• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

प्युठानको हंसपुर बृहद खानेपानी योजना: निर्माण पूरा नहुँदै चर्कियो इनार


  •   बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
  • प्यूठान — सरुमारानी गाउँपालिका–३, हंसपुरको खानेपानी इनार निर्माणकै चरणमा चर्केको छ । पानी तान्न बनाइएको मुख्य इनारको बाहिरी भाग फुटेर चिरा परेको छ । ३ सय २ घरधुरीलाई खानेपानी सुविधा पुर्‍याउने लक्ष्यका साथ माडी नदी किनारमा निर्माण थालिएको बृहत् हंसपुर लिफ्ट खानेपानी आयोजनाको मुख्य इनार फुटेको हो । आजको कान्तिपुरमा गिरुप्रसाद भण्डारीले समाचार लेखेका छन।
    वर्षौंदेखि खानेपानीको दुःख भोगेका स्थानीय इनार फुटेपछि निराश बनेका छन् । कमसल तथा गुणस्तरहीन सामग्री प्रयोग गरिएकाले इनार फुटेको स्थानीयवासीको दाबी छ । आयोजना सम्पन्न नहुँदै इनार फुटेकाले छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरूले माग गरेका छन् ।खानेपानी योजनाका लागि सरुमारानी गाउँपालिकाले गत वर्ष ६० लाख रुपैयाँ विनियोजन गरेर उपभोक्ता समितिमार्फत काम सुरु गरेको थियो । खानेपानी योजनाको जिम्मा लिएका उपभोक्ता समितिका अध्यक्ष सन्तोषकुमार विकले इनारको बाहिरी भाग मात्र चर्केको बताए । ‘मुख्य इनार आरसीसी ढलान गरिएको छ,’ उनले भने, ‘त्यो भत्कने/चर्कने कुरै आउँदैन ।बाहिरी भाग मात्र चर्केको हो ।’ योजनामा गत वर्ष ९ लाख रुपैयाँ बेरुजु निस्केको थियो । क्रमागत योजनाअन्तर्गत बाँकी काम गर्न गाउँपालिकाले ९० र प्रदेश सरकारले ९० लाख रुपैयाँ यस आर्थिक वर्षमा विनियोजन गरी टेन्डर गरेको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर वलीले बताए । ‘इनार चर्केको भन्ने सुनेको छु,’ उनले भने,‘हेर्न भ्याएको छैन ।’माडी नदी किनारमा जरुवा खनेर लिफ्ट प्रविधिमार्फत पानी तान्न लागिएको छ । योजनाको लागत ३ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । चारवटा छुट्टाछुट्टै स्थानमा पम्प हाउस निर्माण गर्ने भनिएको छ । पानी संकलन गर्न १ लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण गर्ने योजना छ । पछिल्ला ठेकेदारले काम अझै सुरु गरेका छैनन् । यसले गर्दा करोडौंको योजना अलपत्र अवस्थामा छ ।आगामी दुई वर्षभित्र योजना सक्ने लक्ष्य राखिएको वलीले बताए । योजनाबाट साबिक हंसपुर गाविसका ४ हजार बढी स्थानीय लाभान्वित हुनेछन् । दुई वर्षभित्र पालिकाभर नै खानेपानीको पहुँच पुर्‍याउने नीति तथा कार्यक्रमअनुसार योजना अगाडि बढाइएको प्रशासकीय अधिकृत वलीले बताए । प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:३४

    Advertisement

    बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...