कामना डेलि । फेसबुक रमाईलो र कुराकानिको लागि मात्र नभई आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सहयोग गर्नको लागि पनि सदुपयोग गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ “बिश्वकर्मा रुम रिलोडेड” ।
बिगत केही वर्षदेखि आफ्नो दुवै मृगौलाले काम गर्न छोडेपछी जीवन र मृत्युको मुखमा रहेका सन्तोष बिश्वकर्मालाई फेसबुक पेज ”बिश्वकर्मा रुम रिलोडेड” ग्रुपका सदस्यहरूले रु. ७० हजार रुपैयां आर्थिक सहयोग रकम संकलन गरि हस्तान्तरण गरेका छन् ।
पोखरा–२३ ठुला खेत बस्दै आएका १८ बर्षिय सन्तोषको दुवै मृगौलाले काम गर्न छाडेपछि आफ्नै आमाले मिर्गौला दिने भए पनि आर्थिक अवस्था कमजोर भएको कारण मृगौला प्रत्यारोपण गर्न समस्या भए पछि सहयोग संकलन अभियान सुरु गरिएको थियो। ग्रुपका एडमिन बिनिता सुनारको बिशेष पहलमा सहयोग संकलन गरी पिडित सन्तोषको निवासमा नै पुगि निज परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।
आर्थिक सहयोग रकम संकलन अभियानमा साथ दिने सम्पुर्णलाई धन्यवाद दिदै बिनिताले आगामी दिनमा पनि ग्रुपका सदस्यवाट यस्तै साथ र सहयोग रहने अपेक्षा व्यक्त गरिन् ।
फेसबुक ग्रुप “बिश्वकर्मा रुम रिलोडेड” को मृगौला पिडित सन्तोषलाई सहयोग
फेसबुक ग्रुप “बिश्वकर्मा रुम रिलोडेड” को मृगौला पिडित सन्तोषलाई सहयोग
Advertisement
तपाईको प्रतिक्रिया