सागर रिजाल,प्युठान । जिल्लाको ऐरावती गाउँपालिका–६ विजुली च्युरापानीका रनबहादुर नेपालीको घरमा मंगलबार विहान आगलागी भएको छ । बिहान साढे पाँच बजेतिर सुतिरहेको अवस्थामा घरमा एक्कासी आगलागि भएको अग्निपींडित नेपालीले बताए ।
बिहानको समय, खरको छानो भएको एकतले घरमा सुतिरहेको अवस्थामा आगो लागेको थियो । घर छिमेकमा हल्लिखल्ली मच्चिएको थियो ।
आगो निभाउने पानीको अभाव
आगोलागेपछि लगत्तै छिमेकीले थाहापाएपनि पानी अभावका कारण जुटेका सबै छिमेकीहरु केवल हेर्न सिवाय अर्को उपाय रहेन । घरको आधा छानो जलिसकेपछि मात्रै आगलागि भएको थाहा पाएका अग्निपींडित नेपालीले भैंसी र बाख्रा मात्रै फुकाएर छोड्न भ्याए । त्यसपछि केबल हेरिरहनु बाहेक उपाय रहेन ।
करिब १२ लाख क्षती
आगलागिका कारण घरमा रहेको २ लाख ५० हजार ७सय नगद, ढाईतोला सुन, कपडा लगायत अन्नपात, सामाग्री जलेर नष्ट भएका छन् । नगद, सुन, कपडा लगायत अन्य सम्पूर्ण सामाग्री गरि कुल ११ लाख ८१ हजार २ सय बराबरको क्षती भएको स्थानीय एवं छिमेकी गोपाल नेपालीले जानकारी दिए ।
हिँजोआजा पानी परिरहेछ, बिहानको समय र सुतिरहेको अवस्थामा एकाएक घरमा आगो कसरी लाग्यो भन्ने थाँहा भएको छैन् ।