स्मृती घर्ती मगर,प्युठान। प्युठानको झिमरुक गाउपालिका २ बाँदिकोटमा सम्पन्न खुला नकाउट पुरुष भलिबलको उपाधी झिमरुक त्रिवेणी युवा क्लब ठुलाबेशीले जितेको छ । आफ्नो प्रथम बार्षीक उत्सवको अवसरमा सनराइज युवा क्लब को आयोजनामा शनिबार भएको फाइनल खेलमा संतरंगी युवा क्लब पुर्कोटदह गुल्मीलाई पराजित गर्दै ठुलाबेसीले उपाधि उचालेको हो ।प्रतियोगितामा प्रथम भएको त्रिवेणी युवा क्लबले १३ हजार बराबरको खसी र प्रमाणपत्र पुरस्कार पायो । दोस्रो हुने संतरंगी युवा क्लबले आठ हजार रुपैयाँमा चित्त बुझायो ।त्यस्तै, प्रतियोगितामा तेस्रो हुने आयोजक उज्यालो युवा क्लब टिम ‘ए’ ले नगद ६ हजार हात पार्यो।खेलमा जम्मा १२ टिमले सहभागिता जनाएका थिए। समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बल बहादुर एमसीले युवाहरुलाई प्रोत्साहनका लागि वडाले खेलकुदमा सहयोग गर्ने बताए।आगामी बर्ष आफ्नो वार्डबाट बजेट बिनियोजन गरि खेल मैदान ब्यबस्थित गर्ने उनले आश्वासन दिए ।
कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले युवाहरु किताबको किरो मात्र नभई खेलकुदको हिरो हुन पनी आबश्यक रहेको बताए। कार्यक्रममा बोल्दै खेल संयोजक चित्र बहादुर थापाले युवाहरु कुलतमा लागेर आफुलाई बिगार्नु भन्दा खाली समय खेलमा खर्चिदा आफ्नो स्वास्थ्य र भबिश्य बन्ने भन्दै खेलमा जोड दिन आग्रह गरे। कार्यक्रममा इलाका प्रहरी कार्यलय मच्छीका प्रमुख डिल बहादुर बस्नेत, रेडियो स्वर्गद्धारीका स्टेसन म्यानेजर बिमल प्रसाद पोख्रेल, झिमरुक – १ का वार्ड सदस्य संखर पोख्रेल, बलभद्र मा. बि का प्रधानाद्यापक शेर बहादुर थापा, वार्ड सदस्य बाबुराम बि.क, स्थानिय ब्यापारी टोपलाल पोख्रेल, समाजसेबी नोज बहादुर थापा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन दिपक के.सी ले गरेका थिए।
ठुलाबेशीले जित्यो भलिबलको उपाधी
ठुलाबेशीले जित्यो भलिबलको उपाधी
Advertisement
तपाईको प्रतिक्रिया