• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

लिपुले लिपेको मन


  •   मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
  • मार्क्स जंग । आफ्नै तरिकाले जीवन जीउँदै थिए । सदाझै बिहान उठेर नित्यकर्म गर्नु अघि यी दुई नयनले मोबाइलको स्क्रिन नहेरी दिनको सुरुवात नै हुँदैन अझ भनुभने सामाजिक संजाल फेसबूक र टुइटर नहेरी यो ज्यानले अरु कर्म गर्न नै सक्दैन अचेल । त्यही फेसबुकमा अपलोड भएका न्युज फिड तलमाथि गर्दै सार्दै थिए । शान्त तलाउ जस्तो यो मनमा एक्कासि बज्रपात हुनपुग्यो, हुन त कहिलेकाहीँ आउने हावाका झोक्काले तरेली लाग्दै खल्बलि गराउथ्यो । बज्रपातको शुत्रधार अरु कोहि या केही थिएन । छिमेकीले जारी गरेको नयाँ नक्शा, नक्सामा भन्दा पनि उस्ले जारी गरेको नया राजनीतिक नक्शामा हाम्रा अभिक्षुण भु-भाग लिम्पियाधुरा, कालापानी अनि लिपु लेक समावेश आफ्नो देशको भुमी अर्को देशले मिच्दा कस्को पो मन भयाबह नहोला, अझ त्यसमा पनि राजनैतिक नक्सा जारी गर्दा । मलाई पनि चसक्क पस्यो अनि लेख्न वाध्य तुलायो ।

    Advertisement

    लाग्छ, यी कलमका मसि राइफलबाट निस्किरहेका गोलिका छर्रा हुन् , अनि यो कलमले ती गोलीलाई आफ्नो निर्देशित दिशामा प्रहार गरिरहेको छ अनि यो कपिको पन्ना चाहि युद्ध मैदान हो, जहाँ आफ्नो भुमिमा दुश्मनलाई रोकिरहेको छ । आफ्नो देश जोगाउन हरप्रहर, हरक्षण, हरपल यी हतियारले प्रहार गरिरहेछन । एउटा लेखकलाई कलम उस्को हतियार हो तर यी कल्पना, कल्पना मात्र हुन् । राष्ट्रको सिपाही संग जे छ त्यो चलाउनु नै महान हो तर आवश्यकता बखत आफ्नो भुमी रक्षा गर्न रगत सिन्चित गर्न तयार रहनुपर्छ ।एउटा मित्र राष्ट्रले अर्को मित्र राष्ट्रको भुमी मिच्दा हामी चुपचाप सहेर बसिदिनुपर्ने अनि आफ्नो देशको भुमी अर्को बलियो राष्ट्रले मिच्दा सहेर पक्कै नबस्ला । विश्वमै शक्ति राष्ट्रको होडबाजीमा अघि बढिरहेको राज्यले आफ्ना छिमेकी राष्ट्रका भुमी मिच्दा उस्ले अन्तर्राष्ट्रिय फोरमहरुमा साथ पक्कै नपाउला नै । मनले यस्तै यस्तै सोच्छ, अनि अतिक्रमित भुमी कालापानी, लिमियाधुरा र लिपुलेक मात्र होइन । सुस्ता लगाएत २२ जिल्लामा पनि हाम्रा भुमी लुटिएकै छन् । आज आएर अर्को देशले आफ्नो लागि राजनैतिक नक्सा जारी गरेपछि मात्र किन ? अतिक्रमित भुमिको बहस राज्य ब्यापी बन्यो? अन्य अतिक्रमित भुमीको बारेमा पहिल्यै जगजाहेर नै थियो । मलाई पनि किन अहिले नै कलम चलाउन पर्ने ? यी कुराले स्वयंमलाई पनि हिनता बोध गराउछ ।भुमी राज्यकोलागि पहिलो शर्त हो भने भुमी जोगाउनु राष्ट्रको दायित्व हो । आफ्ना भुमि माथी छिमेकीले पटक-पटक छिनाउदा पनि किन प्रयाप्त कदम उठाएन होला? आफ्नो भुमी अतिक्रमणबाट जोगाउन छुट्टै सिमा सुरक्षा बल गठन गर्न किन ढिला गरेको होला? झिकिकटक नगर्नु, झिकिकटक गर्ने माथी जाइलाग्नु भन्ने कुरा सिक्दै आइरहेका छौ । तर परमाणु युगमा हामी उ संग लड्न सक्छौ ? अहँ यो मनले मान्दैन, पानीको घुट नपिइ हाम्रा पुर्खाले जोगाएको यो भुमी त्यसै छाड्दा, ती पुर्खाका आत्माले शान्ति पाउला? हरेक दिन विभिन्न राजनितिक दल, उस्का भातृ संगठन लगाएतले भारत विरोधी आन्दोलन छेडिरहेका छन् , मन पनि त्यो आन्दोलनमा सामेल हुन खोज्छ तर फेरि अर्को तर्कनाले रोक्छ सामेल हुन मादैन । मलाई मेरो देशको अतिक्रमित भुमी फिर्ता चाहिएको हो कुनै राज्यको विरोध होइन । छिमेक विरुद्ध सडकमा उभिएर फिर्ता आउने पनि होइन तर दूतावास घेराउ आन्दोलनमा सरिक भएर भारतीय राजदुतलाई सोध्न मन छ किन हाम्रा भुमी अतिक्रमण गरेको अनि लिपुक्षेत्रवाट आफ्ना सैनिक फिर्ता गर । अर्का थरी मानिसका हुल सामाजिक संजाल तताइरहेका छन् । सडक र सामाजिक संजालमा ब्याक अफ इन्डिया नभनेकै ले कतै राज्य प्रतिको बफादार सिपाही होइन भनेर बिल्ला भिराउने त होइनन् ? तर यो बेतुकको बिल्लाको प्रतिवाद गर्न सक्षम छु किनभने मलाई जुन सुकै मूल्य चुकाएर भए पनि मेरो अतिक्रमित भुमी फिर्ता गर्नु छ ।भारतियहरु भन्न थालेका कि नेपालीहरुमा भारत विरोधी सेन्टिमेट पैदा भएको छ, जसो गरे पनि भारत विरोधी कार्य भैरहन्छ, म त्यो अभिव्यक्ति मान्न बिल्कुलै तयार छैन, किनभने जुनदेशले छिमेकीको भुमिमा आँखा गाड्छ, अतिक्रमित देशको कुन सच्चा भक्त नागरिकले जयजयकार गर्छ ? यस्तै कुरा मनमा जन्मिन्छ, हुर्किन्छ फेरि मर्छ । विस्तारवादको नीति अगांल्दा बेलायतको कुन हविगत छ, उत सोभियत संघ झन्न उठ्ननसक्ने गरि इतिहास भयो । हाम्रो छिमेकीको पनि यहि इतिहास दोहोरिने त होइन ? भन्ने कुराले पिरोल्छ, किनभने छिमेकको लडाइँको बाछिटाले मेरो देशलाई पनि कहाँ शान्त राख्ला र ?कामको शिलशिलामा देश दौडाहा छु । यता राष्ट्र आफ्नो अस्तित्वको लडाइँ लडिरहेको छ तर मेरी उनी भने आफ्नो आतित्व लागि म सगँ लडिबुडी गर्दैछिन् । उनको पनि माया नभएको कहाँ हो र ! ता पनि आफ्नो माटोको लागि त्यो माया गुलावि रङ पनि फिक्का हुदोरहेछ। यो माटोको माया पनि, कस्तो कस्तो, बिज्ञानले पत्ता नलगाएका बस्तुका रहस्यमय क्रिया-प्रतिक्रिया जस्ता हुदारहेछन । नशा नशामा बगिजाने रगतका शिर्का संगै जादारहेछन । यस्तै यस्तै कुरा खेलाउदै बहकिन्छ, फेरि अतिक्रमित भुमिले झस्काउछ मन शान्त पार्न खोज्छु फिटिक्कै शान्त हुन्न । मेरालागि शान्त हुने नहुने कुराले उसले अतिक्रमित सजिलै छाड्नेवाला छैन तर पनि उस्लै छाड्नै पर्छ एक दिन ।

    जनगायक जीवन शर्माले सामन्तवाद विरुद्धमा गाएको `झरनाको चिसोपानी´ शिर्षकको गीतको एक लाइन`….. संसारमै छैन राज भन्छ तर पनि हामीलाई ल्याउन मन छ´ यी शब्दलाई परिमार्जन गरेर ` लिपु क्षेत्र´ उस्ले हाम्रो भन्छ, तर पनि हामीलाई फिर्ता ल्याउन मन छ ।

    लेखक : अनेरास्ववियु पद्मोदय इकाई कमिटी घोराही दाङका अध्यक्ष हुन ।

    मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation