रुकुम । १२ किलो अबैध लागु औषध सहित रुकुम पश्चिममा शुक्रबार दुई जना पक्राउ परेका छन ।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक सुमित खड्काका अनुसार आठबिसकोट नगरपालिका वडा नं ४ गोतामकोटबाट ७ किलो चरेश र ५ किलो अफिम सहित दुई जनालाई पक्राउ गरिएको हो ।उनीहरुबाट स्प्रिङ्ग तराजु दुई थान र नगद पचास हजार समेत बरामद गरिएको प्रहरीले बताएको छ ।अवैध लागु औषध सहित पक्राउ पर्नेमा जाजरकोट त्रिबेणी नलगाड नगरपालिका वडा नं १३ का धनबहादुर मल्ल र वडा नं १२ का चन्द्रबहादुर शाही रहेका छन् । बिशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरि जिल्ला अदालत रुकुम पश्चिमबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीको भनाई छ । जिल्लामा रहेका यस्ता अबैध लागु औषध मुक्त गराउने प्रहरीको अभियान रहेकोले प्रहरी परिचालित भइरहेको डिएसपी खड्काले जनाए ।
Advertisement