• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु

रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा

लोकप्रिय समाचार

  • १. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • २. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • ३. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ४. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ५. आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

  • ६. ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

  • ७. ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

  • ८. डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९ जना घाइते

  • ९. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • १०. राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

खुसीको खबर: पाल्पामा मिर्गौला रोगको निशुल्क डायलाइसिस सेवा सुरु


  •   बिहिबार, फागुन ३०, २०७५ मा प्रकाशित
  • कामना डेली,पाल्पा। विश्व मृगौला दिवसको अवसर पारेर पाल्पामा मृगौला पीडितहहरुको समस्यालाई ध्यानमा राख्दै पहिलो पटक हेमोडायलाईसिस सेवा सुरु भएको छ । लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रभाषले बिहिवार देखी उक्त सेवा सुरु गरेको हो । पत्रकार सम्मेलन मार्फत सेवा सुरु गरिएको औपचारिक जानकारी गराईएको हो। पाल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी मेडिकलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले पाल्पामा पहिलोपटक मिर्गौला रोगको निशुल्क डायलाइसिस सेवा सुरु गरिएको बताए।
    ‘ हामीले आजबाट डायलासिस सेवा नियमित रुपमा सञ्चालनमा ल्याएका छौं, उनले भने ‘यहा बाट हामीले विपन्न परिवारलाई राहत पुगोस् भन्ने सोचका साथ सेवा सुरु गरेका हौं ।’

    Advertisement

    ’डा. तिलचन पाण्डेले मृगौला रोगीहरुका लागि हप्तामा तीन पटकसम्म डायलाइसिस सेवा आवश्यक पर्न सक्ने बताए । ‘कन्भेसन डायलाइसिसमा ३ पटकसम्म पनि सेवा दिन पर्छ । एउटा व्यक्तिलाई ४ देखी ६ घण्टासम्म राखेर सेवा दिनुपर्छ । अनकन्ट्रोल डायविटिजका कारण मृगौलामा समस्या पर्न सक्छ । मानिसहरुले नबुझिकन नदुख्ने औषधी खाँदा, ग्यास्टीकको औषधी धेरै सेवन गर्दा यस्तो हुन सक्छ । हामीले ब्ल सुगर, मृगौला एलुमिन वा टक्सीन बढेको छ छैन पनि हेर्छौं ।’
    नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले नियमित रुपमा स्वास्थ्य उपचार लिनेहरुका लागि निकै राम्रो पहल भएको बताए । उनले लुम्बिनी मेडिकल कलेजले नाफा उन्मुख भएर सेवा प्रवाह गर्नुभन्दा पनि बृहत्तर जनतालाई ध्यानमा राखेर सेवा प्रवाह गर्न आग्रह गरे । पहाडी जिल्लाहरु पाल्पासँगै गुल्मी, अर्धाखाँची, स्याङ्जा, पर्वत, बाग्लुङका बिरामीहरुलाई लक्षित गरेर सेवा सुरु गरेको मेडिकलले जनाएको छ ।

    मृगौला रोगबाट कसरी बच्ने ?

    १) प्रशस्त पानी पिउने

    नियमित रुपमा प्रशस्त पानी नपिउनाले सबैभन्दा पहिलो खराब प्रभाव मृगोलामा पर्छ। पानीको अभावले मृगौलाले रगत सफा गरेर अनावश्यक फोहोर शरीरबाट फ्याँक्न गाह्रो गर्छ जसको परिणाम शरीरमा विषाक्त तत्व जम्मा भई स्वास्थ्य बिर्गाने काम गर्दछ।

    २) नुनको कम प्रयोग

    अत्यधिक नुनको प्रयोगले रक्त्तचाप वढाउनुका साथै मृगौलामा नराम्रो दबाब पार्छ। दिनमा ५ ग्राम भन्दा वढी नुनको प्योग स्वास्थ्यको लागि हानिकारक सावित भएको छ।

    ३) धुम्रपान र मदिरा त्याग्ने

    धुम्रपान र धेरै जाँड रक्सी सेवनले मृगौलामा थप नकारात्मक असर पार्छ। कुलतको बाटो छाडी स्वस्थ रहन सिकौं।

    ४) मासुको बढी प्रयोग

    नियमित रुपमा बढी मासु खाने व्यक्तिको मृगौलामा नराम्रो असर पर्छ । अत्यधिा मासुको प्रयोगले थप अन्य रोगहरु निम्त्याउने गर्दछ।

    ५) चिया कफीको वढी सेवन

    चिया कफीले शरीरमा क्याफिनको मात्रा वढाउँछ जसले मृगौलालाई भार पर्छ। यस्ता पेय पदार्थको कम सेवन गर्ने बानी बसाल्नु नै मृगौलालाई स्वस्थ राख्नु हो।
    यसैगरी जथाभावी आर्यूवेद वा एलोपेथिक औषधी, पेनकिलरको प्रयोग नगर्ने र दैनिक ब्यायाम गर्नु नै स्वस्थ र निरोगी जीवन बिताउने सुत्र हो।

    मधुमेह र उच्च रक्त्तचाप भएका बिरामीको लागि मृगौलाको रोग सबैभन्दा ठूलो शत्रु हो। मनलाई शान्त र आनन्द महसुस गराउन एकदम धेरै जरुरी छ।

    बिहिबार, फागुन ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’
    छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य
    रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का
    लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा
    गुल्मीमा तीन जिल्लाबीच सुरक्षा समन्वय बैठक सम्पन्न
    राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

    लोकप्रिय

    • १.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • २.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ३.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ४.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल

    • ५.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद्

    • ६.
      ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’

    भर्खरै

    • १.
      नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

    • २.
      छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

    • ३.
      गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु

    • ४.
      रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

    • ५.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

    • ६.
      गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

    • ७.
      ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

    • ८.
      जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation