• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

सामाजिक संजाल असामाजिक तिर


  •   मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
  • विजय विश्वकर्मा। मेरा स्कुले दमाली हुन जितेन्द्र बुढामगर, अहिले अमेरिकामा छन । गुल्मी तम्घास घर भएको म र रुकुम टकसेराका जितेन्द्रको दोस्ती हुनुमा माओबादी आन्दोलनको भुमिका छ । २०५२ बाट सुरु भएको माओबादी जनयुद्धले सुरुवातमै सबैभन्दा प्रभाव रुकुम रोल्पामा पारेको थियो । जनयुद्ध समाज रुपान्तरण, राज्य रुपान्तरणको लागि गरिएको विद्रोह थियो । यो विद्रोहमा कोही स्वेच्छाले सहभागी भए । कोही जवरजस्ती रुपमा सहभागी भए ।आप्mना मुटुका टुक्रा छोराछोरीहरुलाई माओबादीहरुले जर्वजस्ती विद्रोहमा लैजान्छन कि भन्ने डरले पनि होला आमाबुवाले रुकुमका जितेन्द्र लगायतका साथीहरुलाई अध्ययनको लागी गुल्मी पठाएका थिए । रुकुमका ५÷७ जनाको टोली नै थियो । रुकुमे साथीहरुसँग गज्जबको दोस्ती थियो ।

    Advertisement

    साथीहरुले माओबादी छापामारका कुरा सुनाउँथे । ढोरपाटनको बाटो हुँदै हिडेर गुल्मी रुकुम गर्दाका कहानी सुनाउथे । दुईतिन सय भेडा च्याङग्रा पालन गर्ने चराउन हिडने भेडीगोठका कुरा सुनाउथे । हामीहरु रमाईलो मान्थ्यो । दश कक्षासम्म सँगै पढियो । २०५७ को एस.एल.सी २०५८ बैशाखमै दिएपछि मेरो रुकुमे साथी जितेन्द्रहरुसँग सम्पर्क टुटेको थियो । म कताकता पुगे । साथीहरु पनि कताकता पुगे ।जो जता पुगेपनि स्कुले साथी अलि प्रिय हुन्छन । स्कुल पढदाका सबै साथीहरु सम्झनामा सदा रहिरहन्छन । मैले फेसबुक चलाउन सुरु गरेको २०६६ तिरबाट नै हो जस्तो लाग्छ । २०७१ सालतिर जितेन्द्र बि.एम आईडिबाट साथीको अनुरोध आयो । यसो प्रोफाईल हेर्दा उनै स्कुले दमाली रुकुमेली जितेन्द्र हुन भन्नेमा शंका रहेन । करिबकरिब १४ बर्षपछी हामी फेरि जोडीएका थियौ । त्यो दिन धेरै खुशी लागेको थियो । त्यतिबेला जितेन्द्र अनेक हण्डरठक्कर खादै बैदेशिक रोजगारको लागि अफगास्तिान पुगेको बखत हामी सम्र्पकमा आएका थियो । हामीले ती स्कुले दिनहरु सम्झियौ । गुरुले दिएका गृहकार्य नगर्दा सँगसँगै भोगको सजायहरु सम्झियौ । मजाले दिल खोलेर बात ग¥यौ । १४÷१४ बर्षपछी साथीसँग भेट गराईदिने सामाजिक सञ्जाल फेसबुक नै हो । यसो मनमनै गम खान्छु कस्तो दिमागवाला मान्छेले यो बनाएहोला यार । साथीसँगीसित भेट गराईदिन्छ , कुराकानी सहज तरिकाले गराईदिन्छ । साथीमात्र हैन यसले घरबार पनि जोडाईदिन्छ । सरर एकैपटकमा धेरैका हालखबर बताईदिन्छ ।आप्mना गाँउठाँउका विविध पक्षको जानकारी सबैलाई गराउन सकिन्छ । शुभकामना शुभेच्छा प्रकट गर्न पाईन्छ । गाँउठाँउका उत्पादनको प्रचार सजिलै गर्न सकिन्छ । सामाजिक सञ्जाल मार्पmत दुःखी गरिबको लागी राहत संकलन गरेर पीडामा मलम पनि लगाईएको पनि प्रशस्त पाईन्छ । कसैले मनाङ, मुस्ताङ पुगेका फोटा राख्छन अनि अरु साथीलाई पनि जाँउजाँउ हुन्छ अर्को टोली पनि मनाङ, मुस्ताङ पुगिहाल्छ । एउटाले रारा पुगेको जानकारी गराउनसाथ अनुकुल हुने अर्कोलाइ पनि रारा पुग्नैपर्छ ।मुस्ताङ पुग्नेले दुईचार किलो स्याउ किन्ला, एकदुई बोतल जाडोलाई हटाउने मार्फा रस किन्ला ।कम्तिमा पनि स्थानीय उत्पादनले फाईदा त लिन्छ नि । पत्रिका किताब किनेर पढने झन्झट किन गरिरहनु यिनै सामाजिक सञ्जालमा काईदा काईदाका साहित्यिक रचना पढन पाईन्छ । चर्चित त चर्चित भैहाले सबैले खोज्छन, म जस्ता तोरिलाहुरेले पनि दुईचार शब्दगफ लगाउने थलो फेसबुक भएको छ ।सही तरिकाले प्रयोग गर्ने हो भने सामाजिक सञ्जाल साच्चिकै हाम्रो सामाजिक जीवन जस्तो हुनेछ । सामाजिक सञ्जालका फाईदामात्र छैनन यसका बेफाईदा पनि धेरै छन । प्रहरीका अनुसार समाजमा अपराध बढनुमा सामाजिक सञ्जालको योगदान प्रशस्त रहेको छ । यसको बढी प्रयोग हुँदा मानिसमा मानसिक समस्या बढदै गएको जानकारहरु बताउँछन ।

