– प्यार अलि खाँन,प्युठान।
प्यूठानमा ९ वटा स्थानीय तहहरु छन् । सबै स्थानीय तहहरुले आ–आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरि योजनाबद्ध ढंगबाट समृद्धि हासिँल गर्न लागि परेका छन् । यसै परिपृक्ष्यमा छिमेकी जिल्ला दाङ्गको सिमानामा रहेको दक्षिणी क्षेत्रमा अवस्थित सरुमारानी गाँउपालिकाले पनि समद्धिको यात्रा तय गर्न विभिन्न रणनैतीक योजनाका साथ अघि बढीरहेको छ । ‘‘स्वच्छ समृद्ध र भ्रष्टाचार रहित सरुमारानी गाँउपालिका निर्माणको आधार, सुशासनयुक्त सामाजिक, आर्थिक विकास र वातावरणमैत्री विकसित पुर्वाधार’’ भन्ने मुल नाराका साथ सरुमारानी गाँउसरकारले भौगोलिक अवस्थिति, सामाजिक विकास र सेवामा पहुँच, शिक्षा, स्वास्थ्य, कृषि, यातायात, पर्यटन तथा भौतिक पूर्वाधारको विकासमा सन्तुलित समग्र विकासको अवधारणा अनुसार गाँउपालिकालाई समृद्धिको दिशामा अघि लैजान एकिकृत विकासको गुरुयोजना तथा सामाजिक विकासका विभिन्न पक्ष तथा आयामहरुमा रणनीतिक योजनाको निर्माण गर्दै आफ्ना गतिविधि अगाडी बढाउँदै लगिरहेको छ । यहाँ सरुमारानी गाँउसरकारले संचालन गरेका केही मुलभुत तथा लोकप्रिय योजनाबारे सक्षिप्त चर्चा गर्ने प्रयास गरेको छु ।
सामुदायिक शिक्षामा अनुदान
सरुमारानी गाँपालिकाले पालिका भित्र रहेका २७ वटा सामुदायिक विद्यालयहरुमा शिक्षा संचालन अनुदानको व्यवस्था गरेको छ । आवस्यकता अनुसार दरबन्दी नहुँदा विद्यालय संचालनमा समस्या भोग्दै आएका, तथा नीजि
स्रोतका शिक्षकहरुलाई गाँउलेहरुले चन्दा उठाएर तलब खुवाउनुपर्ने बाध्यतालाई अनुदानको कार्यक्रमले समस्या समाधान गरेको पालिकाका अध्यक्ष झग बहादुुर विश्वकर्माले बताएका छन् । गाँउपालिकाले हालै जारी गरेको शिक्षा ऐनले शैक्षिक समस्याहरुलाई निराकरण गर्दै पालिकाले वर्ष २०७५ लाई शैक्षिक गुणस्तर सुधारको वर्षको रुपमा समेत कार्यान्वयन गरिरहेको छ ।
सामुदायिक स्वास्थ्य इकाई
गाउँपालिकाले ५ वटा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरीसकेको छ । चालु आ.व.मा वडा नं. २, ४ र ६ मा सामुदायिक स्वास्थ्य ईकाई भवन निमार्ण कार्यको सुरु गरिएको पालिका अध्यक्ष झग बहादुर विश्वर्माले बताए । अब पालिकाका सबै वडाहरुबाट स्वास्थ्य सेवा लिन सहज हुने उनको भनाई छ ।
खानेपानीको सहजता
सरुमारानी गाँउपालिकाले पालिकाभर खानेपानीको आपुर्ति तथा सरसफाई व्यवस्थापन गर्न आ.व ०७६÷०७७ मै सम्पन्न हुने गरि एक घर एक धाराको अभियान पुरा गर्ने लक्ष्य लिइएको छ । खानेपानी आपुर्तिको व्यवस्था गर्दै २०७६ चैत्र मसान्त सम्म पूर्ण सरसफाईयुक्त गाँउपालिका घोषणा गर्ने योजना छ । हंसपुर तथा ददेरीमा बृहत खानेपानी योजनाको निमार्णकार्य जारी छ भने पालिकाको केन्द्र बड्डाँडामा एक घर, एक धाराको अवधारणा वमोजिम खानेपानीको आपुर्ति तथा व्यवस्थापन गरि सकिएको छ ।
यातायातको पहुँचमा सबै बस्ती 
पालिकाले सडक गुरुयोजना बनाउँदै छ । गा्रमिण सडकको पहुँचबाट कुनैपनि बस्तीलाई विमुख नगराउने गरि कामहरु अघि बढीरहेका पालिकाले जनाएको छ । केही विकट बस्ती बाहेक सबै गाँउ तथा बस्तीहरुमा सडक संजाल पुगिसकेको र प्राथमिकताका आधारमा सडकलाई स्तरोन्नती समेत गर्दै जाने पालिकाले योजना बनाएको छ । यसैविच बड्डाँडा ऐरावती कृषि सडकमा गा्रभेलको काम सुरु गरिएको छ । सरुमारानी गाँउपालिका र साविकका ८ वटा सामुदायिक वन समुहको सहकार्यमा बड्डाँडा हंसपुर ऐरावती कृषि सडकको गा्रभेल गर्ने कार्य सुरु भएको पालिकाका वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक मोहम्मद हलिम हलुवाईले जानकारी दिएका छन् । कुल १६ कि.मि सडक मध्ये यस आवमा ८ कि.मि सडक गा्रभेल गर्न लागिएको हो । प्रदेस सरकारको अनुदानमा ऐरावती –बड्डाँडा –जस्पुर हुँदै दाङ्ग जोड्न ५० लाखको बजेटमा काम सुरु हुन लागेको पालिकाका पूर्वाधार विकास समिति संयोजक चिन्त बहादुर सौमैले जानकारी दिएका छन् ।
सामुदायिक वनसंङ्ग गाँउपालिकाको साझेदारी
सामुदायिक वनहरुको कार्ययोजनामा वन पैदावरबाट प्राप्त हुने आम्दानीको २५ प्रतिसत गरिवि निवारणमा, वन संरक्षणमा ३५ प्रतिसत र भौतिक पूर्वाधार निर्माणमा ४० प्रतिसत रकम खर्च गर्ने कार्ययोजनामासामुदायिक वनसंङ्ग गाँउपालिकाको साझेदारी सामुदायिक वनहरुको कार्ययोजनामा वन पैदावरबाट प्राप्त हुने आम्दानीको २५ प्रतिसत गरिवि निवारणमा, वन संरक्षणमा ३५ प्रतिसत र भौतिक पूर्वाधार निर्माणमा ४० प्रतिसत रकम खर्च गर्ने कार्ययोजनामा व्यवस्था छ । सरुमारानीमा रहेका सामुदायिक वनहरुले अपेक्षित उपलब्धी हाँसिल गर्न नसकिरहेको बेला पालिकाले ४० प्रतिशत प्रत्यक्ष रुपमा लगानी गर्ने गरि सामुदायिक बनसंग साझेदारी कार्यक्रम लागु गरेको पालिकाका सदस्य एंव वन वातारण तथा विपद व्यवस्थापन समिति संयोजक मोहम्मद हलिम हलुवाईले बताए । साझेदारी कार्यक्रमले भौतिक पूर्वाधारको विकास, वन संरक्षण, सिंचाई, सडक, पैदल पुल, नर्सरी निर्माण गर्ने छ । गाँउपालिकाले सामुदायिक वनहरुसंग समपुरक साझेदारी कार्यक्रम सुरु गरीसकेको छ ।
किसानसंग गाउँसरकार कार्यक्रम
परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिकिकरण गर्दै कृषि उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातमुखी बनाउन योजनाबद्ध ढंगले क्रमिक रुपमा किसानसंग गाँउसरकार कार्यक्रमको बजेट क्रमश बृद्धि गर्दै यस चालु आवमा १ करोड बजेट व्यवस्थापन गरिएको छ । विभिन्न बस्तीमा माटो तथा वातावरणीय परिक्षणद्धारा उत्पादन हुने बालीको आधारमा पकेट क्षेत्र निर्धारण गरि किसानलाई उत्पादनमा बृद्धि गर्नका लागि विउ, मल, पूर्वाधार, कृषि यन्त्र तथा औजारमा परिपुरक बजेट अनुदानको व्यवस्थ गर्ने, र उत्पादित बस्तुलाई संकलन तथा बजारीकरण गर्न कृषि सहकारी संस्थालाई जिम्मेवारी दिँदै सहकारीलाई समेत सबसिटि दिने पालिकाले योजना बनाएको छ ।
छोरी पेवा बचत कार्यक्रम
