राम बहादुर बिश्वकर्मा,प्युठान। गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णु कुमार गिरीले बहुविवाह तथा बालविवाहको आरोप लगाई केही मिडियाले आफ्नो बिषयमा गलत समाचार प्रकाशन गरेको भन्दै कार्बाहिको माग गरेका छ्न।निजी जीवनलाई सामाजिक पाटोसँग नजोड्न आग्रह गरेका छन् । ‘मलाई गहिरो गरि थाहा छ यो मेरो निजि जिबनको पाटोमा सफल नदेखिए पनि सामाजिक पाटोमा सधै समर्पित छु’ बिज्ञपतिमा उनले भनेका छन ‘कपोकल्पित मुद्दा बनाई सामाजिक संजालमा मेरा विरुद्ध हिलो छ्याप्नेलाई सामाजिक र कानुनी कार्बाहि होस’ जिल्ला प्रहरी कार्यालयमा परेको उजुरी माथि अनुसन्धानमा आफुले पनि सहयोग गर्ने उनले बताएका छन्।
Advertisement