• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

युवा र राजनीति


  •   बिहिबार, जेठ २३, २०७६ मा प्रकाशित
  • हीरा कुँवर÷तम्घास गुल्मी । तालिम हल निकै रोचक र आकर्षक थियो । औपचारिक पोसाकमा सजिएका युवाहरु मन्त्री, साम्सद, सत्तापक्ष, प्रतिपक्ष, सचेतक, सभामुख, मर्यादापालक लगाएत विभिन्न भुमिकामा थिए । दर्शकहरुलाई यस्तो लाग्थ्यो कि त्यहाँ नमुना संसद होइन संसदभवनभित्रको संसद बैठक चलिरहेको छ । सहभागी युवाहरुको बोली, हाउभाउ र प्रस्तुति दमदार थियो । रेसुंगा नगरपालिकाको नमुना युवा सम्सद स्थापना र अभ्यास कार्यक्रमको एक झलक थियो यो । २०७६ जेठ २० र २१ गते सञ्चालन गरिएको उक्त तालिममा सहजीकरणका लागि प्रदेश नं. ५ का विशेषधिकार समितिका संयोजक तथा प्रदेश सभा सदस्य कमल श्रेष्ठ आफैं सहभागी हुनहुन्थ्यो । उक्त तालिममा युवाहरुलाई संसद कसरी चलाउने ? संसदभित्र के कस्ता आचारसंहिता र अभ्यासहरु हुन्छन् भन्ने विषयमा सैद्धान्तिक र व्यवहारिक कुरा सिकाइएको रहेछ । तालिमको विषयवस्तु निकै उपयोगी र व्यवहारिक लाग्यो । थाहा थिएन, त्यहाँ अभ्यास गरिरहेका युवाहरु साँच्चिकै राजनीतिक नेतृत्वमा पुग्ने हुन् वा जीवननिर्वाहको लागि मलेसिया, साउदी अरब अनि खाडी मुलुकमा ? उक्त तालिमको अनौठो अभ्यासले लेखकको मनमा भने युवा र राजनीतिको तातो बहस चलिरहेको थियो । २०६२÷६३ को जनआन्दोलन लोकतन्त्र प्राप्तिका लागि आफैले खेलेको भूमिका र विद्यार्थी राजनीतिमा बिताएका क्षणहरुको झलझली सम्झना आइरहेको थियो । मनले मनसंगै प्रतिप्रश्न गरिरहेको थियो । के साँच्चिकै हजारौं युवाहरुको अर्थपूर्ण हिस्सा अहिलेको राजनीतिमा सुरक्षित छ त ? जिम्मेवारी पाएका एकाद युवाहरुले पनि युवाहरुको नेतृत्व विकास र राजनीतिक सहभागिताको लागि निर्णायक भूमिका निभाइरहेका छन् वा नेता, दल, गुट, उपगुटको चंगुलमा फसेर चाकडीमा लिप्त छन् ? यो प्रश्न आफैमा गम्भीर अनि सोचनीय छ । नेपालका हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहासलाई हेर्ने हो भने अग्र पंक्तिमा देखिन्छ युवाहरुको भूमिका । आन्दोलनको मोर्चा सम्हाल्नेदखि लिएर नेताहरुलाई सुरक्षा दिनेसम्म । राजनीतिक दल अनि नेताको समर्थन र विरोधमा भिडन्तमा उत्रिने म्यादीको भूमिकासम्म युवाले निभाएको देखिन्छ । तर युवालाई राजनीतिमा अवसर र जिम्मेवारी दिने विषयमा भने जुनसुकै पार्टीको पनि अवस्था कमजोर देखिन्छ । नेताहरुले चुनाव जित्न, आफ्नो पक्षमा जनमत सिर्जना गर्न र सुरक्षाका लागि युवाहरुलाई बढी प्रयोग गरेपनि जिम्मेवारी दिने विषयमा युवाहरुको त्यागको सम्मान हुने गरी उचित जिम्मेवारी दिएको देखिंदैन । नेपाली राजनीतिमा अहिले पनि राजनीतिक परिपक्वतालाई कपाल फुलेको, सक्रिय जीवन पार गरेको र जेलनेल भोगेको व्यक्ति हुनुपर्ने आम धारणा छ र धेरैजसो अभ्यास पनि यस्तै छ । जुन धारणाले युवालाई राजनीतिक अवसर र अर्थपूर्ण सहभागिता बनाउने विषयमा नेतृत्वमा आनाकानी भइरहन्छ । नेपाली समाजमा राजनीतिप्रति युवाहरुको चासो पनि कमजोर देखिएको छ पछिल्लो समयमा । जसले गर्दा राजनीतिमा आसा लाग्दा कैयौं युवाहरुले पनि सम्बन्धविच्छेद गरिरहेका छन् राजनीतिसंग । जसमा नेतृत्वको ध्यान पुगेको देखिदैन ।
    युवा राजनीतिको सम्भावना
    विश्वका विभिन्न देशका अभ्यासहरु हेरौं, युवाहरुको नेतृत्वले देशले काँचुली फेरिरहेका प्रशस्त उदाहरणहरु छन् ।राजनीतिमा युवाहरुलाई कसरी संलग्न गराउने र उनीहरुको दिगोपनाका लागि के गर्ने ? आर्थिक रुपमा युवाहरुलार्ई कसरी टिकाइराख्ने ? यो विषय सम्बन्धित पार्टी अनि राज्यले सोच्नु जरुरी छ । सक्षम, पढेलेखेका युवाहरुलाई विदेश पलायन हुनबाट कसरी रोक्ने ? यो विषयमा राज्य गम्भीर हुँदै उचित कार्यक्रम र योजना ल्याउन जरुरी छ । आर्थिक रुपमा आत्मनिर्भरता स् निम्नमध्यम वर्गीय परिवारबाट भर्खर कलेज पढ्न आएको युवा राजनीतिमा लाग्छ, खट्छ, भिड्छ र पार्टी संगठनको लागि मरिमेटेर लागेको हुन्छ । जब उसले घरको खर्चमा रमाएर औपचारिक शिक्षा पुरा गर्छ तब बल्ल महसुस हुन्छ । आफ्नो आम्दानी र पारिवारिक व्यवस्थापनको विषय । संगठनको काम गर्दा उसलाई न त कसैले सोध्छ, न त ऊ आफैले सोचेको हुन्छ । तसर्थमा राजनीतिमा युवालाई टिकाइराख्न अब राज्यले उनीहरुलाई सहयोग पुग्ने खालमा वैकल्पिक कामहरुको अवसर दिन जरुरी देखिन्छ । जसले उनीहरुको आर्थिक पाटोलाई समेत मजबुत बनाउन सघाउ पुग्छ ।
    आम दृष्टिकोणमा परीवर्तन स् राजनीति अन्य क्षेत्रमा केही गर्न नसक्ने र कमजोर व्यक्तिले गर्छन् भन्ने आम धारणा छ । अलि पढेलेखेका, शिक्षित व्यक्तिहरु अन्यत्रै सेट हुनुपर्दछ भन्ने समाजको मान्यता पनि छ । जुन धारणा गलत छ । देश चलाउने, समाजको नेतृत्व गर्ने, नीति निर्माण गर्ने व्यक्ति पक्कै पनि सक्षम र अब्बल हुनुपर्दछ , हुन जरुरी छ । योग्य र सक्षम व्यक्ति राजनीतिमा लाग्न जरुरी छ ।
    असल राजनीतिक संस्कारको विकास स् राजनीतिक संस्कार असल भयो भने नेता पनि असल हुन्छन् । ती नेताले गर्ने काम र उनीहरुको दृष्टिकोण पनि असल हुन्छ । अहिले समाजमा देखिएको विकृत राजनीतिक संस्कारको अन्त्य हुनुपर्दछ । नेताको वरीपरी घुम्ने र चाकडी चाप्लुसी गर्ने व्यक्तिले जिम्मेवारी पाउने होइन कि क्षमताको आधारमा जिम्मेवारी दिने संस्कारको विकास गर्न जरुरी छ । जसले युवाहरुलाई पनि राजनीतिमा सकारात्मक दृष्टिकोण बनाउनका लागि सहयोग पुग्दछ । राजनीति फोहोरी खेल हो भन्ने आम धारणालाई चिर्न पार्टी संचालनका तौरतारिकादेखी लिएर राजनीतिक व्यवहार र निर्णयमा निष्पक्षता हुन जरुरी छ ।
    खर्चिलो र भड्किलो निर्वाचन प्रणालीको अन्त्य, निर्वाचन अत्यन्तै खर्चिलो हुँदा सामान्य हैसियतको व्यक्तिमा राजनीतिप्रति निरासा बढ्दै गएको देखिन्छ । जसको प्रभाव युवाहरुमा पनि परेको छ । जसले गर्दा सामान्य व्यक्तिको पहुँचभन्दा टाढाको विषय बनिरहेको छ, निर्वाचन र राजनीतिक अवसर । निर्वाचन आचारसंहिताले तोकेको सीमामा रहेर खर्च गर्ने परिपाटीको विकास हुने हो भनेमात्र असल राजनीतिक संस्कारको विकास हुन सक्दछ । युवाहरुमा पनि सकारात्मक सोचको विकास हुनसक्दछ ।
    यी र यस्ता धेरै बिषयहरु छन्, जसले राजनीतिमा युवा सहभागिता बढाउनका लागि सहयोग गर्दछन । नमुना संसदको अभ्यास गर्ने अहिलेका सांसद, सभामुख, मन्त्रीहरु जस्तै कैयौ युवाहरु साच्चिकै यो देश हाक्ने नेतृत्वमा पुग्न सकुन्, शुभकामना ।
    हीरा कुँवर गुल्मी जिल्लामा रहेर सामाजिक कार्यमा सक्रिय छन् ।
    प्रतिक्रियाको लागी:hira.kunwar@gmail.com

    Advertisement

    बिहिबार, जेठ २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...