कैलालीको बढैपुरमा बसमा आगजनी

भिम चौधरी,कैलाली।पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा राती पौने चार बजे बसमा आगजनी गरिएको छ ।
पूर्वबाट पश्चिमतर्फ आईरहेको म १ ख ४४१ नम्बरको बसमा पौने ४ बजे आगजनी गरिएको प्रहरीले जनाएको छ । गाडीमा रहेका बैड मास्टरहरुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

बिप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा आगजनी गरिएको हो । यस्तै, सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुलाई तराई सित जोड्ने भीमदत्त राजमार्गको गोदावरी सडक खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै रोक्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिल्सिनाले जानकारी दिनुभयो ।
सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि नेपाल बन्दको घोषणा गरिएको हो । बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको कैलाली प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.