• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ ०७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला

  • ४. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ६. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ७. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

  • १०. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

जाउँ एकपटक घुमौ ‘रानीमहल’


  •   शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
  • कामना डेली,पाल्पा। नेपालको ताजमहल भनेर चिनिने रानीमहल घना जंगल अनि पवित्र कालीगण्डकी नदिको किनारमै छ । रानी महल प्रेमको प्रतिकका रुपमा पनि चिनिन्छ।‘पाल्पा’ आफंैमा प्रकृतिले सजिएको सुन्दर बगैचासरी छ । लाग्छ प्रकृतिले दिनुपर्ने सबै सुन्दरता अञ्जुलीभरी ल्याएर त्यहाँ खन्याइदिएकी छिन् ।पाल्पा, स्याङ्जा र गुल्मीसँगै देशभरबाट आउने पर्यटकले सदाबहार गन्तव्य बनाएको छ । यसको भव्यतालाई नजिकबाट नियाल्नेहरूको सौख नै बेग्लै । रानी तेजकुमारीको निधनबाट विक्षिप्त बनेका खड्गशमशेरले उनकै सम्झनामा रानीमहल निर्माण गर्न लगाएको बताइन्छ । १९५० मा निर्माण सुरु भएको यो दरबार १९५५ पूरा भएको थियो । उत्तरमुखी कालीगंगा बगेको स्थान छानेर रानीमहल निर्माण गरिएको छ । भव्य संरचनायुक्त संसारका कुनै गन्तव्यभन्दा कम छैन रानीमहल । उत्तरमुखी गंगा खुट्टाले कुल्चिँदा पवित्र भइन्छ भन्ने मान्यतासहित सिँढी ओर्लिएर कालीगण्डकीसम्म पुग्ने गरी दरबार बनाइएको छ । यसको जग नै कालीगण्डकीबाट उठाइएको छ । नेपालको ताजमहल भनिने रानीमहललाई खड्गशमशेर र तेजकुमारीको अमर प्रेमको प्रतीकका रूपमा लिइन्छ । दरबारको भित्तामा जोडीको नाम लेख्दा प्रेम अमर रहन्छ भन्ने विश्वासले यहाँ पुग्ने जोडी दिगो प्रेमको कामना गर्छन् करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैँचा, शिवालय, पोखरी, शिवलिंगमा नागनागिनीले जल शेचन गरेको, भान्साघर, तबेला, घन्टजस्ता संरचना बनाइएका छन् जुन मर्मत–सम्भार र सिँगारपटारको पर्खाइमा छन् । कालीगण्डकी नदीको उत्तरतर्फ हानिएको मोडमा विशाल चट्टानमाथि रानीमहल निर्माण गरिएको छ । दरबारको बायाँतर्फ शीतलपाटी छ । दरबार परिसरमा ढुंगाबाट निर्मित आकर्षक पोखरी छ । शिव र गंगाका दुई मन्दिर पनि यहाँका आकर्षण हुन् । रानीमहल युनानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । रानीमहलको पूर्वपट्टि खड्गशमशेरले पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठककोठा र मध्यतलामा खड्गशमशेर बस्ने कोठा छ । वरिपरि रहेको बगैँचाले रानीमहललाई भव्य देखाएको छ । खड्गशमशेर र तेजकुमारीको अमर प्रेमको प्रतीकका रूपमा रानीमहल निर्माण भएको हो । त्यसकारण, यहाँ पुग्ने जोडी दिगो प्रेमको कामना गर्छन् । दरबारको भित्तामा जोडीको नाम लेख्दा प्रेम अमर रहन्छ भन्ने विश्वास पाइन्छ । यो नेपालको ताजमहलका नामबाट पनि चर्चित छ । रानीमहल कालीगण्डकी करिडोरसँग जोडिएको छ । त्यसकारण, यहाँसम्म पुग्न सहज भएको छ । कालीगण्डकी करिडोरको राम्दी–अर्गली खण्डको बीचमा रानीमहल पर्छ । त्यसबाहेक पाल्पाको सदरमुकाम तानसेन र बराङ्दीदेखि रानीमहलसम्म पनि सडक निर्माण भएको छ, तर यो कच्ची छ । रानीमहल तानसेनबाट १४ किलोमिटर उत्तरमा पर्छ । दुई घन्टा पैदल हिँडेपछि यहाँ पुग्न सकिन्छ । पैदल यात्रामार्फत तानसेन कैलाशनगरदेखि बराङ्दी नारायणडाँडा, अवल हुँदै रानीमहलपुग्न सकिन्छ । यसबीचमा तीनवटा प्राकृतिक झरना पनि अवलोकन गर्न पाइन्छ ।

    Advertisement

    शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा
    कोरोना प्रभाव :  सुनसान लुम्बिनी

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र

    • ४.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ५.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ६.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    भर्खरै

    • १.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • २.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ३.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ४.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ५.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ६.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ७.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ८.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...