• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

सरुमारानी गाउँपालिकाको गतिलो काम: छोरी जन्मिए ‘बचत खाता’


  •   शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान । समाजमा छोरीलाई हेर्ने दृष्ट्रीकोण अझै फेरिएको छैन। अहिले पनि समाजमा छोरी जन्मदा नाक खुम्चाउने र छोरा जन्मदा भोज खुवाउने प्रचलन कायमै छ । अहिले शिक्षित भनिएका अभिभावकमा पनि छोरा र छोरी बराबर हुन् भन्ने भावना व्यवहारमा पाउन मुस्किल छ । यही मान्यतालाई चिर्न र छोरीप्रति सम्मान बढाउनका लागि प्युठानको सरुमारानी गाउँपालिकाले बालिका मैत्री नीति तथा कार्यक्रम संचालनमा ल्याएको छ । छोरीहरुको प्रोत्साहनका लागि गाउँपालिकाले ६ वटा वडा भित्र जन्मिने हरेक छोरीको नाममा सहकारीमा खाता खोलिदिने गरेको छ ।आर्थिक वर्ष ०७५÷०७६ को साउनदेखि जन्मने छोरीहरुको लागि ‘छोरी पेवा बचत’ कार्यक्रम लागु गरिएको हो। छोरीमैत्री पालिका बनाउने योजनाका साथ अघि बढेको पालिकाले छोरीमाथि हुने विभेदलाई अन्त्य गरी उनीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम गराउने लक्ष्य लिएको छ ।‘समाजमा छोरीप्रतिको दृष्टिकोण त्यति राम्रो छैन’– गाउपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले भने– ‘छोरीको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा टेवा पु¥याउन यो कार्यक्रम ल्याएका हौं।’ यस कार्यक्रमले छोरीमाथि हुने लैङ्गिक हिंसा न्यूनीकरण, छोरा र छोरीमा हुने विभेद हटाउन, समाजमा छोरीलाई सकारात्मक रुपमा हेर्ने वातावरण सिर्जना गर्न यो कार्यक्रम सुरु गरेको उनले सुनाए। गाउपालिकाले चालू आर्थिक बर्षमा यो कार्यक्रमका लागि दुई लाख ५० हजार रुपैया समेत विनियोजन गरेको छ। यस आर्थिक वर्षदेखि जन्मिने छोरीहरुका लागि मासिक एक सय रुपैया“ जम्मा गरिदिने उद्देश्यले रकम विनियोजन गरिएको गाउ“पालिकाका अध्यक्ष विश्वकर्माले जनाए। ‘गाउ“पालिकामा यो कार्यक्रम नया सोचका साथ सुरु गरिएको हो। उनले भने– ‘आगामी वर्षमा यस कार्यक्रमका लागि रकम बढाईने छ ।’ गाउ“पालिकाले पालिकाभित्र रहेका दुईवटा सहकारीबाट छोरीको नाममा रकम बचत गरिदिन सुरु गरेको छ । ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था बड्डा“डा र साना किसान कृषि सहकारी सस्था बांगेसाल गरी दुईवटा सहकारीमा बचत गर्ने ब्याब्स्था मिलाईएको छ । – ‘यो कार्यक्रमले सहकारीलाई प्रोत्साहन, प्रवद्र्धन गर्न मद्दत मिल्ने समेत अध्यक्ष बिश्वकर्माको बिश्वास छ। छोरी पेवा बचत कार्यक्रम संचालनका लागि तयार कार्यबीधीले बीस बर्षे अबधारणा अघि सारेको कानुनी सल्लाहकार यादव खनालले बताए। ‘दस बर्ष सम्म गाउपालिकाले नै बचत खातामा रकम जम्मा गर्दिन्छ’ खनालले भने ‘बाँकी दस बर्ष अभिभावक स्वंमले पैसा जम्मा गर्नेछन।’ बिचमा केही समस्या या अप्ठ्याराहरु आईपरे बचत खाताबाट रकम निकाल्न सकिने ब्याबस्था रहेको कानुनी सल्लाहकार खनालले कामना डेलीलाई बताए। ‘छोरी जन्मिएपछि जन्मदर्ता र वडाको सिफारिसमा सहकारीमा जम्मा गर्न सकिने छ।’ यही कार्यक्रमलाई लक्षित गरी गाउपालिकाले सहकारी शिक्षासमेत सञ्चालन गरेको छ। हालसम्म २८ जना छोरीहरुको नाममा पालिकाले सहकारीमा खाता खोलिदिएको छ । छोरीहरुको सम्मान, संरक्षण, सम्पति माथिको अधिकारका लागि छोरी जन्मिने वित्तिकै खाता खोलिदिने गरेको गाउँपालिकाले जनाएको हो ।गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्मा छोरी भन्नेबित्तिकै गर्भदेखि नै विभेद गरिने भएकाले नै यो विभेद तोड्नका लागि सहकारीमा खाता खोलिदिने गरेको बताउछन । अहिले छोरीका नाममा खोलिएको बचत खाताबाट भविष्यमा उनीहरुमाथि आइपर्ने आर्थिक समस्या समाधान गर्न सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । आर्थिक रुपमा सवल भए छोरीहरुको शिक्षामा सहयोग पुग्ने र उनीहरुमाथिको हिंसामा कमि आउने अपेक्षा गरिएको छ ।

    Advertisement

    शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ
    सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation