सन्धिखर्क : अर्घाखाँची सन्धीखर्क नगरपालिकामा शुक्रबार आफ्नै हजुरबुवाले ५ वर्षीय नातिनीको बलात्कार गरेका छन्। सन्धिखर्क ११ डिभर्ना अमिले निवासी ६५ वर्षीयले पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। जबरजस्ती करणीको बारेमा बालिकाले आमालाई बताएपछि आमाले प्रहरीलाई जानकारी दिएकी थिइन्। आरोपीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।अर्घाखाँचीमा बलत्कारका घटना बढिरहेका छन्। आर्थिक वर्ष २०७१/७२ मा जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगका मुद्धा ५ मात्र रहेका थिए। त्यो संख्या आर्थिक वर्ष २०७५/७६ मा १८ पुगेको छ।
Advertisement