• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

जाउँ एकपटक घुमौ ‘रानीमहल’


  •   शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
  • कामना डेली,पाल्पा। नेपालको ताजमहल भनेर चिनिने रानीमहल घना जंगल अनि पवित्र कालीगण्डकी नदिको किनारमै छ । रानी महल प्रेमको प्रतिकका रुपमा पनि चिनिन्छ।‘पाल्पा’ आफंैमा प्रकृतिले सजिएको सुन्दर बगैचासरी छ । लाग्छ प्रकृतिले दिनुपर्ने सबै सुन्दरता अञ्जुलीभरी ल्याएर त्यहाँ खन्याइदिएकी छिन् ।पाल्पा, स्याङ्जा र गुल्मीसँगै देशभरबाट आउने पर्यटकले सदाबहार गन्तव्य बनाएको छ । यसको भव्यतालाई नजिकबाट नियाल्नेहरूको सौख नै बेग्लै । रानी तेजकुमारीको निधनबाट विक्षिप्त बनेका खड्गशमशेरले उनकै सम्झनामा रानीमहल निर्माण गर्न लगाएको बताइन्छ । १९५० मा निर्माण सुरु भएको यो दरबार १९५५ पूरा भएको थियो । उत्तरमुखी कालीगंगा बगेको स्थान छानेर रानीमहल निर्माण गरिएको छ । भव्य संरचनायुक्त संसारका कुनै गन्तव्यभन्दा कम छैन रानीमहल । उत्तरमुखी गंगा खुट्टाले कुल्चिँदा पवित्र भइन्छ भन्ने मान्यतासहित सिँढी ओर्लिएर कालीगण्डकीसम्म पुग्ने गरी दरबार बनाइएको छ । यसको जग नै कालीगण्डकीबाट उठाइएको छ । नेपालको ताजमहल भनिने रानीमहललाई खड्गशमशेर र तेजकुमारीको अमर प्रेमको प्रतीकका रूपमा लिइन्छ । दरबारको भित्तामा जोडीको नाम लेख्दा प्रेम अमर रहन्छ भन्ने विश्वासले यहाँ पुग्ने जोडी दिगो प्रेमको कामना गर्छन् करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैँचा, शिवालय, पोखरी, शिवलिंगमा नागनागिनीले जल शेचन गरेको, भान्साघर, तबेला, घन्टजस्ता संरचना बनाइएका छन् जुन मर्मत–सम्भार र सिँगारपटारको पर्खाइमा छन् । कालीगण्डकी नदीको उत्तरतर्फ हानिएको मोडमा विशाल चट्टानमाथि रानीमहल निर्माण गरिएको छ । दरबारको बायाँतर्फ शीतलपाटी छ । दरबार परिसरमा ढुंगाबाट निर्मित आकर्षक पोखरी छ । शिव र गंगाका दुई मन्दिर पनि यहाँका आकर्षण हुन् । रानीमहल युनानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । रानीमहलको पूर्वपट्टि खड्गशमशेरले पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठककोठा र मध्यतलामा खड्गशमशेर बस्ने कोठा छ । वरिपरि रहेको बगैँचाले रानीमहललाई भव्य देखाएको छ । खड्गशमशेर र तेजकुमारीको अमर प्रेमको प्रतीकका रूपमा रानीमहल निर्माण भएको हो । त्यसकारण, यहाँ पुग्ने जोडी दिगो प्रेमको कामना गर्छन् । दरबारको भित्तामा जोडीको नाम लेख्दा प्रेम अमर रहन्छ भन्ने विश्वास पाइन्छ । यो नेपालको ताजमहलका नामबाट पनि चर्चित छ । रानीमहल कालीगण्डकी करिडोरसँग जोडिएको छ । त्यसकारण, यहाँसम्म पुग्न सहज भएको छ । कालीगण्डकी करिडोरको राम्दी–अर्गली खण्डको बीचमा रानीमहल पर्छ । त्यसबाहेक पाल्पाको सदरमुकाम तानसेन र बराङ्दीदेखि रानीमहलसम्म पनि सडक निर्माण भएको छ, तर यो कच्ची छ । रानीमहल तानसेनबाट १४ किलोमिटर उत्तरमा पर्छ । दुई घन्टा पैदल हिँडेपछि यहाँ पुग्न सकिन्छ । पैदल यात्रामार्फत तानसेन कैलाशनगरदेखि बराङ्दी नारायणडाँडा, अवल हुँदै रानीमहलपुग्न सकिन्छ । यसबीचमा तीनवटा प्राकृतिक झरना पनि अवलोकन गर्न पाइन्छ ।

    Advertisement

    शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...