• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

लोकप्रिय समाचार

  • १. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • २. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • ३. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ४. अस्पताल बने, सेवा सुरु भएन

  • ५. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ६. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ७. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ८. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ९. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • १०. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

ने बि संघको नयाँ नेतृत्वको चुनौती र ज़िम्मेवारी


  •   बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
  • ऋषिकेश जंग शाह। प्रथम जननिर्वाचित बि पि कोईरालाको सरकारलाई राजा महेन्द्रले २०१७ साल पौष १ गते शाहीसेनाको बलमा अपदस्थ गरे ! बिपि कोईराला गणेशमान सिंह कृष्णप्रसाद भट्टराई लगाएत अधिकांश  ठुलानेता जेल परे बाँकी भारतीय भूमिमा निर्वासित हुनु पर्यो ! राजाद्वारा अपहरित प्रजातंत्रलाई पुनस्थापना गर्न नेपाली कांग्रेसले फेरी सशस्त्र क्रान्ति समेत गर्यो तर पार लागेन देशभित्र नेपालीकांग्रेसका छिटपुट बाहेक सबै गतिविधि बन्द भए ! जेल र प्रबासबाट विभिन्न संघर्ष जारी नै रहे यही क्रममा देशभित्र रहेर कांग्रेसमानयाँ पुस्तालाई आबद्ध गर्ने र देशभित्रै बसेर प्रजातंत्रको लागी लड़ाई गर्ने उद्घोष गरेका थीए कृष्णप्रसाद भट्टराईले ! उहाँकै हातबाट२०२७ बैशाख ६ गते काठमाण्डूमा नेपाल बिध्यार्थी संघको स्थापना भयो ! ने बि संघको संस्थापक अध्यक्षको रूपमा बिपिनकोईराला त्यसपछि क्रमशः शेरबहादुर देऊवा,बिमलेन्द्र निधी,ज्ञानेंद्र बहादुर कार्की,बलबहादूर केसी ,बालकृष्ण खाँड़,एन पिसावद,धनराज गुरुंग, ग़ोबिन्द भट्टराई ,बिश्वप्रकाश शर्मा,किशोर सिंह राठोर,गुरु घिमिरे,केशब सिंह,महेन्द्र शर्मा ,प्रदीपपौडेल,कल्याण गुरुंग,रंजित कर्ण,नैनसिंह महर लगाएत १८ जनाले ने बि संघको नेतृत्व गरी सकनु भएको छ र १९औ अध्यक्षको रुपमासंगठनको नेतृत्व गर्ने भाग्यमानी ब्यक्तिको रुपमा राजीब ढ़ूँगानाले सौभाग्य पाउनु भएको छ ! ने बि संघमा क्याम्पस,जिल्ला,अंचलको , बिश्वबिध्यालय र बिकाश क्षेत्रको  नेतृत्व गर्दै केन्द्रीय समितिमा १५ बर्ष समेत करिब २७/२८बर्ष  ने बि संघमा योगदानगर्ने अवसर प्राप्त गरेको यो पंतिकार हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दै सक्दो सहयोग गर्ने बचन बद्धता समेत प्रकट गर्द्छ ! ने बि संघले नेपालको प्रजातांत्रिक आन्दोलनको इतिहासमा धेरै ठुलो योगदान गरेको छ ! नेपालको लोकतांत्रिक आन्दोलनकोइतिहास र नेपालको बिध्यार्थी आन्दोलनको इतिहासबाट ने बि संघको  भूमिका हटाई दिने हो भने त्यो इतिहास नै अधुरो हूंछ ! नेपालको शैक्षिक , राजनीतिक , सामाजिक ,आर्थिक लगाएतका क्षेत्रको परिवर्तन र समृद्धिमा पनि ने बि संघले अहम भूमिका निर्बाहगरेर आफनो स्वर्णिम इतिहास निर्माण गरेको छ तर त्यो गौरवशाली इतिहास निर्माण गरेको ने बि संघ अहिले छिन्नभिन्न अबस्थामारहेको छ ! गुटबन्दीका कारण राष्ट्रका जल्दाबल्दा मुद्धा र रास्ट्रीयताका मुद्धामा समेत सिंगो स्वरूपमा उभिन नसकेको तितो यथार्थपनि यसले अनुभव गर्नु पर्यो ! ने बि संघको स्थापना नै लोकतन्त्र स्थापनार्थ भएको थियो तर दुईतिहाईको कम्यूनिस्ट सरकार स्थापनाभएर क्रमशः मुलूकको लोकतान्त्रिक प्रणाली र मौलिक अधिकारहरू माथी प्रहार हूँदा समेत अधिकांश जिल्ला, क्याम्पस , बिश्वबिध्यालय समितिहरू या त बिबादमा या त निष्क्रिय या खाली छन ! राजधानिका अधिकांश ठुला र महत्वपूर्ण क्याम्पसहरूमाइकाई समिति छैनन ! ने बि संघको केन्द्रीय समिति नरहेको १ बर्षमा ने बि संघको अत्यन्त कम्जोर र विकृत स्वरूप प्रदर्शन भयो अबयो दोहरिन हुदैन ! संगठन भित्र मूल्याँकनको परिपाटी ब्यबस्थित नहूदा गुट बिना ब्यक्तित्व बिकाशको संभावना नै छैन ! गुट र नेताकोफेरको दलदलमा भासिदा , छलफल , बिचार विमर्श , बिध्यार्थी र जनताका मुद्धाहरू बिचको प्रतिस्पर्धा सुन्य भएर वैचारिक धारअत्यन्त जीर्ण बनेको छ ! फलस्वरूप बिध्यार्थी नेता तथा कार्यकर्ता मैदान छाडेर नेताको दैलोलाई कर्मभूमि बनाउन बिबश छन!जसका कारण अधिनायकबादी कम्युनिस्ट सरकारको भ्रस्ट र अधिनायकबादि गतिविधिका बिरुद्ध मैदानमा उत्रीन सकेन र समाजकोनजरमा ने बि संघको क्रान्तिकारितामा खिया लागेको देखियो ! आफनै मात्री पार्टीको सभापती मात्र हैन पटक पटक देशकोप्रधानमन्त्री बन्ने ब्यक्ति जन्माऊन सफल ने बि संघले पछिल्लो अबस्थामा देशका शैक्षिक ,सामाजिक ,राजनीतिक र आर्थिकमुद्धाहरूमा आफनो जूझारू उपस्थिति देखाउन सकेको छैन ! नेतृत्व प्रदर्शन गर्न सकेको छैन ! यी सबै अबस्थालाई मनन गरेर आफुभित्रको अब्यबस्था र कम्जोरीलाई सुधारेर अघि बढ़ने कुरा नै बर्तमान  नेतृत्वको चुनौती हो ! यो चुनौतीलाई पार गर्दै एउटा निश्चितलक्ष तय गरेर परिणाम हात पार्नु नै बर्तमान नेतृत्वको ज़िम्मेवारी पनि हो ! नेपाली कांग्रेसले आफनो सांगठनिक जिबनमा गरेकाकतिपय निर्णयहरू कार्यान्वयनका लागी हुन की उल्लंघनका निम्ति ? भन्ने पनि प्रश्न उठने गरेका छन जस्तो छ महीना भित्र तरुणदल,दलित संघ , किसान संघ र सैनिक संघलाई छ महीनाको समय दीएर महाधिबेसन गर्न भनेको छ ! ने बि संघलाई पनि छ महीनाभित्र महाधिबेसन गर्ने जिम्मेवारी तोकीएको छ तर यो निर्णय गर्ने पार्टीको केन्द्रीय समिति, ति भात्री सस्थाका केन्द्रीय समिति र आमकांग्रेसजन सबैलाई थाह छ की यिनीहरू कसैले पनि छ महीनामा महाधिबेसन गर्न सक्ने छैनन!यो अबस्थामा पार्टीले यि सबै भात्रीसंस्थाहरूलाई निश्चित कार्यभार सुम्पीएर परिणाम प्राप्त हुने गरी कार्यक्षेत्रमा पठाउनु पर्छ र ति भात्री संस्थाहरूले पनि आफनोजिम्मेवारी पूरा गर्न कार्ययोजना बनाएर अघि बढनू पर्छ !  यो आलेखमा भने नयाँ नेतृत्व प्राप्त गरेको ने बि संघले आफ्ना कार्ययोजना के कस्ता बनाउने र त्यसबाट देश समाज र मात्री पार्टीलाईके कस्तो परिणाम दिने भन्ने बारे चर्चा गरीने छ !
    कार्य समितिको विस्तार : 
    इतिहासमा पहिलो पटक ने बि संघले ९ जना महामन्त्री प्राप्त गरेको छ ! ९ महामन्त्री कुन विधान अन्तर्गत ल्याएको र यिनीहरूले केकस्तो काम गर्ने भन्ने स्पष्ट छैन ! बिधान भन्दा बाहिरबाट राजनीतिक निर्णय गरी सके पछि ब्यक्तिहरूका ब्यक्तिहरू ब्यबस्थापनमात्र प्रमुख बिषय भएर आएको छ ! यही बिषयलाई प्रमुख मानेर जाने हो भने पनि ३२ बर्ष माथीको उमेर समूहको यो अन्तिम अवसरहो त्यसैले संगठनमा लामो समय योगदान गरेका बढ़ी भन्दा बढ़ी बिध्यार्थी नेताहरूलाई ब्यबस्थापन गर्ने कुरालाई ध्यान दिनु पर्छ ! क्षेत्र भेग र समावेशीलाई समेत ध्यानमा राखेर त्यही अनुसारको पदाधिकारीहरू नियुक्त गरिनु न्यायोचित हूंछ ! प्रमुख प्रतिपक्षीअखिलले ३३५ जनाको केन्द्रीय समिति बनाएको छ ! त्यही अनुसार २५१ देखी ३०१ सम्मको कार्य समिति बनाई परिणाम प्राप्त हुनेगरी कार्य क्षेत्र तोकेर ज़िम्मेवारी दिनु औचित्यपूर्ण हुनेछ ! अर्को कुरा ३२ बर्ष भन्दा माथीको समूह महाधिबेसनमा भाग लीन नपाउनेभईसके पछि बर्तमान कार्य समितिमा बसेका ३२ मुनिका साथीहरूलाई निर्बाचनमा उमेदवार बन्न नपाउने निर्णय न्यायोचित छैन यसलाई हटाउनु पर्छ !
    संगठन निर्माणलाई प्राथमिकता : 
    नेपाली कांग्रेसले सात दशक भन्दा लामो लोकतान्त्रिक संघर्षको यात्रा तय गर्दा दुईतिहाईको कम्युनिस्ट सरकार निर्माण हुनुकांग्रेसको सबै भन्दा ठुलो चुनौती हो ! आगामी निर्बाचन पनि कांग्रेसले हार्ने अबस्था आयो भने त्यो कांग्रेसको लागी मात्र होईन समग्रलोकतान्त्रिक प्रणालीको लागी समेत अपूरणीय क्षेती हुन सक्छ त्यसैले ने बि संघले संगठन निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ! हिजोको निर्बाचनमा कांग्रेसको १५ लाख मत कम थियो आगामी निर्बाचनमा २५ लाख नयाँ मतदाता थपिनेवाला छन ! योहिसाबले आगामी निर्बाचन मार्फत कांग्रेसको सरकार बनाउन २५ लाख मत आवश्यक छ ! नयाँ मतदाता निर्माणको प्रमुख दायित्व नेबि संघको हो त्यसैले त्यो मध्य १० लाख मतदाता तयार गर्ने जिम्मेवारी ने बि संघले लिनु पर्छ ! त्यही अनुसार संगठन निर्माण ने बिसंघको पहिलो प्राथमिकता हो !
    स्वबियू निर्बाचन : 
    ने बि संघका अग्रजहरूको बलिदानपूर्ण संघर्षबाट स्थापना भएको संस्था हो स्वबियू त्यसैले यसको अस्तित्व रक्षाको ज़िम्मेवारी ने बिसंघको हो ! मूलकलाई आबस्यक सबैक्षेत्रको भाबी नेतृत्व बिकाशको जग हो स्वबियू त्यसैले यो महत्वपूर्ण संस्थामा देश व्यापीपरिणाम आफनो पक्षमा पार्ने गरी बर्तमान नेतृत्व अगाडि बढनू पर्छ ! देशभरका क्याम्पस तथा बिश्वबिध्यालयहरूमा आफनोसंगठनलाई अपडेट गर्नु बर्तमान नेतृत्वको दोस्रो महत्वपूर्ण चुनौती हो ! त्यसैले स्वबियू निर्बाचन तयारीलाई पूर्ण एकता रपारदर्शीताका साथ सामूहिक रूपले सामना गर्ने रणनीति बनाउनु पर्छ र यो निर्वाचनको तयारीको लागी पार्टीले तत्काल एउटा संयन्त्रनिर्माण गर्नु पर्छ !
    स्थानीय / संघ / प्रदेश निर्बाचनको तयारी  : 

    अबको २ बर्षमा स्थानीय निर्बाचन र ३ बर्ष पछि संघ / प्रदेश निर्बाचन आऊदै छ उक्त निर्बाचन कांग्रेसको लागी जिबनमरणको सवालबोकेको निर्बाचन हो ! त्यसैले ने बि संघको कार्य समिति ठुलो बनाई प्रदेश निर्बाचन क्षेत्रको प्रमुखको रूपमा ने बि संघको केन्द्रीयसदस्यलाई कार्यक्षेत्रमा जिम्मेवारी दीएर पठाउनु पर्छ ! र प्रगति बिबरण बुझाउने गरी मात्र बैठकमा आमन्त्रित गरिनु पर्छकाठमाण्डूकाठमाण्डू केन्द्रित राजनीतिले पार्टी र संगठनलाई जनता संग जोड़न सक्दैन ! आफनो क्षेत्र भित्र ने बि संघको संगठननिर्माण र परिचालन उसको जिम्मेवारी हुनु पर्छ !

    Advertisement

    संगठन भित्र मूल्यांकन पद्धतिको बिकाश : 

    कुनै पनि संगठनले आफनो निर्दिष्ट लक्ष प्राप्त गर्नको लागी संगठन भित्र मूल्यांकन पद्धतिको बिकाश गर्नु पर्छ ! जसरी लड़ाईकोमैदानमा बहादुरी देखाउने सैनिकहरूलाई विभिन्न तक्माहरूले विभूषित गरिंछ त्यसरी नै संगठन भित्र उत्कृष्ट काम गर्नेहरूलाईमूल्यांकन गर्ने,पुरस्कृत गर्ने र नेतृत्वमा स्थापित गर्ने प्रचलन शुरू गर्नु पर्छ ! त्यसको लागी कांग्रेसका दिवंगत नेताहरूको नाममाविभिन्न पुरस्कारहरू स्थापना गर्ने र ने बि संघको हरेक स्थापना दिवश बैशाख ६ गते वितरण गरेर उत्साहित बनाउनु पर्छ अनि मात्रसंगठनका हरेक मानिस काम प्रति समर्पित हूँछन र संगठन बलियो हूंछ !
    शैक्षिक सामाजिक आर्थिक मुद्दाहरू : 

    कुनै पनि संगठनले समाजमा आकार ग्रहण गरी ओजन प्राप्त गर्न देश समाज र जनताका मुद्धमा केन्द्रीत हुनु पर्छ ! अनि मात्र त्योसंगठनले जनताको बिश्वाश बिश्वाशप्राप्त गर्न सक्छ ! जनताको बिश्वाशको आधारमा नैहरेक संगठनले समाजमा आफनो प्रभाव रओजन प्राप्त गर्ने हो त्यसैले ने बि संघले निम्नानुसारका मुद्धाहरूमा आफुलाइ केन्द्रित गर्नु पर्छ !

    क ) संस्कृत भाषा , आयुर्बेद शिक्षा र पर्यटन :
    संसारको हरेक बिषयबस्तुको बृहत् ज्ञानको बिशाल भण्डार संस्कृत भाषा हो ! हामी नेपाली पूर्वीय दर्शनका अनुयायी हौ ! संस्कृतहाम्रो मौलिक सम्पदा हो ! संस्कृत भाषा र हिन्दू धर्म संस्कृति भित्र मात्र नेपालको पहिचान छ ! यही पहिचान भित्र हाम्रो समृद्धिलुकेको छ ! अहिले आधुनिक बिज्ञानले आविष्कारहरू गरेको छ त्यसको उदगम बिन्दु संस्कृत भाषा हो ! चाहे त्यो यटम बमको कुराहोस या क्यांसर बिरुद्धको रोकथाम ! संस्कृत भाषाको त्यही महत्वलाई स्वीकार गरेर अहिले नासाले ठुलो धनराशी खर्चा गरेरसंस्कृत भाषाको अनुसन्धान गरी रहेको छ ! अमेरिका , क्यानड़ा , जर्मन जस्ता विकसित राष्ट्रहरूले संस्कृत बिश्वबिध्यालय स्थापनागरेका छन ! आज हामीलाई अंग्रेज़ीले निल्न थाली सक्यो संस्कृत भाषालाई हामिले महत्व दीएको भए आज जून ज्ञान बिज्ञानकालागी अंग्रेजी भाषालाई बिश्वाश गर्ने गरेका छौ त्यो नेपालीमा प्रकाशित गर्ने र अंग्रेजीमा अनुवाद गर्ने दिन आउथ्यो ! त्यसैले हामिलेसंस्कृत भाषाको पुनरुत्थान गर्नु पर्छ ! १० कक्षा सम्म संस्कृत भाषालाई अनिवार्य गराउने आन्दोलन चलाउनु पर्छ ईसाईहरूकोसौजन्यमा नेपालमा कम्युनिस्टहरूले संस्कृत भाषा र हिन्दू संस्कृति माथी प्रहार गरेका हुन बुझौ ! संस्कृत भाषा भित्र समेटीएकोनेपालको महत्व र पहिचानलाई उत्खनन गरौ ! संस्कृत भाषा भित्रको आयुर्बेद शिक्षा आधुनिक स्वास्थ्य बिज्ञानको जननी हो भनेआयुर्बेद हाम्रो मौलिक धरोहर हो ! हाम्रो बेद र धर्मग्रन्थहरूले हजारौ बर्ष पहिले पहिचान गरेका कुराहरू आधुनिक बिज्ञानले भरखरचीनी रहेको छ ! उदाहरणको लागी “ गाँजा “ लाई लीउ ! अथर्व बेदले हजारौ बर्ष पहिले गाँजाको औषधीय गुणलाई चीनेर संसारकाबहुमूल्य बनस्पतिको रूपमा पहिचान गरेको छ जून कुरालाई ठुलो अनुसन्धान पछि सं २०१७ मा मात्र बिश्व स्वास्थ्य संगठन WHO ले स्वीकार गरेको छ ! यस्ता धेरै कुराहरू छन त्यसैले संस्कृत भाषा आयुर्बेद शिक्षालाई बिस्तार गरेर अर्थ पर्यटन संग जोड़नेबिषयलाई ने बि संघले आफनो प्रमुख शैक्षिक मुद्धा बनाउनु पर्छ !
    मौलिक संस्कृतिको संरक्षण : 

    आफनो मौलिक संस्कृति हरेक समुदायको आफनो अस्तित्व र पहिचान हो ! अहिले अंग्रेजी भाषा संस्कृतिले हाम्रो मौलिकसंस्कृतिलाई निल्न थाली सक्यो ! मनन गरौ अंग्रेजीका शिशु कक्षा देखी अंग्रेजीले हामी माथी कसरी अतिक्रमण गरी रहेको छ !हामिले हाम्रो समृद्धिलाई हाम्रो सभ्यता संस्कृति र सास्कृतिक सम्पदाहरूमा खोज्नु पर्छ ! त्यसैले यसको जगेर्ना हाम्रो प्राथमिकतामाहुनु पर्छ !

    आविष्कारको क्षेत्रलाई प्राथमिकता : 
    जिबनलाई सहज रूपले चलाउन आवश्यक प्रबिधी हरेक युगमा बिकाश हुदै आइरहेको छ ! कुनै समय बिकाश भएका हाम्रा मौलिकज्ञान र सिपबाट बिकाश भएका प्रबिधी अहिले समाप्त भई सकेका छन र केहि समाप्त हुने चरणमा छन उदाहरणको लागी ढिकीजातो,पानी घट्ट , कोल , हिमाल देखी पहाड़ तराई सबै तिर लूगा बनाउने आफनो मौलिक प्रबिधी पनि थीए हरेक समुदायमा ! अहिलेत्यसलाई समयानुकूल बिकाश गर्न सकेको भए हामीले बेच्न पाउने थियौ तर आज आफनोलाई समाप्त पारेर अर्काको प्रबिधी किनीरहेका छौ ! गेहेंद्र शम्शेर कालीन आविष्कारलाई नै नेपालले निरन्तरता दिन सकेको भए आज हामी धेरै अगाडि हुने थियौ ! त्यसैलेदेशमा अनुसन्धान तथा आविष्कारको क्षेत्रलाई उर्भर बनाउने मुद्धालाई ने बि संघले प्राथमिकतामा राख्नू पर्छ !
    स्थानीय आबस्यकता अनुसारको शिक्षामा जोड़ :
    अहिलेको युग व्यापारको युग हो ! जसले बढ़ी पैसा आर्जनको माध्यम बिकाश गर्न सक्छ उसैको अस्तित्व र प्रभाव बलियो हुने हो ! त्यसैले हाम्रो बढ़ी भन्दा बढ़ी उत्पादनलाई बिश्व बजारमा बेच्न योग्य बनाउनु पर्छ ! जलश्रोत , पर्यटन,आयुर्बेद, बन तथा बनस्पति संगसम्बन्धित शिक्षाको बिकाश गर्न आवश्यक छ ! नेपालमा औषधीय गुण भएका करिब १७०० प्रकारका बनस्पति रहेको बिज्ञहरूकोभनाई छ त्यसलाई ब्याबसायिक रूपले उत्पादन प्रसोधन गर्ने परिवेश तयार गर्नु पर्छ ! उदाहरणको लागी : गाँजा ५० हजार प्रकारकोप्रयोगमा आउन सक्छ भन्ने छ ! नेपालको गाँजा बिश्व बजारमा उच्चस्तरीय मानिंछ ! गाँजाको १ लिटर उच्चस्तरीय प्रसोधित तेलकोमूल्य जापानमा १ करोड रुपैयामा बिक्री हूंछ ! त्यसै गरी टिम्मूरको सोही प्रकारको तेल १ लिटरको ४५००० डलरमा बिक्री भई रहेकोछ कुरा बुझौ ! कस्तूरीले आफनो सुगन्ध खोज्न भड़कीए जस्तो हाम्रो अवस्थालाई परिवर्तन गरौ !

    बुधबार, फागुन १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

    लोकप्रिय

    • १.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • २.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • ३.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ४.
      अस्पताल बने, सेवा सुरु भएन

    • ५.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ६.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    भर्खरै

    • १.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ३.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ४.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ६.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ७.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ८.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation