बुट्वल। आलुको बोरामा लुकाई ल्याईएको ३० किलो चरेससहित बुटवलमा ३ जना पक्राउ परेका छन।
लागु औषधको कारोबार गर्नेहरुले बुटवलमा आलुको बोरामा लुकाएर ल्याएको चरेस प्रहरीले नियन्त्रणमा लिएको हो ।आलुको बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा बुटवल बसपार्कबाट ३० किलो चरेस बरामद भएको हो ।चरेससहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रदेश ५ अपराध अनुसन्धान ब्युरोले ३० केजी चरेससहित मकवानपुरका राजु कुमार स्याङताङ, शंकर वाईबा र ईन्द्रमान तामाङलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसीपी डिल बहादुर मल्लले बताए ।
Advertisement