बर्दिया। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बर्दियाका जिल्ला सदस्यले जिल्ला प्रशासन कार्यालयमा बर्दियामा आत्मसमर्पण गरेका छन् ।नेकपा विप्लव पार्टीका पूर्वजिल्ला सदस्य ठाकुरबाबा नगरपालिका–७ का ४७ वर्षीय यज्ञप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय गुलरियामा आफै उपस्थित भएर पार्टीको कुनै पनि भूमिकामा नरहने उल्लेख गर्दैै अब उप्रान्त पनि विप्लव पार्टीमा कुनै संलग्नता सम्बन्ध नभएको र सोमबारदेखि नै सम्बन्ध विच्छेद गरेको सापकोटाले बताएका छन् । नेकपा विप्लव पार्टीका पूर्वजिल्ला सदस्य सापकोटाले आत्मसमर्पण गरेको जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए । उनका अनुसार नेकपा विप्लवको पार्टीमा कुनै पनि भूमिमा नरहने भन्दै आत्मसमर्पण गरेकाले सुध्रिने मौका दिइएको प्रजिअ कुरुम्बाङ्ग बताए ।
विप्लवका सदस्यद्वारा आत्मसमर्पण
विप्लवका सदस्यद्वारा आत्मसमर्पण
Advertisement
तपाईको प्रतिक्रिया