प्रिया स्मृती गजमेर, दाङ वैशाख १८
श्रमिक दिवसको अबसर पारेर दाङको लमहीमा ट्राफिक सचेतना कार्यक्रमको आयोजन गरिएको छ । ट्राफिक सचेतनाको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत आज पाचौ दिन दाङको लमही बजारमा शुरु भएको हो।
ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतनाका कार्यक्रम गरिरहेको छ । यस कार्यक्रममा देउखुरी उधोग बाणिज्य संघ लमहीको आर्थिक सहयोग,फ्लोरेन्स अस्पतालर आँखा अस्पताल लमहीको प्राबिधिक सहयोग रहेको छ। यहि वैशाख १४ देखि शुरु भएको कार्यक्रम वैशाख २० गते सम्म चल्ने भएको अस्थायी प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णु बहादुर केसीले बताए। खासगरी दुर्घटनालाई न्यूनीकरण गर्नकै लागि जिल्लामा ट्राफिक प्रहरीले विभिन्न बिकल्पहरु खोजी रहेको छ यद्यपि दुर्घटनामा भने कमि आउन सकेको छैन। ट्राफिक प्रहरीका अनुशार सडक साघुरो,अपरिपक्व ड्राइभर,हेलचेक्राई,मानसिक तनाबका कारण,तिब्र गति,मादक पदार्थ सेवन्ले गर्दा दुर्घटना हुने गरेको हो। सवारी दुर्घटना कम गर्नका लागि यान्त्रिकहरु पटक पटक चेकजाँच गर्नु पर्यो,लाइसेन्स बितरण गर्दा यातायात ब्यबस्था कार्यालयले ध्यान दिनु आबश्यक छ अस्थायी प्रहरी लमहीका प्रमुख बिष्णु केसीले भने।हामीले हाम्रो तर्फ बाट अथक प्रयास गरेका छौ,र संबंधित निकायले पनि पहल गर्नु पर्छ केसीले भने। प्रदेश नम्बर ५ को दाङ सबै भन्दा उच्च दुर्घटना हुने जिल्ला दाङ हो। दाङको भौगोलिक बनावट,सडकको गुणस्तर,यान्त्रिक त्रुटि,लामो दुरिको निरन्तर यात्रा,मौसम प्रतिकुल,छाडा पशु चौपाया,सडक अतिक्रमण,चालकको लापरबाही,बिग्रेका गाडिहरु साइड लगाउने यन्त्र नहुदाका कारण पनि बढी दुर्घटना हुने गरेको देउखुरी उधोग बाणिज्य संघ लमहीका महासचिब कमलजङ सिंह ठकुरीले बताए।
उनका अनुशार यस क्षेत्र सवारी दुर्घटनालाई कमि तुल्याउने सोचले देउखुरी उधोग बाणिज्य संघले ट्राफिक प्रहरी संग विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आएको छ। अज बुधबार दाङको लमहीमा आयोजना गरिएको कार्यक्रममा सवारी चालक र सहचालकको स्वास्थ्य परिक्षण गरिएको छ।
श्रमिक दिवसका दिन ट्राफिक सचेतना कार्यक्रम
श्रमिक दिवसका दिन ट्राफिक सचेतना कार्यक्रम
Advertisement
तपाईको प्रतिक्रिया