अर्घाखाँची : भालुको आक्रमणबाट अर्घाखाँचीमा दुई जना घाइते भएका छन्। जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर १० तल्ला हर्रेका ३८ वर्षीय शंकर सोती र ५० वर्षीय पदमबहादुर बलाललाई भालुले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ। आइतबार कामबाट घर फर्कने क्रममा राती करिब साढे ९ बजे भालुले आक्रमण गरेको थियो।घर नजिकै बाक्लो झाडी भएको जंगलमा भालुले आक्रमण गरेको घाइतेले बताए। साँझमा लाइट बालेर जंगलको बाटो हिडिरहेका बेला भालुले आक्रमण गरेको बलालले बताए। घाइतेमध्ये शंकरको अवस्था गम्भीर छ।उनको अहिले बुटवलमा उपचार भइरहेको छ। पदमबहादुरको स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएका छन ।यस क्षेत्रको माथिल्लो हर्रे, तल्ला हर्रे र सिद्दारा बोहखर क्षेत्रको आसपासमा यसअघि पनि भालुले मान्छे माथी आक्रमण गर्दै आएको छ। यहा भालुको बिगबिगी छ। एक्लै हिड्न स्थानीयलाई त्रास छ। स्कुल जाँदा र फर्कदा विद्यार्थी एक्लै हिडदैनन्।
भालुको आक्रमणबाट अर्घाखाँचीमा दुई जना घाइते
भालुको आक्रमणबाट अर्घाखाँचीमा दुई जना घाइते
Advertisement
तपाईको प्रतिक्रिया