• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

लोकप्रिय समाचार

  • १. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ५. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सुरु


  •   शुक्रबार, जेठ १७, २०७६ मा प्रकाशित
  • टंकराज अधिकारी,धान्द्रुक । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्व सुरु भएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी त्यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्न आयोजित महोत्सव जेष्ठ २० गतेसम्म चल्ने आयोजनक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताउनुभयो । महोत्सवको उद्घाटन गर्दै नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले हिमाल र पहाडीको कनेक्टिभिटीको विकास र विस्तार हुन सके समग्र नेपालको पर्यटन उद्योग फस्टाउने बताउनुभयो । ‘अझै पनि तराईमा बस्नेले हिमालको भूगोल र पहाडमा बस्ने तराईको भूगोलप्रति अपरिचित हुनुपर्ने परिस्थितिको अन्त्यका लागि कनेक्टिभिटी हुन जरुरी छ,’ नेता गच्छेदारले भन्नुभयो । वहाँले नेपाल सुन्दर देश भएको चर्चा गर्दै भारतीय पर्यटक र चिनियाँ पर्यटकको बढाउन सके समृद्ध नेपालको परिकल्पना साकार हुने विश्वास व्यक्त गर्नुभयो ।गण्डकी प्रदेशका सांसाद राजीव पहारीले घान्द्रुकमा विकासका पूर्वाधारको सुरुवात भइसकेको र अबका केही वर्षभित्र चिल्ला र काला सडकमा सर्रर गुड्न सकिने बताउनुभयो । घान्द्रुकको सडक कालोपत्र भएपछि यस क्षेत्रमा आन्तरिक पर्यटकको ओइरो लाग्ने सांसद पहारीको विश्वास छ । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले घान्द्रुकको मौलिक पहिचान नै एकता भएकाले सम्पूर्ण घान्द्रुकबासी एक भई पर्यटन प्रवद्र्धनमा लाग्न सुझाव दिनुभयो । अन्नपूर्ण सन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका उपसभापति आइबहादुर गुरुङ, छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङ, रोधीं क्लब घान्द्रुकका अध्यक्ष पूर्णप्रसाद गुरुङ, महोत्सव मुल व्यवस्थापन समितिका सहसंयोजक भुवनेश्वर गुरुङ, महासचिव दिलीप गुरुङ लगायतले महोत्सवका उपलब्धिबारे चर्चा गर्नुभएको थियो । चारदिनसम्म चल्ने महोत्सवमा भलिबल र बास्केटबल खेलका प्रारम्भिक खेलहरु सम्पन्न भएका छन्् । यसअघि प्रमुख अतिथि गच्छदारले खेलका मुख्य रेफ्रिलाई बल हस्तान्तरण गरि महोत्सवको उद्घाटन गरेका थिए । महोत्सव अवधिभर घान्द्रुक पुग्ने पाहुनालाई सस्तो प्याकेजको व्यवस्था गरिएको छ । एक जनालाई नौ सय नेपाली रुपियाँमा बेलुकाको खाना, एक रातको बास र विहानको खाजासहितको छुट दिइने व्यवस्था मिलाइएको छ ।
    अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट पौडेल र परियार सम्मानित
    अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्धारा सञ्चालित अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार राससकर्मी बासुदेव पौडेल र कान्तिपुरकर्मी दीपक परियारलाई संयुक्त रूपमा प्रदान गरिएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमबाट विशेष भूमिका खेलेवापत सो पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । यो पहिलो पुरस्कार हो । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समुद्घाटन समारोहका सन्दर्भमा नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सो पुरस्कार पत्रकारद्वय पौडेल र परियारलाई प्रदान गर्नुभएको हो । अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न सञ्चारमाध्यमबाट पर्यटनसम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्न यसैवर्षदेखि यो पुरस्कार प्रदान गर्ने गरी नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको थियो । समितिमा पत्रकार एवं अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी, समितिका सल्लाहकार यमनाथ सापकोटा र समितिका अध्यक्ष ललित गुरुङ सदस्य रहेका थिए ।प्रतिभा छनौट समितिका संयोजक राजबहादुर गुरुङले अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारले आमसञ्चारकर्मीको हौसला थपेको बताउँदै पुरस्कृत प्रतिभाको थप हौसला अभिवृद्धि भई अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सव प्रचार संयोजक एवं प्रतिभा छनौट समितिका सदस्य टंकराज अधिकारीले पुरस्कृत प्रतिभाको व्यक्तितव र कृतित्वको बारेमा चर्चा गर्दै अन्नपूर्णको पर्यटन प्रवद्र्धनमा वहाँहरुको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गर्नुभयो । पुरस्कृत प्रतिभा बासुदेव पौडले पुरस्कार प्राप्तिले आफ्नो दायित्व थपिएको बताउँदै भावी दिनमा अझ बढी समाचार लेख्न प्ररेणा मिलेको बताउनुभयो । पौडेल विगत १३ वर्षदेखि र परियार विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।सोही समारोहमा पोखरेली मूर्तिकार विष्णुप्रसाद बराल पनि सम्मानित भएका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधारशिविरमा स्थापना गर्न लागेको फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको अर्धकदको शालिक कुलश शिल्पीद्वारा निर्माण गरेवापत सम्मान गरिएको हो । वहाँलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले दोसल्ला ओढार सम्मान पत्र अर्पण गर्नुभएको थियो ।
    धावकहरु देउरालीमा
    दोस्रो अन्नपूर्ण म्याराथनमा सहभागी हुने एबीसी प्रस्थान गरेका धावकहरु देउराली पुगेका छन् । म्याराथन प्राविधिक निर्देशक खड्बहादुर रानाभाटको नेतृत्वमा गएको धावक टोली शुक्रबार देउराली पुगेको हो । अन्नपूर्ण बेसक्यापबाट जेष्ठ २० गते बिहान ६ः३० बजे आरम्भ हुने ४२.१९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी, भैंसीखर्क हु“दै घान्द्रुकमा समापन हुने म्याराथन प्राविधिक निर्देशक भूतपूर्व खेलाडी मञ्च नेपालका सल्लाहकार खड्कबहादुर रानाभाटले बताए । म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख पाँच हजार, ७५ हजार र ५५ हजार रुपैया“ पाउनेछन् । सान्त्वना स्वरुप १० धावकलाई पुरस्कृत गर्ने छ ।

    Advertisement

    शुक्रबार, जेठ १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • २.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ३.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ४.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ५.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ६.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ७.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ८.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation