• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

सरुमारानी गाउँपालिकाको गतिलो काम: छोरी जन्मिए ‘बचत खाता’


  •   शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान । समाजमा छोरीलाई हेर्ने दृष्ट्रीकोण अझै फेरिएको छैन। अहिले पनि समाजमा छोरी जन्मदा नाक खुम्चाउने र छोरा जन्मदा भोज खुवाउने प्रचलन कायमै छ । अहिले शिक्षित भनिएका अभिभावकमा पनि छोरा र छोरी बराबर हुन् भन्ने भावना व्यवहारमा पाउन मुस्किल छ । यही मान्यतालाई चिर्न र छोरीप्रति सम्मान बढाउनका लागि प्युठानको सरुमारानी गाउँपालिकाले बालिका मैत्री नीति तथा कार्यक्रम संचालनमा ल्याएको छ । छोरीहरुको प्रोत्साहनका लागि गाउँपालिकाले ६ वटा वडा भित्र जन्मिने हरेक छोरीको नाममा सहकारीमा खाता खोलिदिने गरेको छ ।आर्थिक वर्ष ०७५÷०७६ को साउनदेखि जन्मने छोरीहरुको लागि ‘छोरी पेवा बचत’ कार्यक्रम लागु गरिएको हो। छोरीमैत्री पालिका बनाउने योजनाका साथ अघि बढेको पालिकाले छोरीमाथि हुने विभेदलाई अन्त्य गरी उनीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम गराउने लक्ष्य लिएको छ ।‘समाजमा छोरीप्रतिको दृष्टिकोण त्यति राम्रो छैन’– गाउपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले भने– ‘छोरीको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा टेवा पु¥याउन यो कार्यक्रम ल्याएका हौं।’ यस कार्यक्रमले छोरीमाथि हुने लैङ्गिक हिंसा न्यूनीकरण, छोरा र छोरीमा हुने विभेद हटाउन, समाजमा छोरीलाई सकारात्मक रुपमा हेर्ने वातावरण सिर्जना गर्न यो कार्यक्रम सुरु गरेको उनले सुनाए। गाउपालिकाले चालू आर्थिक बर्षमा यो कार्यक्रमका लागि दुई लाख ५० हजार रुपैया समेत विनियोजन गरेको छ। यस आर्थिक वर्षदेखि जन्मिने छोरीहरुका लागि मासिक एक सय रुपैया“ जम्मा गरिदिने उद्देश्यले रकम विनियोजन गरिएको गाउ“पालिकाका अध्यक्ष विश्वकर्माले जनाए। ‘गाउ“पालिकामा यो कार्यक्रम नया सोचका साथ सुरु गरिएको हो। उनले भने– ‘आगामी वर्षमा यस कार्यक्रमका लागि रकम बढाईने छ ।’ गाउ“पालिकाले पालिकाभित्र रहेका दुईवटा सहकारीबाट छोरीको नाममा रकम बचत गरिदिन सुरु गरेको छ । ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्था बड्डा“डा र साना किसान कृषि सहकारी सस्था बांगेसाल गरी दुईवटा सहकारीमा बचत गर्ने ब्याब्स्था मिलाईएको छ । – ‘यो कार्यक्रमले सहकारीलाई प्रोत्साहन, प्रवद्र्धन गर्न मद्दत मिल्ने समेत अध्यक्ष बिश्वकर्माको बिश्वास छ। छोरी पेवा बचत कार्यक्रम संचालनका लागि तयार कार्यबीधीले बीस बर्षे अबधारणा अघि सारेको कानुनी सल्लाहकार यादव खनालले बताए। ‘दस बर्ष सम्म गाउपालिकाले नै बचत खातामा रकम जम्मा गर्दिन्छ’ खनालले भने ‘बाँकी दस बर्ष अभिभावक स्वंमले पैसा जम्मा गर्नेछन।’ बिचमा केही समस्या या अप्ठ्याराहरु आईपरे बचत खाताबाट रकम निकाल्न सकिने ब्याबस्था रहेको कानुनी सल्लाहकार खनालले कामना डेलीलाई बताए। ‘छोरी जन्मिएपछि जन्मदर्ता र वडाको सिफारिसमा सहकारीमा जम्मा गर्न सकिने छ।’ यही कार्यक्रमलाई लक्षित गरी गाउपालिकाले सहकारी शिक्षासमेत सञ्चालन गरेको छ। हालसम्म २८ जना छोरीहरुको नाममा पालिकाले सहकारीमा खाता खोलिदिएको छ । छोरीहरुको सम्मान, संरक्षण, सम्पति माथिको अधिकारका लागि छोरी जन्मिने वित्तिकै खाता खोलिदिने गरेको गाउँपालिकाले जनाएको हो ।गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्मा छोरी भन्नेबित्तिकै गर्भदेखि नै विभेद गरिने भएकाले नै यो विभेद तोड्नका लागि सहकारीमा खाता खोलिदिने गरेको बताउछन । अहिले छोरीका नाममा खोलिएको बचत खाताबाट भविष्यमा उनीहरुमाथि आइपर्ने आर्थिक समस्या समाधान गर्न सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । आर्थिक रुपमा सवल भए छोरीहरुको शिक्षामा सहयोग पुग्ने र उनीहरुमाथिको हिंसामा कमि आउने अपेक्षा गरिएको छ ।

    Advertisement

    शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation