विजय विश्वकर्मा। मेरा स्कुले दमाली हुन जितेन्द्र बुढामगर, अहिले अमेरिकामा छन । गुल्मी तम्घास घर भएको म र रुकुम टकसेराका जितेन्द्रको दोस्ती हुनुमा माओबादी आन्दोलनको भुमिका छ । २०५२ बाट सुरु भएको माओबादी जनयुद्धले सुरुवातमै सबैभन्दा प्रभाव रुकुम रोल्पामा पारेको थियो । जनयुद्ध समाज रुपान्तरण, राज्य रुपान्तरणको लागि गरिएको विद्रोह थियो । यो विद्रोहमा कोही स्वेच्छाले सहभागी भए । कोही जवरजस्ती रुपमा सहभागी भए ।आप्mना मुटुका टुक्रा छोराछोरीहरुलाई माओबादीहरुले जर्वजस्ती विद्रोहमा लैजान्छन कि भन्ने डरले पनि होला आमाबुवाले रुकुमका जितेन्द्र लगायतका साथीहरुलाई अध्ययनको लागी गुल्मी पठाएका थिए । रुकुमका ५÷७ जनाको टोली नै थियो । रुकुमे साथीहरुसँग गज्जबको दोस्ती थियो ।
साथीहरुले माओबादी छापामारका कुरा सुनाउँथे । ढोरपाटनको बाटो हुँदै हिडेर गुल्मी रुकुम गर्दाका कहानी सुनाउथे । दुईतिन सय भेडा च्याङग्रा पालन गर्ने चराउन हिडने भेडीगोठका कुरा सुनाउथे । हामीहरु रमाईलो मान्थ्यो । दश कक्षासम्म सँगै पढियो । २०५७ को एस.एल.सी २०५८ बैशाखमै दिएपछि मेरो रुकुमे साथी जितेन्द्रहरुसँग सम्पर्क टुटेको थियो । म कताकता पुगे । साथीहरु पनि कताकता पुगे ।जो जता पुगेपनि स्कुले साथी अलि प्रिय हुन्छन । स्कुल पढदाका सबै साथीहरु सम्झनामा सदा रहिरहन्छन । मैले फेसबुक चलाउन सुरु गरेको २०६६ तिरबाट नै हो जस्तो लाग्छ । २०७१ सालतिर जितेन्द्र बि.एम आईडिबाट साथीको अनुरोध आयो । यसो प्रोफाईल हेर्दा उनै स्कुले दमाली रुकुमेली जितेन्द्र हुन भन्नेमा शंका रहेन । करिबकरिब १४ बर्षपछी हामी फेरि जोडीएका थियौ । त्यो दिन धेरै खुशी लागेको थियो । त्यतिबेला जितेन्द्र अनेक हण्डरठक्कर खादै बैदेशिक रोजगारको लागि अफगास्तिान पुगेको बखत हामी सम्र्पकमा आएका थियो । हामीले ती स्कुले दिनहरु सम्झियौ । गुरुले दिएका गृहकार्य नगर्दा सँगसँगै भोगको सजायहरु सम्झियौ । मजाले दिल खोलेर बात ग¥यौ । १४÷१४ बर्षपछी साथीसँग भेट गराईदिने सामाजिक सञ्जाल फेसबुक नै हो । यसो मनमनै गम खान्छु कस्तो दिमागवाला मान्छेले यो बनाएहोला यार । साथीसँगीसित भेट गराईदिन्छ , कुराकानी सहज तरिकाले गराईदिन्छ । साथीमात्र हैन यसले घरबार पनि जोडाईदिन्छ । सरर एकैपटकमा धेरैका हालखबर बताईदिन्छ ।आप्mना गाँउठाँउका विविध पक्षको जानकारी सबैलाई गराउन सकिन्छ । शुभकामना शुभेच्छा प्रकट गर्न पाईन्छ । गाँउठाँउका उत्पादनको प्रचार सजिलै गर्न सकिन्छ । सामाजिक सञ्जाल मार्पmत दुःखी गरिबको लागी राहत संकलन गरेर पीडामा मलम पनि लगाईएको पनि प्रशस्त पाईन्छ । कसैले मनाङ, मुस्ताङ पुगेका फोटा राख्छन अनि अरु साथीलाई पनि जाँउजाँउ हुन्छ अर्को टोली पनि मनाङ, मुस्ताङ पुगिहाल्छ । एउटाले रारा पुगेको जानकारी गराउनसाथ अनुकुल हुने अर्कोलाइ पनि रारा पुग्नैपर्छ ।मुस्ताङ पुग्नेले दुईचार किलो स्याउ किन्ला, एकदुई बोतल जाडोलाई हटाउने मार्फा रस किन्ला ।कम्तिमा पनि स्थानीय उत्पादनले फाईदा त लिन्छ नि । पत्रिका किताब किनेर पढने झन्झट किन गरिरहनु यिनै सामाजिक सञ्जालमा काईदा काईदाका साहित्यिक रचना पढन पाईन्छ । चर्चित त चर्चित भैहाले सबैले खोज्छन, म जस्ता तोरिलाहुरेले पनि दुईचार शब्दगफ लगाउने थलो फेसबुक भएको छ ।सही तरिकाले प्रयोग गर्ने हो भने सामाजिक सञ्जाल साच्चिकै हाम्रो सामाजिक जीवन जस्तो हुनेछ । सामाजिक सञ्जालका फाईदामात्र छैनन यसका बेफाईदा पनि धेरै छन । प्रहरीका अनुसार समाजमा अपराध बढनुमा सामाजिक सञ्जालको योगदान प्रशस्त रहेको छ । यसको बढी प्रयोग हुँदा मानिसमा मानसिक समस्या बढदै गएको जानकारहरु बताउँछन ।
आरोप लाग्नासाथ अपराधी करार गरेर चरित्रहत्या गर्ने काम क्षणभरमै गर्नमा सामाजिक सञ्जाल दुरुपयोग भएको छ । मनका कुण्ठा पोख्ने थलो भएको छ । हाकिमले आप्mना योजना कर्मचारी बैठकमा राख्दैन सिधा फेसबुकमा राख्छ, कार्यालयमा दुईचार युटयुबेलाई बोलाएर भिडियो खिचेर हिरोपन्थी देखाउछ । साना कर्मचारीले पनि दुःख पिडा सम्बन्धित स्थानमा नराखेर फेसबुकमा राख्छ । राजनितिक दल र तिनका कार्यकर्ताहरु विधि विधान र अनुशासनमा रहनुपर्छ तर आजभोली सामाजिक सञ्जाल हेर्दा लाग्छ अनुशासनको खडेरी सबै पार्टीमा छ । स्वच्छ र सभ्य तरिकाले पार्टी बैठकमै आलोचना र आत्मलोचना गर्ने विधी हराउँदै गएको छ । नेताले आप्mना योजना पार्टी र जनतामाझ हैन फेसबुकतिर टास्छ ।एकै पार्टीका नेताहरु सामाजिक सञ्जालमै गाँड कोराकोर गर्दा आप्mनो उचाई बढछ भनेर मख्ख छन । नेताहरुका विवाद हेरेर पढेर जनतामात्र हैन कार्यकर्ता पनि निरास हुने अवस्था छ । शक्ति र सत्तामा हुनेहरुका चाकडी गर्ने माध्यम पनि यही सामाजिक सञ्जाल हुन पुगेको छ । मन्त्री, उच्चपदस्थहरु, शक्तिमा रहनेहरुका जन्मदिन होस वा कुनै शुभ कार्य होस चाकडीका शब्दहरुले फेसबुक भरिएको हुन्छ । जन्मदिनमा आप्mनै प्रमुख स्वकीय सचिवले प्रकत गरेको शुभेच्छालाई समेत धन्यबाद दिन नभ्याउने मन्त्रीले अरु कार्यकर्ताको शुभकामना देख्न सक्छ होला र ? चाकडीका शब्दहरुमा भन्दा स्थानीय उत्पादनका प्रचारमा लागे घाटा हुदैनहोला । एउटा कृषकले दुःख गरीगरी खेतीकिसानी गरेर छोराछोरी पढाएको समाचार भाईरल बन्दैनन तर सभ्य शब्द चयन गर्न नसक्ने कमजोर मनोबृतिका मानिस सडक, विमानमा कुर्लिएको कुरा भाईरल हुन्छ ।
कुखुरा, दुध बेचेर छोराछोरी पढाउने आमाका समाचार भन्दा विदेश रहेका श्रीमानलाई धोका दिएर अर्कैसँग टाप कसेका महिलाका समाचार भाईरल हुन्छन । आजभोली सामाजिक सञ्जालहरु क्रमशः अराजकतातिर गएको पाईन्छ । आफुलाई रिस उठेका, मन नपरेका ब्यक्ति, नेता, ब्यवस्थाप्रति अति निम्नस्तरका गालीगलौज पोख्ने लेख्ने गर्दा समाजमा अराजकता बढेको छ । सामाजिक सञ्जाल असामाजिक हुँदै जाँदा सामाजिक विचलन आउने अपराध बढने गरेको छ । । यसलाई समयमै नियन्त्रण गर्न जरुरी छ । सामाजिक सञ्जालको सही सदुपयोग गर्न जरुरी छ ।