• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

त्यसैले त अचेल गाउँ रमाएको छ ….


  •   बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित
  • मणि भुषाल, बुटवल ।गहभरिका अांशु पुछ्दै रमाउनु पछिको मजा नै बेग्लै हुन्छ। एक्लो भएपछि कसैको साथ पाउनुको मजा नै बेग्लै हुन्छ । हो, अाज त्यो गाउंले साथ पाएको छ ,त्यसैले त अाज गाउँ रमाएको छ ।अाफ्नो छाति माथि लात हानेर शहर पसेकाहरुले दिएको पीडा झेल्नपनि सहजै कसरी सक्थ्यो र बिचरा त्यो एक्लो गाउंले,अाफ्नो खुःसि लुटेपछि शहरसंग रिसाएको गाउँ अाज रमाएको छ। हो! बाबुअामा गुमाएको एक्लो सन्तान जस्तै एक्लो बनेको छ गाऊं छैनन । संगै लेकबेसिमा सुसेलि हाल्दै डुल्ने बटुवाहरु,छैनन भन्ज्याङ्गको चौतारिमा चुरोटको धुंवासंगै रमाउने दौंतरिहरु छैनन।भन्ज्याङ्गको चौतारि एक्लो छ अाज,रात भर निदाउन नसकेर अनिदो रातसंग गुनासो गर्दै यताउति हल्लिनुको बिकल्प छैन उ संग।

    Advertisement

    माथि लेकका कलिला मुनाहरुलाई चारैतिरबाट बिजाउने कांडाहरुले घेरिरहेका छन, तर छैनन ती कांडाहरु पन्छाईदिने पुराना अाफन्तहरु। अागनको छेउमा निकै पिडादायि बनेर सुतिरहेको तुलसिको बोटमा एक अंजुलि पानीले भिजाईदिने पल्लाघरे काइंला काका अाज शहरको तातो घाममा पसिनाले अाफ्नो शरीर भिजाइरहेका छन । तर अाज प्रकृतिले पनि गाउँ लत्याएर शहर पसेकाहरु लाई एकाएक गाउँ सम्म पुर्याईदिएको छ। त्यसैले त अाज गाउँ खुःसि छ। अाफ्नि अामाको छाति लत्तायाएर खुःसि किन्न शहर पसेकाहरुको खुःसि भन्दा अाफ्नो जन्मभुमि को खुःसि ठूलो हो भनेर सिकाएको छ अाज प्रकृतिले।त्यसैले त अाज गाउँ रमाइरहेको छ। पहिरोले भिरालो बनाएको पखेराका बारिहरुमा चिप्लिएर निदाइरहेका कोदालिहरु अाज खुःसिले उफ्रिरहेका छन,जस्तापाताको टोपी र काठको दौरा सुरवालले सजिएका घरहरु अाज रमाइरहेका छन। त्यसैले त अाज गाउँ रमाइरहेको छ। घरछेउको डिलमा निदाइरहेको रातो गुलावको फुल अाज खुःसिले नाचिरहेको छ,बर्षौंसम्म सुख्खा शरीर लिएर उदास बनिरहेको अागन सबेरै उठेर चिटिक्क बनेर सजिएको छ।त्यसैले त अाज गाउँ रमाइरहेको छ।अामाको पाठेघरमा पानी कम भएर बच्चा जन्मिन गाह्रो भएजस्तै पिडाले छट्पटिएको टारिखेत अाज पानिले भरिएर हांसिरहेको छ। धन भएर पनि मन नभएको शहरमा दुख पर्दा गाउँ नै चाहिने रैछ भनेर बुझाएको छ अाज त्यो गाउंले। मानवता हरायको शहरमा पैसा सकिएपछि त पानी पनि पिउन नपाईने रहेछ भनेर बुझाएको छ त्यो ढुङ्गेधाराले । गाउंको चिसो हावाले अगय बनेर शहर पसेका बिद्धानहरुलाइ शहरको तातो हावाले तिमिलाइ चिन्दैन भनेर बुझाएको छ। त्यसैले त अाज गाउँ रमाएको छ। बाबुको कोट फाटेपछि देशको राजनितिलाइ माझी अौंलाले बिदाई गर्दै छोरो मुग्लान पस्यो ,उता उस्का हातमा ठेलाहरु उठ्न शुरु गर्दै गर्दा बुहारिले झोला कसिन अनि शहर पस्ने शुर गरिन। बृद्ध बाबुअामा टुलुटुलु हेर्नुको बिकल्प भेटेनन, साहुसंग ॠण गरेर प्रदेश पठाएको छोरो, उस्ले रिन तिर्ने मौका नै कहाँ पायो र बिडम्बना,रेमिटान्सले शहरबाट गाउँ पुग्नै दिएन उसका पसिनाका कमाईहरु। उस्का पसिनाका कमाइहरु बुहारिले शहरका पसिनाहरुमा चुर्लुम्मै डुबाइदिन। शहरको खुःसिमा रमाएकि बुहारिलाइ गाउँ सम्झने फुर्सद नै कहाँ थियो र । प्रदेशि श्रिमानलाई दुखेसो सुनाउन ब्यस्त उनिलाइ डुब्न लागेका घामजस्ता बृद्ध बाबुअामा सम्झने फुर्सद नै कहाँ थियो र,बर्गर र पिज्जामा रमाइरहेकि उनीलाइ गैह्रि खेतको मन्सुलि चामल र माली गाईको दूध सम्झने फुर्सद नै कहाँ थ्यो र,उनी त शहरिया भैसकेकि थिईन। हो ! अाज त्यिनै छोरा बुहारि जसरि गोठको माली गाइले पनि गाऊं छाडेको छ,घाम अस्तायसंगै अाफनो शरीर सुमसुम्याइदिने बुढा बा को सानो नाति अामा संगै शहर पसेर कुकुर डुलाउन थालेपछि माली गाइले गाउँ छाडेको हो। बुढा बा ले अाफ्ना सन्तानको बाटो हेरे जसरि दाम्लोले माली गाईको बाटो हेरिरहेको छ, बिडम्बना मालिगाईले दाम्लो बिर्सिसकेछ।अाज ती बुढा बा खुःसि छन बुहारि अाज गाउँ फर्केकि छन।त्यसैले त अाज गाउँ रमाइरहेको छ।गाऊंलाई लत्याएर शहरको खुःसिमा कालो चस्मा टल्काएर हिंड्नेहरु अाज एकथान माक्सले मुख छोपेर गाऊं फर्केका छन।

    त्यसैले त अाज गाउँ रमाईरहेको छ।डांडाका चौतारिहरुले हंसिलो मुहारमा दन्ते लहर देखाएर स्वागत गरिरहेका छन,धन्सारले रित्तो भकारि भर्न पाएको छ,गैह्रि खेतले हिलाम्य भएर रंगिन पाएको छ,अनि एउटा मुर्दाले घाटसम्म जान मलामि पाएको छ।त्यसैले त अाज गाउँ रमाईरहेको छ।

    बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation