कास्की । नेपाली फुटवल खेलाडी सावित्रा भण्डारी नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन् । १३ औं साग अन्तरगत पोखरा रंगशालामा जारी खेलमा माल्दिभ्सविरुद्ध गोल गरेर उनले सर्वाधिक गोल गर्ने खेलाडी बनिन् । ।खेलको पहिलो हाफमै उनले दुई गोल गरेकी हुन् । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर समेत रहेकी उनले यसअघिकी कप्तान अनु लामाको गोलको कीर्तिमान तोडेकी हुन् । उनले नेपालका लागि गोल संख्या ३६ पुर्याएकी छिन् सावित्राले अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन् । दक्षिण एसियाकी गोल मेसिन मानिने सावित्राको गोलमा नै नेपालले माल्दिभ्सविरुद्ध अग्रता बनाएको थियो ।नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो भने माल्दिभ्सलाई भारतले ५–० ले पराजित गरेको थियो।
सावित्राले गरेका गोलहरु
१. साफ च्याम्पियनसिप, इस्लामावाद २०१४ : १ गोल
२. साग २०१६ : २ गोल
३. साफ च्याम्पियनसिप २०१६ : १२ गोल
४. ओलम्पिक छनोट पहिलो चरण २०१८ : १ गोल
५. हिरो गोल्डकप २०१९ : ४ गोल
६. साफ च्याम्पियनसिप २०१९ : ४ गोल
७. ओलम्पिक छनोट, दोस्राे चरण : २ गोल
८. नादेज्दा कप २०१९ : ७ गोल
९. मैत्रीपूर्ण खेल : २ गोल
१०. साग २०१९ : १ गोल (जारी)