• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, बैशाख ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

लोकप्रिय समाचार

  • १. रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

  • २. शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

  • ३. पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

  • ४. एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

  • ५. ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पार्टी महाधिबेशनमा काङ्ग्रेस युवाको भुमिका


  •   आइतबार, साउन १२, २०७६ मा प्रकाशित
  • किशोर गैरे/नेता, ने.बि संघ, नवलपरासी ।

    Advertisement

    नेपाली काङ्ग्रेसले आफ्नो स्थापनाकाल देखि नै प्रजातन्त्र प्राप्तीका लागि अनेक संघर्षहरु गर्द आएको छ। नेपाली काङ्ग्रेसले ससश्त्र क्रान्ती देखि सत्याग्रहसम्म र सत्याग्रह देखि जनआन्दोलन सम्मका विभिन्न काल खण्डमा नेतृत्व गर्दै आइरहेको हो। आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको छत मुनि बसि आफ्ना अधिकारहरु निर्ध्धक सङ्ग प्रयोग गर्दै गर्दा यो अवस्था सम्म लेइ पुराउन भुमिका खेल्ने हरेक योद्धाहरु प्रती नमन गर्दै श्रद्धा भाब राख्नु पर्दछ। नेपाली काङ्ग्रेसले २००७ सालको ससश्त्र क्रान्तीको नेतृत्व गर्दै गर्दा क्रान्तीका नेता बिपि कोइराला जम्मा ३६ बर्षको हुनुन्थ्यो। नेपाली इतिहासमै पहिलो पटक जनताले चुनेको जननिर्वाचित प्रधानमन्त्री हुदा बिपि मात्र ४५ बर्षको हुनुन्थ्यो। देशको हरेक क्रान्ती, आन्दोलन, संघर्ष अनि बलिदानको मोर्चामा युबा पुस्ताले आफ्नो रगतले लेखेर दिएको एक एक अक्षर अनि स्वतन्त्रताका लागि तातो गोलि छातीमा खादा निस्किएको एक एक आवाजले सम्भब भएको हो आजको दिन, संघीय लोकतान्त्रिक गणतन्त्र। हिजो ३६ बर्षको युबाले नेतृत्व गरेको सशस्त्र क्रान्ति गर्ने पार्टी नेपाली काङ्ग्रेसमा आज ४८ बर्षका नेता नेबि संघको सभापती हुन मरि हत्त्य गर्दछ्न। हिजो ४५ बर्षको युबालाई पहिलो जन निर्वाचित प्रधानमन्त्री मन्त्री बनाउने नेपाली काङ्ग्रेसले आज युबाहरु को संगठनको कार्यसमिती पूरा गर्न सकेको छैन। लगभग ७० को उमेर पार गरेको काङ्ग्रेसले ७० कै नेतृत्व चाहेको हो त? आज ईतिहास कै सबै भन्दा कमजोर अवस्थामा पुगेको काङ्ग्रेसलाई जोगाएर ईतिहास कै बलियो काङ्ग्रेस बनाउन १४ औ महादिबेशनबाट कृयाशिल सदस्यहरुले युबा नेतृत्वलाई म्यान्डेट दिनु आवस्यक रहेको छ। २१ औ सताब्दीको बिज्ञान र प्रबिधीको युगमा दिन दुई गुना अनि रात चौगुना परिवर्तनहरु हरेक क्षेत्रमा भैरहेको अवस्थामा हाम्रो देश अनि काङ्ग्रेसमा उहीँ पन्चायतकालिन युबा नेताहरुबाट नेतृत्व हुँदै गर्दा उहीँ तालमा गएको त होइन। मैले यसो भन्दै गर्दा उहाहरुको योगदानलाई कदर गर्न नखोजेको त होइन,एकदम कदर गर्दछु, सबै जनाले गर्नु पर्छ तर पनि पन्चायतकालका युबा नेताहरुले यो संघीय लोकतान्त्रिक गणतन्त्रका बिज्ञान र प्रबिधीमा निपुर्ण जनतालाई कसरी नेतृत्व गर्ने? मेरो प्रश्न त्यही हो? हिजो हाम्रो विशेष अति आवस्यक मुद्दा नै प्रजातन्त्र थियो, प्रजातान्त्रिक ब्यवस्था हरण भएको अवस्थामा प्रजातन्त्र पुनर्स्थापनाका लागि हाम्रो नीति तथा कार्यक्रम हुने गर्द थिए। तर आज पनि हामी कम्युनिस्टले सरकार बनाए, अर्काले सरकार बनाए प्रजातन्त्र धरापमा छ भनी राख्दा अबका जनताहरुले काङ्ग्रेस अझै पन्चायतकालिन मुद्दामा त रोमलिएको छैन भन्ने आशन्का रह्न्छ। तर हामीले बुझ्नु के आवश्यक छ भने काङ्ग्रेसलाई शन्का छ कि यत्रो दुखले लेराएको प्रजातन्त्र फेरि १९ सालमा झै कुनै बहानामा हरण हुने त होइन? यो सोच्नु गलत होइन! तर आजको काङ्ग्रेसलाई त्यो भनेर मात्रै हुदैन किन कि आजको काङ्ग्रेसले नया युवा पिढीहरुको नेतृत्व पनि गर्दै छ जस्ले नया नया अवसरहरु, रोजगारीहरु, समानता, ब्यबहारिक लोकतन्त्र अनि विश्व बजारमा प्रतिस्पर्धा खोजिरहेको छ। के अहिलेका पन्चायतकालिन युबा नेताहरुले त्यो अवसरको नेतृत्व गरिदिनु भएको छ त? काङ्ग्रेसले खाली अब बिपिले यसो भन्नू भो, गणेशमानले यसो, सुबर्णजि आहा! कृष्ण प्रसादको सादगी वाह! अनि गिरिजा बाबुको नेतृत्व र शुशिलजिको त्यागलाई मात्र आफ्ना गलती लुकाउने र जनतामा भजाउने माध्यम बनाएर काङ्ग्रेसले २/३ लेराउछ भनेर मात्र हुन्न। उहाहरु इतिहासिक ब्यक्तित्वहरु हुनुन्छ, उहाहरुले आफ्नो कालखण्डमा देशले मागे अनुसारको आफ्नो भुमिका निर्वाह गरेर बिदा भैसक्नु भएको छ। उहाहरु को योग्दान पुजनिय र अतुलनीय छ तर खोइ त २०७६ सालमा उहाहरु जतिकै दुरदर्शिता प्रदर्सन गर्ने नेतृत्व? काङ्ग्रेसले यो कुरा किन दिन सकेको छैन त? किन भने काङ्ग्रेसको नमरुन्जेल सम्म पदमा बसिरहेने परम्पराका कारण आज नया नेतृत्व अनि नयापन आउन सकेको छैन। राजनितिमा सकृय धेरै नेतृत्वहरु नेपाल सरकारले तोकेको पर्निर्भर बर्ग भित्र पर्नुहुन्छ, ६० माथी। के उहाहरुले राजनितीमा पुस्तान्तरण अनि हस्तान्तरण गर्नु आवश्यक छैन र? हिजो पन्चायतमा पनि उहाहरु नै नेता, राजतन्त्रमा अनि गणतन्त्रमा पनि, जुन जनताले पन्चायत कालमा सोच राखथ्यो आज त्यो फरक छ। देशको बिकाश पिछडिएको एक मुख्य कारण पुस्तान्तरण र हस्तान्तरणको सस्कार न बसालेर नै हो। युबा नेता अनि बिद्यार्थी नेताहरु पनि हिजो आन्दोलन र परिवर्तनका लागि सबै भन्दा बढी संघर्षको मैदानमा उत्रने तर आन्दोलन पछिको ब्यबस्थापकिय राजनितीमा अलि पछाडी परेको हि कि? भन्ने मेरो प्रश्न हो। किन युबा विद्यार्थी नेताहरु ब्यबस्था परिवर्तन सङ्गै नेतृत्व पनि ओझल मा परेको होला। किन भने हामीले आफ्नो नेतृत्व चुन्ने बेलामा युबा प्रती बिश्वास नगर्नाले? हिजो निरङ्कुश्तालाई ढुङ्गा हान्न अनि जन आन्दोलन लेराउन चाहि युबा नेतृत्व आवश्यक हुने तर के आज रास्ट्रको सहि ब्यबस्थापनका लागि युबा नेतृत्व नचाहिने?  यो गम्भीर प्रश्न नेपाली काङ्ग्रेसका कृयाशिल सदस्यहरुलाई हो। निर्णय गर्ने उहाहरुले हो। के यो १४ औ महादिवेशनले फेरि पनि युबा नेतृत्वलाई उपेक्षा गर्ने हो त? गम्भीरता पुर्वक सोचौ त? हामीले युबा भनेकाहरु पनि बुढा हुन लागिसके! उनिहरुकै पालो आको छैन, उनिहरु पछिकाले गर्ने के? १४ औ महादिबेशन नेतृत्व कुन नेताको क्याम्पले गर्ने भन्ने कुराले गर्दा मात्र महत्वपूर्ण होइन, संघीय लोकतान्त्रिक गणतान्त्रिक सम्बिधान बने पछिको पहिलो महादेबेशन हुँदै छ। र यो उत्तिकै महत्वपूर्ण यो मानेमा पनि छ कि नेपाली काङ्ग्रेसका नीति अब कस्ता हुन्छन र नेपाली काङ्ग्रेसले अब कुन बाटो लिग्ने हो? बिपिले सुरु गर्नु भएको प्रजातान्त्रिक क्रान्तिलाई हामी संघीय लोकतान्त्रिक गणतन्त्रको बिन्दु सम्म लेराउदै गर्दा राजनैतिक क्रान्तीको अध्याय समाप्त भै अब शान्ती अनि आर्थिक क्रान्तीको दिशाअनि आर्थिक क्रान्तीको दिशामा राष्ट्रको नेतृत्व नेपाली काङ्ग्रेसले गर्नुपर्ने बेलाको निर्माण पनि यहि महादिबेशनले निर्धारण गर्नेछ। हिजो बिपिले नेतृत्व गर्दाका जनता र आजका नेपाली जनतामा राजनैतिक चेतना र बाताबरणले गर्दा आकाश जमिनको फरक भएको छ। हिजोका हाम्रा आवश्यकता अनि आजका आवश्यकता फरक छन।हिजोको आम जनता र आजको आम जनताको भावना फरक छ्न, हिजोको बजार अनि आज को विश्व बजार फरक छ। हिजोका समस्या अनि आजका समस्या पनि फरक छ्न। तर राष्ट्रका नेता उहीँ पन्चायतकालिन युबा नेता छन जस्ले नेबि संघलाई बिगठन अनि तरुण दललाई ४, किसान संघ कति भो कति? अन्य भात्री संस्थाको त कुरै नगरम, पार्टी भित्र पनि एउटा कार्य सम्पादन समिती बनाउन नसकने, अझै प्रतिशतको भागबण्डा कहि कत्तै नै भएको फन्डा, आफ्नो नेतृत्व तिकाइ राख्नका लागि ६०-४०(३०-१०) यस्तो भागबण्डा अनि खुलम्खुला सन्चारहरुमा बहस गर्दछ्न। यो सबै कुराको अन्त्य, सबल सक्षम काङ्ग्रेस निर्माणका लागि यो पटक १४औ महादिबेशन मा कृयाशिल सदस्यहरुले आफ्नो आफ्नो वडा वडा नगर -गाउबाट युबा प्रतिनिधिलाई निर्वाचित गरि काङ्ग्रेसको देश भरी नै युबामुखी र युबा मय बनाउदै अग्रज नेतृत्वलाई विश्राम दिएर युबा नेतृत्वलाई नेपालि काङ्ग्रेसको नेतृत्व सहित सिङ्गो राष्ट्रको नेतृत्व गराउनका लागि आजै बाट गाउँ गाउँ बाट अभियान सन्चालन गर्दै १४औ महादिबेशनलाई युबामय काङ्ग्रेस, काङ्ग्रेसमय राष्ट्र भन्ने नाराका साथ बिदेशियका लाखौ युबाहरुलाई नेपालमा कसरी ब्यबस्थापन गर्न सकिन्छ र लाखौ बिदेशिन चाहेका युबाहरुलाई कसरी राष्ट्रको समुन्न्ती र समृद्धिमा लगाउन सकिन्छ भन्ने बिषयमा गम्भीर भै १४ महादिबेशनमा युबा नेतृत्व चयन गर्नुपर्ने अवश्यक्ता रहेको छ। जसरी हिजो २००७ साल मा प्रजातन्त्र प्राप्ती देशको मुख्य आवश्यकता थियो त्यसै गरि आज ब्रेन द्रेन( युबा पलायन) लाई रोक्नु पर्ने मुख्य आवश्यकता हो। यसका लागि नेपाली काङ्ग्रेस १४ महादिबेशन तयार हुनुपर्ने देखिन्छ, त्यसका लागि कृयाशिल सदस्यहरु यो बिषम परिस्थितिको बारेमा सचेत भै काङ्ग्रेसलाई युबामय बनाउने अभियानको थालनी गर्नु आजको आवश्यकता हो।साथै युबा नेताहरु पनि जसरी आन्दोलन क्रान्तीका बेला जुन हिम्मतले मोर्चाको नेतृत्व गर्दथे त्यस्तै हिम्मतका साथ काङ्ग्रेस र देशको नेतृत्व गर्नका लागि तयार भै आ आफ्ना ठाउबाट अगाडि बढनु पर्ने देखिन्छ।जय नेपाल! युबामय काङ्ग्रेस, समृद्धिमय देश।

    आइतबार, साउन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग
    बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

    लोकप्रिय

    • १.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • २.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका

    • ३.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ४.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको

    • ५.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    भर्खरै

    • १.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

    • २.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ३.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ४.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    • ५.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    • ६.
      ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

    • ७.
      जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?

    • ८.
      गुल्मीमा गिटी–बालुवा उत्खनन रोकिँदा निर्माण क्षेत्र संकटमा 

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation