुट्टा द्घारा संचालित हात धुने मेसिन निर्माण भएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट जोगिनका लागि पटक पटक हात धुनु पर्ने भएकाले हात धुनका लागि सो मेसिन तयार पारिएको हो । सुनवल नगरपालिका ,लायन्स क्लब अफ सुनवल र लियो क्लब अफ सुनवलको सहयोगमा र सुनवल नगरपालिकाका युवाहरुको सकृयतामा छुट्टा छुट्टै दुई स्थानमा २ वटा खुट्टाद्घारा संचालित हात धुने मेसिन निमार्ण गरीएको हो ।उक्त मेसिन अहिले सुनवल चोकमा र सुनवल नगरपालिकाको क्वारेन्टाईनमा राखिएको छ । उक्त मेसिनबाट संक्रमण जोखिम नहुने बिश्वास लिइएको छ। मेसिनको प्रयोग गर्न अत्यन्तै सजिलो रहेको र यसको प्रयोग संरक्षण र निरन्तरतामा सबैले भुमिका खेल्नु पर्ने निमार्ण कर्ताले बताउनुभयो ।
Advertisement