    आरोप लाग्नासाथ अपराधी करार गरेर चरित्रहत्या गर्ने काम क्षणभरमै गर्नमा सामाजिक सञ्जाल दुरुपयोग भएको छ । मनका कुण्ठा पोख्ने थलो भएको छ । हाकिमले आप्mना योजना कर्मचारी बैठकमा राख्दैन सिधा फेसबुकमा राख्छ, कार्यालयमा दुईचार युटयुबेलाई बोलाएर भिडियो खिचेर हिरोपन्थी देखाउछ । साना कर्मचारीले पनि दुःख पिडा सम्बन्धित स्थानमा नराखेर फेसबुकमा राख्छ । राजनितिक दल र तिनका कार्यकर्ताहरु विधि विधान र अनुशासनमा रहनुपर्छ तर आजभोली सामाजिक सञ्जाल हेर्दा लाग्छ अनुशासनको खडेरी सबै पार्टीमा छ । स्वच्छ र सभ्य तरिकाले पार्टी बैठकमै आलोचना र आत्मलोचना गर्ने विधी हराउँदै गएको छ । नेताले आप्mना योजना पार्टी र जनतामाझ हैन फेसबुकतिर टास्छ ।एकै पार्टीका नेताहरु सामाजिक सञ्जालमै गाँड कोराकोर गर्दा आप्mनो उचाई बढछ भनेर मख्ख छन । नेताहरुका विवाद हेरेर पढेर जनतामात्र हैन कार्यकर्ता पनि निरास हुने अवस्था छ । शक्ति र सत्तामा हुनेहरुका चाकडी गर्ने माध्यम पनि यही सामाजिक सञ्जाल हुन पुगेको छ । मन्त्री, उच्चपदस्थहरु, शक्तिमा रहनेहरुका जन्मदिन होस वा कुनै शुभ कार्य होस चाकडीका शब्दहरुले फेसबुक भरिएको हुन्छ । जन्मदिनमा आप्mनै प्रमुख स्वकीय सचिवले प्रकत गरेको शुभेच्छालाई समेत धन्यबाद दिन नभ्याउने मन्त्रीले अरु कार्यकर्ताको शुभकामना देख्न सक्छ होला र ? चाकडीका शब्दहरुमा भन्दा स्थानीय उत्पादनका प्रचारमा लागे घाटा हुदैनहोला । एउटा कृषकले दुःख गरीगरी खेतीकिसानी गरेर छोराछोरी पढाएको समाचार भाईरल बन्दैनन तर सभ्य शब्द चयन गर्न नसक्ने कमजोर मनोबृतिका मानिस सडक, विमानमा कुर्लिएको कुरा भाईरल हुन्छ ।

    कुखुरा, दुध बेचेर छोराछोरी पढाउने आमाका समाचार भन्दा विदेश रहेका श्रीमानलाई धोका दिएर अर्कैसँग टाप कसेका महिलाका समाचार भाईरल हुन्छन । आजभोली सामाजिक सञ्जालहरु क्रमशः अराजकतातिर गएको पाईन्छ । आफुलाई रिस उठेका, मन नपरेका ब्यक्ति, नेता, ब्यवस्थाप्रति अति निम्नस्तरका गालीगलौज पोख्ने लेख्ने गर्दा समाजमा अराजकता बढेको छ । सामाजिक सञ्जाल असामाजिक हुँदै जाँदा सामाजिक विचलन आउने अपराध बढने गरेको छ । । यसलाई समयमै नियन्त्रण गर्न जरुरी छ । सामाजिक सञ्जालको सही सदुपयोग गर्न जरुरी छ ।

    मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation