टेकबहादुर पुन,देउखुरी । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएकोे कक्षा १२ को परीक्षामा गोरखा ग्रुपद्वारा सञ्चालित दाङ्गको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुल देउखुरी प्रथम भएको छ।विद्यालयबाट जम्मा २२ जना विद्यार्थी परीक्षामा सहभागी थिए तर २१ जना विद्यार्थीले ग्रेड वृद्धि गर्नु नपर्ने गरी उत्कृष्ट नतिजा ल्याउदै सफल भएका हुन् । अङ्कित हलुवाईले ३.४९ जि.पि.ए. ल्याएर देउखुरी प्रथम भएको विद्यालयले दाबी गरेको छ । विद्यालयको समग्र नतिजा हेर्दा ३ जनाले ए, २ जनाले बि प्लस, ८ जनाले बि, ६ जनाले सि प्लस, २ जनाले सि र १ जनाले डि प्लस ल्याएका छन् ।यसैविच विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट परीक्षामा सामेल भई देउखुरी उपत्यकामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई अभिर टीका एवम् खादा लगाइ सम्मान गरेको छ ।कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले ९५.५४ प्रतिशत नतिजा ल्याई दाङ जिल्लामै सर्वोत्कृष्ट र ३.९४ जि.पि.ए. सहित विद्यालय देउखुरीमै प्रथम भएको र गोरखा स्कुल तुलसीपुरमा अध्ययनरत छात्रा पूजा बस्नेत भने दाङ जिल्ला प्रथम भएको दाबी गर्नु भएको छ ।
यस्तै कार्यक्रमा बोल्दै विद्यालयका व्यवस्थापन सङ्काय संयोजक प्रकाश वलीले देउखुरी क्षेत्रमै सवोत्कृष्ट नतिजा लयाउनमा सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक, अभिभावक एवम् विद्यार्थी भाइबहिनीहरूलाई धन्यवाद दिनु भएको थियो ।यो नतिजाले देउखुरीका सम्पूर्ण शिक्षाप्रेमी, विद्यार्थी एवम् अभिभावकलाई नयाँ एवम् विश्वासिलो सन्देश दिएको भन्दै व्यवस्थापन सङ्कायमा अझै अब्बल नतिजा ल्याउने भन्दै वलीले सम्पूर्णलाई विश्वस्थ पार्नु भएको थियो ।
कक्षा १२ को परीक्षामा गोरखा मोडेल देउखुरी प्रथम
कक्षा १२ को परीक्षामा गोरखा मोडेल देउखुरी प्रथम

Advertisement
तपाईको प्रतिक्रिया