अनिल खत्री, गुल्मी । रेसुङ्गा नगरपालिकाको नगर सभा सुरु भएको छ । जिल्ला सदरमुकाम तम्घासमा सुरु भएको नगरसभामा नगर सभा अध्यक्ष एबं नगुप्रमुख डिल्लीराज भुसालले नगरसभामा प्रस्तुत भएकोआर्थिक वर्ष ०७५÷७६ को सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगर प्रमुख भुसालले “हाम्रो रेसुङ्गा राम्रो रेसुङ्गा” र “सुखी रेसुङ्गा खुसी रेसुङ्गा” भन्ने नारालाई साकार पार्न रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्ष ०७५÷७६ को अवधिमा गरेका कार्यहरू संक्षेपमा प्रस्तुत गरेका थिए । नगरपालिकाको वित्तीय प्रगतिलाई हेर्ने हो भने सशर्त अनुदान तर्फ रु. २० करोड ४७ लाख विनियोजन भएकोमा हालसम्म ६ करोड ९८ लाख ८५ हजार रकम खर्च भएको छ । जस्को वित्तिय प्रगति प्रतिशत ३४.१४ प्रतिशत रहेको छ । समानीकरण अनुदान र राजस्व बाँडफाँडतर्फ १६ करोड ९४ लाख ६१ हजार विनियोजन भएकोमा हालसम्म १० करोड ११ लाख ७२ हजार रकम खर्च भएको छ । जसको वित्तीय प्रगति ५९.७० प्रतिशत रहेको छ । अहिले प्रस्तुत गरेको कामको प्रगतिलाई हेर्दा समग्रमा खर्च प्रतिशत कम देखिनुमा काम सम्पन्न भएपछि मात्र भुक्तानी दिने परिपाटीले गर्दा भएको हो । समग्रमा सम्झौता गरिएका योजना र कार्यक्रमको संख्या र रकम हेर्दा प्रगति करिव ७०% रहेको देखिन्छ । यसरी हालसम्मको कामको प्रगति सन्तोषजनक नै रहेको देखिन्छ ।
नगरपालिकालाई क्रमशः आत्मनिर्भर वनाउन तथा नागरिकलाई विकास निर्माणको लागि आवश्यक पर्ने श्रोत जुटाई नगरको बृहत्तर विकासमा सहभागी गराउन करमा बृद्धि नगरी दायरा फराकिलो बनाइएकोे छ । कर प्रणालीलाई व्यवस्थित वनाउन वडा कार्यालयवाट नै कर उठाउने व्यवस्था मिलाइएको छ । राजस्व चुहावट नियन्त्रणका लागि राजस्वलाई सफ्टवेयर प्रणालीमा आवद्ध गरिएकोछ । नगरपालिकाको राजस्वका विभिन्न शिर्षकहरूवाट रु ८३ लाख ५० हजार उठ्ने अनुमान गरिएको मा हालसम्म ५२ लाख ३४ हजार राजस्व उठेको नगर प्रमुख भुसालद्धारा प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख रहेको छ । नगरपालिकाको समग्र विकासको लागि एकीकृत शहरी विकास योजना तयार भएको छ । सोही योजना अन्तरगत रही नगरपालिकाको समग्र क्षेत्रमा विकास गर्न आन्तरिक स्रोतको परिचालन र वृद्धि गर्दै संघ, प्रदेश, स्थानीय सरकार, निजीस्रोत र अन्य दातृ निकायको सहयोगमा आवश्यकताहरूलाई प्राथमिकीकरण गरी पर्यटन विकास, वातावाण व्यवस्थापन जोड दिइएको छ । स्वास्थ्य सेवा, शिक्षा विकास, कृषि पशु विकासको आधुनिकीकरण तथा अन्य भौतिक पूर्वाधारमा लगानी बढाई नयाँ प्रविधिको प्रयोग गर्दै रोजगारी सिर्जना गरी समग्र प्रशासनिक र विकासात्मक क्रियाकलापलाई नागरिक मैत्री बनाउन नगरपालिकाले योजना सारेको छ ।
आर्थिक विकासतर्फ
नगरपालिकाले कृषिमा आधुनिकीकरण, व्यवसायीकरण तथा कृषिमार्फत् रोजगारी सिर्जना एवं पशुपन्छी विकास मार्फत् आयआर्जनको विभिन्न कार्यक्रहरू सञ्चालन भएको जनाएको छ । कृषितर्फ साना सिंचाई, मिनी टेलर, प्लाष्टिक पोखरी, टनेल र विउ विजन वितरणजस्ता कार्यक्रम सञ्चालन भएको नगर प्रमुख भुसालले द्धारा प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख रहेको छ । कृषि तथा पशु विकासतर्फ प्रदेश सरकारको लागत सहभागितामा वडा नंं १० मा व्यवसायिक तरकारी विकास कार्यक्रम र वडा नं. ७ मा व्यवसायिक बाख्रा विकास स्रोत केन्द्र स्थापना गरिने भएको छ । नगरपालिकाभित्र वाख्रा विमा कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । कृषि तथा पशु संकलन केन्द्रको लागि पूर्वाधार निर्माण पूरा भएको बताउँदै, शित गृह निर्माण हुनेक्रममा रहेको भुसालले प्रस्तुत प्रगति प्रतिबेदनमा उलेख्ख गरिएको छ । कृषि उत्पादन तथा बजारीकरणको लागि विज्ञ अष्ट्रेलियन भोलेन्टरलाई यस नगरमा ल्याउन पत्राचार गरिएको जनाएको छ ।
रेसुङ्गा पर्यटनक्षेत्रको विकासका लागि यज्ञाशालामा आधुनिक भवन निर्माणको लागि डि.पी.आर तयार भएको छ । नेपाल सरकारको गन्तव्य १ सय कार्यक्रम अनुसार रेसुङ्गा क्षेत्रमा रु ५० लाख र तम्घासस्थान मन्दिरमा रु. ५० लाखको पर्यटन पूर्वाधार कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख भुसालद्धारा प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख रहेको छ ।पोखरी क्षेत्रमा निर्माणधीन धर्मशाला भवन जिल्ला समन्वय समितिबाट हस्तान्तरण लिइ रेसुङ्गा नगरपालिका मातहतमा ल्याइएको प्रगति प्रतिबेदनमा उल्लेख छ । यसलाई निजी सरकारी साझेदारीको माध्यमबाट सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । यसबाट रेसुङ्गामा आउने पर्यटकहरूले आबासको सुविधा पाउनेछन् र पर्यटन आगमनमा वृद्धि हुने अनुमान गरिएको छ । आर्थिक विकासतर्फ नगरसभाबाट विनियोजन भएको कुल रु ४८ लाख मध्येबाट हालसम्म रु ४२ लाख १२ हजारको कार्यक्रम सम्झौता भई रु. १४ लाख ७३ हजार रकम खर्च भएको छ ।
सामाजिक विकासतर्फ
नगरक्षेत्र भित्रको शिक्षा, युवा तथा खेलकुदको पूर्वाधार विकास, प्राविधिक शिक्षाको विकास र विस्तार, विद्यालय क्षेत्र सुधार, शिक्षामा गुणस्तरको प्रवद्र्धन लागि नगरस्तरीय युवाकल्व गठन भएको छ । माध्यामिक विद्यालयस्तरीय छात्राहरूका लागि सुरक्षित महिनावारी कार्यक्रम अन्तरगत प्रशिक्षण तथा स्यानेटरी प्याड वितरण, बाल विकास तथा कक्षा एकदेखि पाँच कक्षाका सम्पूर्ण विद्यार्थीहरूलाई दिवा खाजा वितरण कार्यक्रम सञ्चालनमा रहेको नगर प्रमुख भुसालद्धारा प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख रहेको छ ।
शिक्षकहरूलाई तालिम प्रदान जस्ता कार्यक्रमहरू सञ्चालन कक्षा ५ र ८ को नगरस्तरीय परिक्षा सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । आगामी शैक्षिक सत्रदेखि सञ्चालन गर्ने गरी ४ वटा मा.वि. लाई प्राविधिक तथा व्यवसायिक धारका विषय सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको नगर प्रमुख भुसालद्धारा प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख रहेको छ ।
सवै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पु¥याउन प्राथमिक स्वास्थ्य सेवा, शहरी स्वास्थ्य केन्द्र स्थापना र व्यवस्थापन तथा आकस्मिक सेवाका कार्यक्रम संचालन भएको जनाएका छन् । नगरपालिकाभित्रका सुत्केरी महिलाहरूलाई पोषण भत्ता वितरण, स्वास्थ्य चौकीहरूको व्यवस्थापन सुधार, औषधि लगायत उपकरण आपुर्ति व्यवस्थापन जनसवस्थ्य कार्यक्रम निरन्तर चलिरहेको उल्लेख छ ।
गुल्मी जिल्ला अस्पताल भवनको डि.पी. आर. तयार भएको छ । स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन गुल्मी अस्पतालमा सी. आर. मेशिन उपलब्ध गराइएको छ । आयुर्वेदिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रमहरू सञ्चालन भएको नगर प्रमुख भुसालद्धारा प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख रहेको छ ।
नगरका साना तथा अति आवश्यक भएको स्थानका खानेपानी योजनाहरू तथा सरसफाइका सम्बन्धी कार्यक्रम संचालन गरिएको छ । उपभोक्ताको माग अनुसार सुलभ दरमा ट्याङ्करबाट घरघरमा खानेपानी व्यवस्था मिलाइएको छ । खानेपानीको दीर्घकालीन समाधानको लागि मझेङ्ग खानेपानी योजनाको डि.पी.आर तयार हुँदैछ । आगामी वर्षदेखि यो योजना कार्यान्वयनमा जाने छ । यस योजनाबाट १४ वटै वडामा खानेपानीको समस्या समाधान हुने नगर प्रमुख भुसालद्धारा प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख रहेको छ ।
दलित, जनजाति, महिला, वालवालिका, अपाङ्ग, जेष्ठ नागरिक, मुस्लिम तथा युवा वर्गलाई लक्षित गरी विभिन्न चेतनामूलक, सिपमूलक तथा आर्यआर्जनका कार्यक्रम संचालन गर्न र सस्कृति संरक्षण, खेलकुद का कार्यक्रम संचालन भएका छन् । अपाङ्ग परिचय पत्र नगरपालिकाबाटै वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
सामाजिक विकास कार्यक्रम तर्फ ४ करोड ५५ लाख विनियोजन भएकोमा ४ करोड १० लाख ४७ हजार रकमको कार्यक्रम सम्झौता भई रु १ करोड ३२ लाख ७५ हजार रकम खर्च भएको छ ।
भौतिक पूर्वाधार विकासतर्फ
नगरपालिकाभित्र रहेका मोटरबाटो तथा पुलहरूको निर्माण, स्तरोन्नत्ति एवं मर्मत का कार्यक्रम संचालन गरिएका छन् । कृषि उत्पादनमा बृद्धि गर्नको लागि सिंचाई कुलो निर्माण तथा मर्मत, विभिन्न सरकारी तथा सामुदायिक भवन निर्माण, विधुतीकरणका कार्यक्रमहरू संचालित छन् ।
सडकवोर्ड तर्फ रु. ४० लाख रकम विनियोजन भई तम्घास वजार क्षेत्रमा पिचसडक खाल्टा परेको ठाउमा प्याचिङ्गको कार्य हुदैछ । जिल्ला प्रशासन भवन अगाडि प्रदेशसंगको साझेदारीमा थ्री डि. पार्क निर्मण हुँदैछ भने नगरपालिकाभित्रका महत्वपूर्ण ९ वटा सडकको डि.पी.आर तयार भएको छ । योजनाहरूलाई कार्यान्वयन गर्न केन्द्र तथा प्रदेशमा पठाइएको छ । प्रदेश सरकारको सहयोगमा उन्नायचौर खेल मैदान निर्माण गरिदैछ । नगरपालिका, जिल्ला समन्वय समिति, प्रदेश र केन्द्रको लागत सहभागितामा रेसुङ्गा नगरपालिकाको निर्माणाधीन भवन सम्पन्न गर्ने योजना अगाडि बढाइएको नगर प्रमुख भुसालद्धारा प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख रहेको छ ।
नगर प्रमुखको पहलमा केन्द्र सरकारले जिल्ला प्रहरी कार्यालय अगाडिदेखि गुल्मी अस्पतालसम्म र रेसुङ्गा अस्पतालदेखि उपल्लो तम्घास विद्युतचोकसम्म पीचको लागि टेन्डर भैसकोको छ । बजार क्षेत्रका अन्य सडकलाई पीच गर्न अनुरोध गरिएको उल्लेख छ । बजार क्षेत्रको ढल निर्माण लागि समेत केन्द्रसरकार बाट टेन्डर भैसकोको छ । नगरसभाबाट भौतिक पूर्वाधार कार्यक्रमका लागि ७ करोड ६३ लाख २३ हजार विनियोजन भएकोमा ४ करोड १० लाख ७२ हजार रकमको कार्यक्रम सम्झौता भई रु १ करोड ९७ लाख १५ हजार रकम खर्च भएको उल्लेख छ ।
वातावरण तथा विपद् व्यवस्थापनतर्फ
केन्द्र र प्रदेश सरकारसंगको लागत साझेदारीमा फोहोरमैला संकलन केन्द्र निर्माण हुँदैछ । फोहोर मैला व्यवस्थापनको लागि सोसम्बन्धी विज्ञ अष्ट्रेलियन भोलेन्टरलाई यस नगरमा ल्याउन पत्राचार गरिएको छ ।
वन तथा भू संरक्षण,जलाधार संरक्षण, वातावरण संरक्षण र विपद व्यवस्थापन तथा फोहोमैला तथा ढल व्यवस्थापनका कार्यक्रम सञ्चालन भएको नगर प्रमुख भुसालद्धारा प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख रहेको छ । जसको लागि रु. ६६ लाख ७५ हजार विनियोजन भएकोमा रु. ५० लाख ६५ हजार रकमको सम्झौता भएको छ भने २८ लाख ७५ हजार रकम खर्च भएको नगर प्रमुख भुसालद्धारा प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख रहेको छ ।
संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनतर्फ
सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, मितव्ययी, निस्पक्ष, पारदर्शी, प्रतिस्पर्धी बनाई सर्वसाधारण नागरिकमा सुशासनको प्रत्याभूति गराउन १४ वटै वडामा वार्ड कार्यालय स्थापना गरि प्रविधि मैत्री वनाइएको छ । नगरका केही कर्मचारीहरूलाई सेवाकालिन तालिम प्रदान गरिएको छ ।
सबै वडामा मेल मिलापकर्ता तालिम दिइएको छ । यसै आ.व. देखि नगरप्रहरीको व्यवस्था मिलाइने भएको छ । संस्थागत विकास, क्षमता विकासका विभिन्न कार्यक्रमहरू संचालन गरिएको छ । यस्का लागि रु. ६० लाख ६८ हजार विनियोजन भएकोमा ४८ लाख ७२ हजारको कार्यक्रम सम्झौता भई रु ३६ लाख ७९ हजार खर्च भएको नगर प्रमुख भुसालद्धारा प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख रहेको छ ।
सामाजिक सुरक्षा कार्यक्रमतर्फ
सामाजिक सुरक्षा कार्यक्रम तर्फ रु.४ करोड ७९ लाख ५५ हजार वजेट विनियोजन भएकोमा दोस्रो चौमासिकसम्म रु.३ करोड ३५ लाख ६९ हजार निकासा भई हालसम्म रु.३ करोड ३५ लाख ६९ हजार खर्च भएको छ । जस मध्ये जेष्ठ नागरिक १६ सय ५० जना, विधुवा तथा एकल महिला १ हजार ८७ जना, अपाङ्गता भएका व्यक्ति १ सय ६८ जना, वालवालिका तर्फ ४ सय ५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको नगर प्रमुख भुसालद्धारा प्रस्तुत प्रगति प्रतिबेदनमा उल्लेख रहेको छ ।