सरुमारानी गाँउपालिकाले छोरीहरुको प्रोत्साहनका लागि पालिकाका ६ वटै वडाहरुमा जन्मिने हरेक छोरीको नाममा सहकारीमा छोरी पेवा बचत खाता खोलीदिएको छ । छोरीमैत्री पालिका बनाउने योजनाका साथ अघि बढेको पालिकाले छोरीमाथी हुने विभेदको अन्त्य गरि उनिहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम गराउने लक्ष्य लिएको छ । यस आर्थिक वर्ष देखि जन्मिने छोरीको लागि मासिक १ सय रुपैयाँ जम्मा गरिदिने पालिकाले जनाएको छ । छोरी पेवा वचत कार्यक्रमका लागि २० वर्षे अवधारणा अघि सारीएको छ । १० वर्ष सम्म पालिकाले वचत खातामा रकम जम्मा गर्ने र वाँकी १० वर्ष अभिभावकले जम्मा गर्ने छन् । पालिकाले वालविवाह रोक्न तथा २० वर्ष नपुग्दै विहे नगर्ने परिस्थिति निर्माण गर्न यो अभियानलाई महत्वका साथ अघि बढाएको छ ।
विद्यार्थीलाई बस सेवा
कलिला–कलिला स–साना बालबालिका तथा विधार्थीहरु सडक किनारमा उभिएर हात दिँदै विद्यालय जान सवारी रोकीदिन आग्रह गर्थे । एक्लैलाई गाडीले रोक्दैन की भनी उनिहरु समुह नै बनाई सडकमा उभिन्थे विद्यालय जानआउनै मुस्किल प्यूठान भालुबाङ्ग सडकखण्डको करिब २० कि.मि सडक आवतजावतमा हिड्नुपर्ने बाध्यता गाँउपालिकाले हटाएको छ । गाँउमा ५ कक्षा भन्दा माथिको पढाई नहुँदा थक्लेनी, मोतीपुर, छत्तीनदमार, हपुरखोला, ठाडीओढार, केडुले गाँउका विद्यार्थीहरु बड्डाँडा स्थित जनता मा.वि.मा अध्ययन गर्न आउनु पर्दछ । स्कुल टाढा भएकै कारण विचमै केही विद्यचर्थीहरुले पढाई समेत छाडेका थिए । गाँउपालिकाले अभिभावकहरुलाई आर्थिक भार नपर्ने गरि स्कुल बसको व्यवस्था गरेको छ । पालिकाले स्वर्गद्धारी यातायात व्यवसायी समितिसंग समन्वय गरि विद्यालय यातायात सेवा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक योगकुमार पाण्डेले बताए । घण्टौँ समय पैदल हिड्नुपर्ने र सार्वजनिक बस कुर्नुपर्ने बाध्यता हट्दा विद्यार्थीको पढाईमा समेत सुधार आउनेमा पालिका अध्यक्ष विश्वकर्माले विश्वास व्यक्त गरेका छन् ।
शहिद परिवारलाई सम्मान
दशवर्षे द्धन्दका वखत राज्य र विद्रोही पक्षबाट मारिएका शहिद परिवारलाई शहिद दिवसको अवसर पारेर गाँउपालिकाले सम्मान गरेको छ । गाँउपालिका भित्रका नौ शहिद परिवारलाई सम्मान गरिएको पालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताएका छन् । विभिन्न कालखण्डमा ज्यान गुुमाएका पुतला रायमाझी, हरि बहादुर केसी, तिखु मिँया, सीमा केसी, हीरा विक, जोखी उलुंगे, शुव बहादुर बैजाली, रुमा बुढा, मुसाराम धामीको परिवारलाई सम्मान गरिएको अध्यक्ष विश्वकर्माले बताए । शहिद परिवारलाई दोसल्ला ओढाई नगद २० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । पालिकाले शहिदहरुको सम्झनामा वडा नं. २ मा शहिद पार्क निर्माण गर्ने योजना बनाएको पालिका अध्यक्ष विश्वकर्माले बताए ।
पर्यटनमा प्रवद्र्धनमा गाँउपालिका
गाँउपालिकाका वडा नं. ४ मा अवस्थित ऐतिहासिक गडीदरबार र रानी कुवालाई संरक्षण तथा सम्वद्र्धन गर्दै पर्यटकिय गन्तव्य स्थल बनाउन पिकनिक पार्क निर्माण गर्न प्रदेस सरकारको समपुरक बजेटकोसाझेदारीमा ४० लाख बजेटमा पिकनिक पार्कको निर्माण कार्य सुरुहुन लागेको पालिकाका प्रवक्ता बसन्त बहादुर जिसिले बताए । धार्मिक पर्यटकिय गन्तव्य स्थल स्वर्गद्धारी लगाएत प्यूठानका पर्यटकिय स्थलको प्रवेशद्धार मात्र नभएर ऐरावती, सिध्दलेक, सरुमारानी जस्ता ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलको प्रवद्र्धनमा गाँउपालिकाले योजना नै बनाएर अघि बढेको देखिन्छ । मदन आश्रित स्मृति पार्क, पुठादरवार, ऐरावती दोमही, किमिचौर दह जस्ता क्षेत्रको संरक्षण निर्माण तथा पुननिर्माण कार्यको थालनी समेत पालिकाले गरेको छ ।
खेलकुदमा लगानी तथा सुकुम्वासीको लगत संकलन
खेलकुद क्षेत्रको विकासका लागि एक वडा एक खेल मैदान निमार्णको नीति लिईएकोमा चालु आ.व.मा उक्त नीति कार्यान्वयन भएको पालिकाले जनाएको छ । वडा स्तरिय, गाँउपालिका स्तरिय खेलकुद प्रतियोगिता संचालन गर्नुका साथै अन्तर स्थानियतह खेलकुद प्रतियोगितामा पालिकाले उत्कृष्ठ सहभागिता जनाएको पालिका अन्तर्गत खेलकुद संयोजक भरत एम.सि.ले बताए । गाँउपालिका अन्तर्गत रहेका भुमिहिन सुकुम्वासी, अव्यवस्थित बसोवास तथा समस्यामा रहेका भुस्वामीत्वको लगत संकलन गर्ने कार्य पालिकाले सम्पन्न गरेको छ । तथ्यांक संकलनबाट पालिकाभित्र रहेका भुमिहिन तथा भुमिसंग सम्वन्धित समस्याको वास्तविक समस्या पहिचान गर्दै प्रेदस सरकारको एने तर्जुमा पश्चात् समस्या समाधान गर्न बाटो खुल्ने पालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए ।
विपन्न बर्गलाई जस्तापाता
सरुमारानी गाँउपालिकाले पालिका भित्र रहेको गरिब विपन्न वर्गलाई चालु आ.व.मा जस्तापाता वितरण गर्र्ने योजना बनाएको छ । आगामी वर्ष पालिकाभर प्रदेस सरकारसंग समन्वय गरि खरको छाना विस्तापीत गर्ने कार्यक्रमलाई पूर्णता दिईने पालिकाले जनाएको छ ।
पालिकालाई निशुल्क जग्गादान, भवन निर्माण हुने
गाँउपालिका सदस्य मोहम्मद हलिम हलुवाईको पहलमा पालिकाको भवन निर्माणका लागि करिब सवा करोडको जग्गा स्थानियहरुले निशुल्क रुपमा जग्गा दान गरेको गाँउपालिकाले जनाएको छ । साथै भवन निर्माणको टेण्डर समेत भैसकेको अवस्था छ ।
सबै धर्मको सम्मान
गाँउपालिकाले सबै धर्म तथा रितिरिवाजको सम्मान हुने गरि कार्यक्रमहरु संचालन गरिरहेको छ । विशेषत् पछाडी पारिएका समुदायहरुको शसक्तीरकणका लागि पालिकाले विभिन्न विषयगत उत्थान समतिलाई क्रियासिल बनाई उनिहरुकै योजना वमोजिम कार्ययोजना बनाई विभिन्न गतिविधिहरु संचालन गर्दै आएको पालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए । यसैविच मुस्लिम उत्थान समितिको पहल तथा गाँउपालिकाको सहयोगमा हंसपुर स्थित कास्कोटमा सदियौँ देखि तारबार विहिन मुस्लिम समुदायको समाधी स्थलमा तारबार गर्ने कार्य सम्पन्न भएको छ । बांगेसालमा अवस्थित समाधी स्थलमा पनि तारबारको कार्यक्रमलाई अघि बढाईएको पालिकाले जनाएको छ ।
समृद्धिको यात्रामा लम्कीदै सरुमारानी
समृद्धिको यात्रामा लम्कीदै सरुमारानी
Advertisement
तपाईको प्रतिक्रिया