प्युठान– जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर ६ भिग्रीखोला स्थित टाकुरा गाउका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ । केही दिनअघि आगलागीबाट धनमाल गुमाएका पीडितलाई नेपाली कांग्रेस सरुमारानी पालिका कमिटीले आज घरैमा पुगेर राहत दिएका हुन् । स्वतहस्फुर्त रुपमा उठेको दस हजार रुपैया रकम पीडितलाई राहतका रुपमा उपलव्ध गराईएको काँग्रेस सरुमारानी गाउपालिका कमिटिले जानकारी दिएको हो।
“पीडितको पीडामा थोरै भए पनि मल्हम लगाउन प्रयास ग¥यौँ”, नेपाली काँग्रेस सरुमारानी गाउपालिका कमिटिका सभापती जैनुल अलिले भने “सडकको सहज पहुँच नभएकाले नगद लिएर घरमै गयौँ र पार्टिका तर्फबाट हुने सहयोग उपलब्ध गराएर फर्कियौँ ।’ राहत बोकेर नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्य भीम मरासिनी नेतृत्वको टोली टाकुरा गाउँ पुगेका थिए । केही दिन अघि बिध्युत चुहावट भई आगलागी हुंदा टाकुरा गाउँका ५ घरपरिवार जलेर खरानी भएका थिए।
राहत बोकेर अग्निपीडित भेट्न पुगे काँग्रेस नेता
राहत बोकेर अग्निपीडित भेट्न पुगे काँग्रेस नेता
Advertisement
तपाईको प्रतिक्रिया