अनिल खत्री, गुल्मी । होली पर्व सभ्य रुपमा मनाउन जिलला प्रहरी कार्यालय गुल्मीले अपिल गरेको छ । कार्यालयले एक सुचना जारी गर्दै यहि चैत ६ गते बुधवार मनाउन लागिएको होली पर्वको अबसरमा गुल्मी जिल्ला बासिहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै सदा जस्तै यस वर्ष पनि होली पर्वलाई सभ्य,भब्य र उल्लासमय रुपमा मनाउनको आग्रह गरेको हो ।
प्रहरीले जारी गरेको सुचनामा होली पर्वलाई अनुशासित र मर्या्दित बनाउन आग्रह गरिएको छ । होलीको अबसरमा कसैको ईच्छा बिपरित रंग दल्ने,पानीको लोला वा पानी फ्याँक्ने,गन्तब्यमा हिडिरहेको यात्रीलाई अनावस्यक दुस्ख हैरानी दिने काम कोही कसैले नगर्न आग्रह गरेको छ ।
महिला दिदी बहिनीहरुमा ईच्छा विपरित जबरजस्ती रंग नदल्न,नछ्यान् पनि आग्रह गरेको छ । विदेशी पाहुनाहरुलाई पानी,पानीको लोला,रंग नछ्यापौ, नलगाऔ,रंगको नाममा हानिकारक यूक्त क्यामिकल रसायन,पेन्ट वा मानव स्वास्थ्यलाई असर पर्ने रंगको समेत आग्रह गरेको छ ।
घरको छतबाट फोहोर पानी लोला नहान्न,फागू (होली) संग असम्बन्धित पक्षलाई दुस्ख,हैरानी नदिउ र दुर्घट्नाको सिकार हुनबाट बच्न सुचना जारी गरेको छ । होलिको नाममा कुनै अपराध हुने किसिमका कार्यहरु नगनै, ट्राफिक नियमको पालना गर्न, मादक पदार्थ तथा नसा जन्य पदार्थको सेवन गरी सवारी साधन चलाउने,समूहमा हो(हल्ला गर्ने खालका व्यवहार नगनै सुचना जारी गरेको छ ।
होली र फागु खेली सामाजिक सदभाव र भाईचारा खलबलिन नदिन, जिउ धन,सरकारी,निजी सम्पत्तीमा हानि नोक्सानी पुग्ने,शान्ती सुरक्षा अमन चयनमा बाधा पर्यायउने खालका काम कारबाही,व्यवहार नगरौ, नगराउन प्रहरीले सुचित गरेको छ । यस सूचनाको अवज्ञा हुने गरी कुनै पनि कृयाकलाप भएमा कानून वमोजिम कारबाही हुने प्रहरीको सुचनामा उल्लेख छ ।
