मधुसुदन पोख्रेल, प्यूठान। प्यूठान नगरपालिका ८ का चालीस बर्षीया राम वहादुर एम सिले अहिले गाउँमा नै व्यावसायिक बाख्रापालन शुरु गरेका छन्। गाउँमै ‘दाजुभाई’ बाख्रापालन फार्म नै दर्ता गरेर उनले २०७२ देखि यो व्यवसाय शुरु गरेका हुन। उनले ब्याबसायिक बाख्रापालनबाट बार्षीक ३ लाख बढि आम्दानी गर्न सफल भएको बताए । रोजागारीका लागि उनी सोह्र बर्ष भारतमा बसे,राम्रो कमाई हुन नसकेपछि उनी त्यसमा रमाएनन् नेपाल फर्के।उनीसंग गाडी चलाउने सीप थियो। घर फर्किएपछि उनले स्वदेशमै गाडी चलाउन थाले । ७ वर्ष ड्राइभर पेसा गरे तर गाडीले पनि सन्तुष्ट्री दिएन।बाख्रापालन थालेदेखी राम बहादुरलाई फुर्सद छैन। बाख्राका पाठापाठी कस्ता भए, बिरामी भए कि? घाँस पानी पुगेन क? रेखदेखमै उनको दैनिकी बित्छ। अहिले उनको फार्ममा जमुना पारि , बाेयर,खरि जातका बाख्राबाख्री र त्यसका पाठापाठी गरि २६ वटा छन् । वाख्रा मात्र हैन उनले तरकारी खेती पनि गरेका छन । विभिन्न संचारमाद्यमबाट आएका सफलताका समाचारले कृषि पेसामा लाग्न प्रेरेणा जागेको उनले सुनाए ।वाख्रा पालन संघ प्यूठानका अध्यक्ष समेत रहेका राम बहादुरले मासिक २५ हजार आम्दानी गर्दै आएका छन् ।’खसि वोकाको माग धेरै छ’ उनले भने,’ तर मैले पुर्याउन सकेको छैन ।’ सामान्य आधारभुत शिक्षा हासिल गर्नु भएका राम वहादुरले छोराछोरीलाई पनि राम्रो शिक्षा दिनु भएको छ । आफ्नो मेहनतले उदाहरणिय कृषकको परिचय पाएका रामवहादुरले कतैवाट सहयोग नपाएको गुनासो गरे। मेहनत गर्ने युवाहरुका लागि सरकारले पनि लक्षीत उपयुक्त ठाउमा लगानि गरे युवाहरुलाई आत्म निर्भर हुन सक्ने उनको भनाई छ । राम बहादुरको अनुभव भन्छ’मेहनत गर्ने हो भने नहुने के छ र सवै गर्न सकिन्छ,जागर भए पुग्छ मेहनत गरे सफल अवश्य भईन्छ।’
भारतको नोकरी र ड्राईभिङ्ले भन्दा, बाख्रापालनले दियो खुसी
भारतको नोकरी र ड्राईभिङ्ले भन्दा, बाख्रापालनले दियो खुसी

Advertisement
तपाईको प्रतिक्रिया