भारतमा बन्धक बनाइएका दस नेपाली महिलाको उद्धार

कामना डेली,कपिलवस्तु(कृष्णनगर) । लामो समय देखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका दश नेपाली महिलालाई उद्धार गरिएको छ ।वैदेशिक रोजगारीको लागि कुवेत पठाउने भन्दै महीनौदेखि नयाँ दिल्लीको दक्षिण पश्चिम किशनगढ स्थित एक घरको २ वटा कोठामा बन्धक बनाएर राखिएका दश महिलाको उद्धार गरिएको हो ।कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्ता गरिएको हो ।झापा, दाङ, धादिङ, सुनसरी र रुपन्देही घर भएका महिलाहरुको उद्धार गरिएको हो । नेपाली दुतावास र आफन्त नेपालको सहकार्यमा उनिहरुको उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ ।उद्धार पश्चात स्वदेश फर्काईएका महिला तथा किशोरीहरु मध्ये ६ जनालाई उनीहरुको इच्छाअनुसार पारिवारिक पुनर्मिलन गरिएको हो भने ४ जना महिला तथा किशोरीहरुलाई चितवनस्थित आफन्त नेपालको सुरक्षित आवास गृहमा राखेर सीप विकास तालिम दिने तयारी रहेको संस्थाका निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो । नेपालको बिभिन्न सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमापार गराइएको बताइएको छ । भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखी बन्धक बनाएको महिलाको भनाइ छ ।आफन्त नेपालका दिल्लीस्थित प्रतिनिधि नवीन जोशीले दिएको जानकारीअनुसार विभिन्न जिल्लाबाट फरकफरक व्यक्तिसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि ती महिला भारत पुगेका थिए । घरको आर्थिक अवस्था कमजोर भएको र छोराछोरीको उज्वल भविष्यको लागि भन्दै घरबाट निस्किएका उनिहरुको उमेर २२ देखि ३९ बर्ष सम्म रहेको पाईएको छ। मानव बेचविखनको बदलिँदो स्वरुपसँगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवं कठिनपूर्ण हुँदै गइरहेको छ । जसको चपेटामा भारतको बाटो हुँदै तेस्रो मुलक पुगेका हजारौं महिला तथा किशोरी परेका छन् । रोजगारीका लागि भारत हुँदै तेस्रो मुलुक पुगेर उनीहरुले दुःखकष्ट भोगिरहेका छन् । बढ्दो वेरोजगारको समस्याले मानव बेचबिखनको जोखिममा पर्नसक्ने सम्भावना उच्च रहेकाले यसतर्फ सरोकारवाला सबै पक्षको ध्यान जानुपर्ने केआई निर्देशक भट्टराईले बताउनुभयो।

Sharing Now!

You might also like

Comments are closed.