• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

महोत्सव प्रतिको सामाजिक दृष्टिकोण


  •   सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित
  • -जयश्वर जैसी

    Advertisement

    यतिबेला देशका विभिन्न स्थानहरूमा विभिन्न नाममा महोत्सवहरू सञ्चालन भइरहेका छन् । यसै सिलसिलामा प्युठानमा पनि दुईवटा महोत्सवको आयोजना भइ सप्पन्न हुँदैछन् । महोत्सव अर्थका हिसाबले हेर्ने हो भने धेरै ठुलो उत्सव; सजधजपूर्वकको विशेष समारोहलाई महोत्सव भन्ने गरिन्छ । तर, महोत्सवलाई सामान्य अर्थमा बुझ्न थालिएको छ । खासगरी महोत्सव कुनै पनि संस्था वा निकायले आफ्नो विशेष दिनको अवसरमा विशिष्ट उद्देश्य राखी सरोकारवाला पक्षको साझा समझदारीमा सञ्चालन गरिने पर्वको रूपमा यसलाई हेर्नु उपयुक्त हुन्छ । महोत्सव शब्द आफैमा गरिमा र ओज बोकेको शब्द हो । त्यही गरिमा र ओज बोकेको महोत्सव शब्दलाई निकै सरल र विसंगतियुक्त बनाउन थालिएको छ । यसले भविष्यमा दूरगामी असर नपार्ला भन्न सकिदैन ।
    महोत्सव कहाँ, किन, केका लागि, कसले, कहिले, कति समयको अन्तरमा सञ्चालन गर्ने भन्ने विषय बडो महत्त्वको विषय हो । यस्तो महत्त्वको विषयलाई कुनै नीति र विधिले बाँध्न सकेको छैन । महोत्सव जुन उद्देश्यका लागि घोषणा वा आयोजना गरिन्छ, जुन नारा व्यानरमा देखाइन्छ, ती बाहिर देखाउने नारा र उद्देश्यप्रति कुनै विमति राख्नु उपयुक्त हुदैन । तर, ती उद्देश्य र नाराको कभरमा रहेर विसंगति र विकृतिलाई पश्रय दिने अनि अनावश्यक आर्थिक चलखेल गर्न खोज्ने कुराले समुदायमा नकारात्मक सन्देश र प्रभाव छोडेको छ । देखाउन एउटा, गर्ने अर्को कार्यले हाम्रो समाजलाई सधै पछि पारिरहेको छ ।
    महोत्सवको आयोजना स्थानीय कला, संस्कृति, पर्यटन एवम् स्थानीय उत्पादनको प्रवर्द्धन तथा विस्तार गर्नको लागि भन्दै प्रचार गरेको देखिन्छ । महोत्सवले स्थानीय कला, संस्कृतिको प्रवर्द्धन भन्दा कला संस्कृतिमा विकृतिको संस्कार हुर्काएको देखिन्छ । कला र संस्कृतिको जगेर्नाको नाममा राष्ट्रिय र स्थानीय स्तरका कलाकारलाई महङ्गो शुल्क तिरी मञ्चमा उपस्थित गराई समाजमा अपाच्य हुने खालका माया, प्रीति र श्रीङ्गारिक भावका गीत संगीत मात्र होइन पश्चिमी संस्कृतिबाट प्रभावित छाडा यौनवादी गीत संगीत र दोहोरीको प्रदर्शन गराइन्छ । यस्ता कार्यले भर्खरै पढ्दै गरेका किशोर किशोरी र युवा पुस्ताको मस्तिष्कमा सकारात्मक चिन्तन र संस्कारको विकासभन्दा पनि नकारात्मक चिन्तन र भावनाको विकास गराएको देखिन्छ । स्थानीय पर्यटनलाई प्रवर्द्धन र विकास गर्ने भनिए तापनि महोत्सवको प्रमुख प्राथमिकताभित्र ती कुरा परेको देखिदैन । स्थानीय उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्ने नारा दिए पनि स्थानीय स्तरमा उत्पादित वस्तुहरूको कसरी बिक्रीवितरण गर्ने भन्ने सुक्ष्म योजना आयोजकले बनाएको पनि देखिदैन । महोत्सवमा आउने दर्शकलाई कसरी स्थानीय उत्पादनप्रति मोह सिर्जना गर्ने भन्ने योजना बनाएको पनि देखिदैन । स्थानीय उत्पादन राखेका स्टलहरूमा मानिसहरू जाने र किन्ने वातावरण नै महोत्सवमा देखिदैन । महोत्सव खाली रमाइलो र मोजमस्ती गर्ने स्थानको रूपमा विकास भएको छ । स्थानीय उत्पादन राखेका उत्पादनकर्ताले स्टल भाडा तिर्ने पैसा पनि उठाउन नसकेको उदाहरण हाम्रा सामु प्रशस्तै छन् । यसले स्थानीय उत्पादनलाई प्रवर्द्धन र विस्तार भन्दा पनि निरुत्साहित गर्ने वातावरणको सिर्जना गरेको देखिन्छ । महोत्सव हेर्न आउने सारा मानिसहरूले पिङ, मतको कुवा, ब्रेक डान्स जस्ता खेल तथा गीत संगीतको मनोरञ्जनमा भए भरको पैसा सिध्याउने अनि स्थानीय पैसा सबै जिल्ला बाहिरका निश्चित व्यक्तिको हातमा पुराउन महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । यस्ता गतिविधिलाई महोत्सव भनिए तापनि सारमा रमाइलो मेलाको रूपमा सबैले बुझ्नु पर्दछ ।
    महोत्सवका नाममा हुने यस्ता खालका गतिविधिले आम रूपमा जनताको हित गरेको देखिदैन । केही अमूक व्यक्ति वा संस्थालाई फाइदा हुन सक्ला । फाइदाको नाममा गरिने यस्ता कार्यक्रमले समाजमा राम्रो सन्देश प्रवाह गर्दैन । सानो कार्य गर्नका लागि पैसा उठाउने काइदाको रूपमा महोत्सव नाम दिनु राम्रो हुन सक्दैन । महोत्सव नाम दिएपछि दर्शकहरूको बाक्लो उपस्थिति गराउन सकिने भएकाले पनि जस्तो कार्यक्रमलाई पनि महोत्सव भन्ने चलाखी आयोजकले गरेको हुन सक्छ । यसले महोत्सवको गरिमा र ओजमा ठेस पुराउन सक्छ । कसैलाई रमाइलो गर्ने मन लाग्यो, केही पैसा कमाउने मन लाग्यो भनेर महोत्सव नै नाम दिई गरिने यस्ता कार्यक्रमले समाजमा राम्रो सन्देश दिँदैन । कुनै व्यक्ति वा संस्थाले महोत्सव गर्न छुट भए पनि त्यसले समाजलाई के सन्देश र उपलब्धि दिन्छ भन्ने कुराको गम्भीर ढंगले सरोकारवाला निकायले समीक्षा गर्नै पर्छ । महोत्सव भन्ने कुरा सार्बजनिक सरोकारको विषय र सार्बजनिक स्थानमा सञ्चालन हुने भएकाले पनि महोत्सवप्रति सबैको सरोकार र बुझाइमा एक रूपता हुनु वाञ्छनीय हुन्छ । सबैको स्वीकार्य वातावरणमा महोत्सव सञ्चालन गरिनु पर्दछ । एकातिर महोत्सवमा व्यापारको लागि भनेर आयोजकले स्टल राख्ने अर्कोतिर व्यापारीहरूको छाता संस्थाले महोत्सवको बिरोध जनाउनुले महोत्सवको समाजमा राम्रो छाप अवश्य पर्दैन । महोत्सव सञ्चालनको अन्तिम अवस्थामा आएर बिरोध जनाउनु भन्दा पहिले नै त्यसबारे सरोकारवाला पक्षका बीचमा छलफल गरी एउटा निष्कर्षमा पुग्नु बुद्धिमानी हुने थियो । महोत्सवप्रतिको जन धारणा पहिले जति सकारात्मक थियो त्यति अहिले पाइँदैन । महोत्सवले समाजलाई जे सिकाउन र दिन सक्नुपर्थ्यो त्यो हुन नसक्नुले समाजमा महोत्सवको राम्रो सन्देश छैन । महोत्सवलाई एउटा रमाइलो मेला र कमाउने माध्यमको रूपमा समाजले बुझ्न थालेको देखिन्छ । यथार्थ पनि त्यही नै हो ।
    महोत्सव कुन उद्देश्य प्राप्तिका लागि कसले आयोजना गर्ने भन्ने बारेमा राज्य र यस अन्तर्गतका निकायहरूले गम्भीर भएर सोच विचार गरी निश्चित कानून बनाई नियमन गर्न जरुरी छ । महोत्सव सञ्चालनका लागि निश्चित मापदण्ड बनाउनुपर्छ । कुन स्तरको संस्था वा व्यक्तिले महोत्सवको आयोजना गर्ने अनि ती महोत्सवमा न्युनतम के कुराको उपलब्धता हुने भन्ने एकिन हुनुपर्छ । जसले पायो त्यसले महोत्सव भन्दै हिड्ने हो भने महोत्सवको औचित्य नै समाप्त हुने छ एकातिर भने अर्कोतिर यसले समाजमा सकारात्मक प्रभाव पार्ने छैन । एउटा गरिब परिवारको सदस्यलाई महोत्सवले तनाव दिएको पनि देखिन्छ । ऋण काढेर महोत्सव नामको रमाइलो मेला हेर्न जानेको लर्को गाउँ घरमा देखिन्छ । ऋण लगाएर महोत्सवमा पुग्दा महोत्सवमा केही नहुने खाली पश्चिमा छाडा संस्कारयुक्त रमाइलोले समाजका मानिसलाई एकातिर ऋणको भारी बोकाउने र अर्कोतिर गलत संस्कृति भित्राउने काम गरेको छ । परीक्षाको मुखमा हुने महोत्सव नामका यस्ता रमाइला कार्यक्रमले विद्यार्थीहरूको पढाइलाई प्रत्येक्ष प्रभाव परेको छ । यसप्रति सरोकारवाला पक्षको ध्यान नै गएको देखिदैन । यस्ता रमाइला कार्यक्रम नै गर्न हुँदैन भन्ने होइन । कार्यक्रम गर्ने नै हो भने कुनै चाड पर्वको अवसर पारेर महोत्सव होइन कि साँस्कृतिक कार्यक्रम वा रमाइलो मेला भनेर समजमा पाच्य हुने खालका गीत संगीतको प्रदर्शन गर्नु राम्रो हुन सक्छ । महोत्सव शब्दको आफैमा महत्त्व र गरिमा रहेकोले आयोजकले यस्ता मामिलामा विशेष ध्यान पुराउनु पर्ने हुन्छ । कोही व्यक्ति वा संस्थाले आयोजना गर्ने महोत्सवको उद्देश्य के हो ? त्यस्ता महोत्सव नामका कार्यक्रमले समाज र जनतालाई के उपलब्धि दिन सक्छ भन्ने आधारमा स्थानीय प्रशासन, त्यहाँ क्रियाशील राजनैतिक दल र स्थानीय सरकारले ती कार्यक्रम सञ्चालनको लागि अनुमति दिएको हुनुपर्छ । महोत्सव नामका यस्ता कार्यक्रममा ठुलो आर्थिक चलखेल हुने भएकोले यसको नियमन गर्ने र करको दायरामा ल्याउने कुरामा राज्य र स्थानीय सरकारले बेलैमा ध्यान पुराउन अपरिहार्य छ । एकथरीले महोत्सव गर्दै हिड्ने अर्कोथरीले त्यसको बिरोध गर्दै जाने हो भने आगामी दिनमा समाजमा वैमनस्यता उत्पन्न हुने छ । यसले समाजलाई राम्रो सन्देश दिएको छैन । यस्ता कुरामा नियमनकारी निकायले बुद्धि र विवेक पुराउनु पर्दछ । महोत्सव नामक यस्ता रमाइला मेलाहरूको उद्घाटन र समापन गर्नको लागि राज्यका उच्च ओहोदामा रही नीति निर्माण गर्ने व्यक्तिहरू र सामाजिक रूपमा उच्च प्रतिष्ठा बोकेका व्यक्तिहरू हिड्ने कुराले पनि समाजमा उनीहरूप्रतिको बुझाइ राम्रो भइ रहेको छैन । सबैको समझदारीबिना हुने यस्ता कार्यक्रमलाई महोत्सव नभनी रमाइला मेला वा साँस्कृतिक कार्यक्रम नाम दिए समाजले पनि त्यही रूपमा ग्रहण गर्ने छ ।

    शिक्षक,गौमुखी माध्यमिक विद्यालय प्युठान

    सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation