काठमाडौँ । भर्खरै प्रकाशित नतिजामा भारतको सम्पूर्णानन्द विश्व विद्यालय टप गरेका दाङका अमृत पन्थीले भारतका कुलपति र शिक्षामन्त्रीले राष्ट्रिय स्वर्ण पदकले सम्मान गरिरहेका बेला एक्कासि नेपालको मिचिएको भूमि सम्झेको बताएका छन । सम्पूर्णानन्द विश्वविद्यालयका करिब एकहजार पाँचसय आङ्गिक क्याम्पसबाटै सर्वोत्कृष्ट भएका पन्थीले भारतमा अध्ययन गरेर नेपालको नाम राख्न सकेकोमा गर्व महसुस भएको बताएका छन ।‘मैले भारतमा पढेर उत्कृष्ट नतिजा ल्याएपछि त्यहाँ नेपालको चर्चा भएको छ । विश्वविद्यालयका कुलपतिले पनि नेपालकै प्रशंसा गर्नुभयो’ उनले भने ‘यसले मलाई थप हौसला प्राप्त भएको छ । अब मैले आचार्यमा पनि सर्वप्रथम हुने लक्ष्य बनाएको छु’गुल्मीको मदाने गाउँपालिकाको भनभने भन्ने ठाउँमा जन्मेका अमृत पन्थीको घरको आर्थिक अवस्था सामान्य हो । कक्षा ६ सम्म गुल्मीमै पढेका उनको परिवार पछि दाङ झरेको हो । घोराही १८ मसिना बस्दै आएका उनी दाङको घोराही स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढेका थिए । १० पास गरेपछि उनले नेपाल संस्कृत विश्व विद्यालय अन्तर्गत जनता संस्कृत माविमा ‘प्लस टु’ पढे । उनले प्लस टु (मध्यमा) मा ज्योतिष पढे ।
जतिबेला उनले जनता क्याम्पस उत्तरमध्यमा द्वितीय वर्षमा पनि क्याम्पस टपेका थिए । त्यसपछि उनले फलित ज्योतिषबाट उच्च शिक्षा गर्ने योजना बनाएको बताउँछन । ‘कक्षा १० सम्म त जसोतसो पढियो, मैले आफ्नो पढाई खर्च आफै जुटाउन ट्युसन पढाउने निधो गरेसँगै कहिल्यै जुम्ला, कहिल्यै जाजरकोट त कहिल्यै सुर्खेत सम्म पनि पुगेँ ।’ उनी बताउँछन ‘यति मात्रै होइन्, मैले श्रीमदभागवत् र पुराणमा पनि जाने र त्यहाँबाट भएको आम्दानीले पढाई खर्च जुटाएर यो स्थानमा आएँ ।’ आचार्यमा पनि ‘टप’ हुने लक्ष्य छ अहिले उनले भारतको सोही विश्वविद्यालयमा आचार्य (डिग्री) पढिरहेका छन् ।